• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिनीको मूल्य बढाउन चलखेल : आयात अनुमति माग्दै पठाइएको दुई प्रस्ताव अर्थ मन्त्रालयबाट गायब

  • वीरगंज संजाल
  • ३० भाद्र २०७८, बुधबार ०६:५५
  • १८१७

    वीरगंज | चिनी उद्योगी र व्यापारीसँग मिलेमतो गरी सरकार नै चिनीको अभाव गराउन लागिपरेको छ । चिनी उद्योगीहरूसँगको मिलेमतोमा अर्थ मन्त्रालयले नै बजारमा चिनीको अभाव हुने वातावरण तयार गरेको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात अनुमति माग्दै पटक–पटक पत्र पठाइसकेको छ । तर, अर्थ मन्त्रालयका जिम्मेवारी अधिकारीहरू सो पत्र रोक्दै चिनीको अभाव गराउने खेलमा लागेका हुन् ।

    साल्ट ट्रेडिङ कर्पोरेशनले ८ महिना अगाडि ५० हजार मेट्रिक टन चिनी आयात अनुमति माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्र पठाएको थियो । कर्पोरेशनले ५० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति मागे पनि अर्थ मन्त्रालयले २० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको थियो ।उक्त परिमाणको चिनीले बजारको माग धान्न नसक्ने भएपछि साल्ट ट्रेडिङले २०७८ सालको वैशाख पहिलो साता थप ३० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति माग्यो । पाँच महिनाअघि गरेको अनुमति प्रस्ताव अर्थमै हराएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही भदौमा अर्को प्रस्ताव पठाइसकेको छ । मन्त्रालयले भदौ ८ गते ५० हजार मेट्रिक टन चिनी आयातको अनुमति माग्दै अर्थलाई पत्र लेखेको थियो ।

    उद्योग मन्त्रालयको स्रोतले भन्यो, ‘हामीले वैशाखमै चिनी आयातको अनुमति मागेका हौँ । तर, त्यसको कुनै जवाफ नआएपछि यही भदौमा अर्को प्रस्ताव गरेका छौँ ।’ भदौमा गरेको आयात अनुमति प्रस्तावमा ४० हजार मेट्रिक टन चिनी कर्पोरेशन र १० हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने उल्लेख छ ।‘तर, अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । हामीले पत्राचार गरिरहेका छौँ । पटक–पटक पठाएको अनुमति पत्र रोक्दा अर्थ मन्त्रालयको भूमिका नै शङ्कास्पद लाग्न थालेको छ,’ उनले भने ।

    अहिले कति छ चिनी मौज्दात ?

    चिनी उत्पादन गर्ने र चिनीको व्यापार गर्ने सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनी मौज्दात निकै कम छ । नेपाल चिनी उत्पादक संघसँग आबद्ध विभिन्न चिनी उद्योगीहरूले आफूहरूसँग जम्मा ६ हजार मेट्रिक टन चिनी मौज्दात रहेको जानकारी गराएका छन् ।यस बाहेक कर्पोरेशनसँग ३०० मेट्रिक टन चिनीको मौज्दात छ । यो बाहेक व्यापारीसँग कति चिनीको मौज्दात छ भन्ने आधिकारिक तथ्याङ्क सरकारका कुनै निकायसँग छैन ।

    चाडपर्वको समयमा मासिक करिब ३० हजार मेट्रिक टन चिनी आवश्यक पर्ने चिनी उत्पादक संघले जानकारी दिएको छ । यसले नेपालमा रहेको मौज्दात र खपतको स्थिति आकाशपाताल फरक रहेको पुष्टि हुन्छ । जम्मा ६ हजार हाराहारी मेट्रिक टन चिनी मौज्दात भए पनि दसैँ/तिहारको २ महिने अवधिमा ६० हजार मेट्रिक टनभन्दा बढी हुन्छ । यस पटकको दसैँ/तिहार तथा छठमा चिनीको बजार माग र आपूर्तिको स्थिति नमिल्ने देखिइसकेको छ ।

