जनकपुर । प्रदेश २ सरकार पछिल्ला दिन वर्ष लगातार संविधान दिवस मनाएन । दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार थियो भने गत वर्ष यी दुवै पार्टी एकीकरण गरेर जसपा बनाएका थिए ।
जसपा फुटेपछि यस पटक सरकारमा तत्कालीन राजपाका नेताहरु छैनन् । र, संविधानलाई मान्दै आएको कांग्रेस र माओवादीलाई सरकारमा समावेश गराइएको छ । तर पनि यो सरकारले संविधान दिवस नमनाउने भएको छ ।
मुख्यमन्त्री लालबाबु राउत संविधान दिवस यसपटक पनि नमनाउने बताउँछन् । ‘संविधान दिवस मनाउने समय अहिले भएको छैन्’ उनले भने, ‘यहीं संविधानभित्र हामी छौं र सरकारको नेतृत्व पनि गरिरहेका छौं । तथापि संविधान सेलिब्रेट गर्ने अहिले समय आएको छैन् ।’
संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन भएर बस्ने उनले बताए ।
संविधानमा अहिले पनि संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, केहि मौलिक हकअधिकार हुँदा हुँदै पनि संविधानमा रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने उनले बताए ।
सत्ता गठबन्धनका सहयात्री नेपाली कांग्रेसबाट मन्त्री बनेका रामसरोज यादव पनि प्रदेश सरकारले कुनै कार्यक्रम नगर्ने जानकारी पाएको बताउँछन् ।