    अर्थ मन्त्रालयले यतिबेला आयातको अनुमति दिएपनि आयातको ग्लोबल टेण्डरको प्रक्रिया पु-याउँदा १ महिनासम्म समय लाग्छ । टेण्डर गरेर आयात प्रक्रिया थाल्दासम्म चाडबाड नै सकिने निश्चित छ ।अर्थ मन्त्रालयले आयात अनुमति रोकेपछि दसैँ/तिहारमा चिनीको मूल्य बढ्ने पक्कापक्की भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले नै बताएका छन् ।

    मन्त्रालयकी उपसचिव उर्मिला केसीले दसैँ/तिहारमा चिनीको मूल्य बढ्ने सम्भावना देखिएको बताइन् । उनले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य कम्पनीले चिनी बेचेर मूल्य हस्तक्षेप गर्नुपर्नेमा अर्थ मन्त्रालयले चिनी आयात अनुमति नदिँदा मूल्य बढ्ने निश्चितजस्तै देखिएको बताएकी हुन् ।हाल कर्पोरेशनले प्रतिकिलो ७८ रुपैयाँमा चिनी बेचिरहेको छ । सोही चिनी व्यापारीहरूले प्रतिकिलो ९५ रुपैयाँसम्म बिक्री गरिरहेका छन् । व्यापारीले अहिले नै सरकारी संस्थानको भन्दा महँगोमा चिनी बिक्री गरिरहेका हुन् । जुन, चाडपर्व नजिकिँदै गर्दा थप बढ्ने सम्भावना देखिएको हो । नेपाल खुद्रा व्यापार संघले अहिले थोक (होलसेल) मै चिनीको मूल्य ८५ रुपैयाँसम्म पर्ने बताएको छ ।

    जुन, खुद्रा पसल हुँदै उपभोक्तासम्म पुग्दा प्रतिकिलो ९५ रुपैयाँभन्दा पनि माथि जाने देखिन्छ । यद्यपि; वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाल चिनीको बजार मूल्य ९० रुपैयाँभन्दा तल नै रहेको दाबी गर्छ । तर, बजारमा व्यापारीले चिनी प्रतिकिलो ९५ रुपैयाँ बिक्री भइरहेको खुद्रा व्यापार संघले जानकारी दिएको छ ।चिनी उद्योगी र व्यापारीसँग मिलेमतो गरी सरकार नै चिनीको अभाव गराउन लागिपरेको छ । चिनी उद्योगीहरूसँगको मिलेमतोमा अर्थ मन्त्रालयले नै बजारमा चिनीको अभाव हुने वातावरण तयार गरेको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात अनुमति माग्दै पटक–पटक पत्र पठाइसकेको छ । तर, अर्थ मन्त्रालयका जिम्मेवारी अधिकारीहरू सो पत्र रोक्दै चिनीको अभाव गराउने खेलमा लागेका हुन् ।

    साल्ट ट्रेडिङ कर्पोरेशनले ८ महिना अगाडि ५० हजार मेट्रिक टन चिनी आयात अनुमति माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्र पठाएको थियो । कर्पोरेशनले ५० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति मागे पनि अर्थ मन्त्रालयले २० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको थियो ।उक्त परिमाणको चिनीले बजारको माग धान्न नसक्ने भएपछि साल्ट ट्रेडिङले २०७८ सालको वैशाख पहिलो साता थप ३० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति माग्यो । पाँच महिनाअघि गरेको अनुमति प्रस्ताव अर्थमै हराएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही भदौमा अर्को प्रस्ताव पठाइसकेको छ । मन्त्रालयले भदौ ८ गते ५० हजार मेट्रिक टन चिनी आयातको अनुमति माग्दै अर्थलाई पत्र लेखेको थियो ।उद्योग मन्त्रालयको स्रोतले भन्यो, ‘हामीले वैशाखमै चिनी आयातको अनुमति मागेका हौँ । तर, त्यसको कुनै जवाफ नआएपछि यही भदौमा अर्को प्रस्ताव गरेका छौँ ।’ भदौमा गरेको आयात अनुमति प्रस्तावमा ४० हजार मेट्रिक टन चिनी कर्पोरेशन र १० हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने उल्लेख छ ।‘तर, अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । हामीले पत्राचार गरिरहेका छौँ । पटक–पटक पठाएको अनुमति पत्र रोक्दा अर्थ मन्त्रालयको भूमिका नै शङ्कास्पद लाग्न थालेको छ,’ उनले भने ।

    अहिले कति छ चिनी मौज्दात ?

    चिनी उत्पादन गर्ने र चिनीको व्यापार गर्ने सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनी मौज्दात निकै कम छ । नेपाल चिनी उत्पादक संघसँग आबद्ध विभिन्न चिनी उद्योगीहरूले आफूहरूसँग जम्मा ६ हजार मेट्रिक टन चिनी मौज्दात रहेको जानकारी गराएका छन् ।यस बाहेक कर्पोरेशनसँग ३०० मेट्रिक टन चिनीको मौज्दात छ । यो बाहेक व्यापारीसँग कति चिनीको मौज्दात छ भन्ने आधिकारिक तथ्याङ्क सरकारका कुनै निकायसँग छैन ।चाडपर्वको समयमा मासिक करिब ३० हजार मेट्रिक टन चिनी आवश्यक पर्ने चिनी उत्पादक संघले जानकारी दिएको छ । यसले नेपालमा रहेको मौज्दात र खपतको स्थिति आकाशपाताल फरक रहेको पुष्टि हुन्छ । जम्मा ६ हजार हाराहारी मेट्रिक टन चिनी मौज्दात भए पनि दसैँ/तिहारको २ महिने अवधिमा ६० हजार मेट्रिक टनभन्दा बढी हुन्छ । यस पटकको दसैँ/तिहार तथा छठमा चिनीको बजार माग र आपूर्तिको स्थिति नमिल्ने देखिइसकेको छ ।

    अर्थ मन्त्रालयले यतिबेला आयातको अनुमति दिएपनि आयातको ग्लोबल टेण्डरको प्रक्रिया पु-याउँदा १ महिनासम्म समय लाग्छ । टेण्डर गरेर आयात प्रक्रिया थाल्दासम्म चाडबाड नै सकिने निश्चित छ ।अर्थ मन्त्रालयले आयात अनुमति रोकेपछि दसैँ/तिहारमा चिनीको मूल्य बढ्ने पक्कापक्की भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले नै बताएका छन् ।मन्त्रालयकी उपसचिव उर्मिला केसीले दसैँ/तिहारमा चिनीको मूल्य बढ्ने सम्भावना देखिएको बताइन् । उनले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य कम्पनीले चिनी बेचेर मूल्य हस्तक्षेप गर्नुपर्नेमा अर्थ मन्त्रालयले चिनी आयात अनुमति नदिँदा मूल्य बढ्ने निश्चितजस्तै देखिएको बताएकी हुन् ।

    हाल कर्पोरेशनले प्रतिकिलो ७८ रुपैयाँमा चिनी बेचिरहेको छ । सोही चिनी व्यापारीहरूले प्रतिकिलो ९५ रुपैयाँसम्म बिक्री गरिरहेका छन् । व्यापारीले अहिले नै सरकारी संस्थानको भन्दा महँगोमा चिनी बिक्री गरिरहेका हुन् । जुन, चाडपर्व नजिकिँदै गर्दा थप बढ्ने सम्भावना देखिएको हो । नेपाल खुद्रा व्यापार संघले अहिले थोक (होलसेल) मै चिनीको मूल्य ८५ रुपैयाँसम्म पर्ने बताएको छ ।जुन, खुद्रा पसल हुँदै उपभोक्तासम्म पुग्दा प्रतिकिलो ९५ रुपैयाँभन्दा पनि माथि जाने देखिन्छ । यद्यपि; वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाल चिनीको बजार मूल्य ९० रुपैयाँभन्दा तल नै रहेको दाबी गर्छ । तर, बजारमा व्यापारीले चिनी प्रतिकिलो ९५ रुपैयाँ बिक्री भइरहेको खुद्रा व्यापार संघले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता
  • श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद
  • रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
  • मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    News

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    News

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    News

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