बारा । नेकपा एमाले विभाजन भएपछि निर्वाचन आयोगले दिएको समयसिमा आज भदौ २२ गते सकिदै गर्दा बारामा नेकपा एकिकृत समाजवादी रोज्जे सङख्या बढदै गएको छ । बारामा सोमबार हिजोसम्म एक वडाअध्यक्ष,एक कार्यवाहक वडाअध्यक्ष, तीन कार्यपालिका सदस्य र १३ वडा सदस्यले मुल पार्टी एमाले परित्याग गरी माधव नेपाल रहेको एकिकृत समाजवादी पार्टी रोजेका छन् ।
एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य दिनेश राईका अनुसार फेटा गाउँपालिका २ का वडाध्यक्ष रवि कुशवाहा र कलैया उपमहानगरपालिका ५ का कार्यवाहक वडाध्यक्ष पुरुषोतम लामाले एकिकृत समाजवादी पार्टी रोजेका हुन् ।
त्यसैगरी नीजगढ नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका र बारागढी गाउँ पालिकाका कार्यपालिका सदस्यहरु क्रमश पवन विश्वकर्मा , राजकुमार राम र अच्छेलाल रामले एकिकृत समाजवादी पार्टी रोजेका हुन् ।
त्यसैगरी वडा सदस्यहरु रामदास धौजु जीतपुरसिमरा उपमहानगरपालिका १ , चिनिमाया नेपाली जीतपुरसिमरा उपमहानगरपालिका २, खुदरत मियाँ फेटा गाउँ पालिका ६, राजेन्द्र प्रसाद यादव कलैया उपमहानगरपालिका २१, अतरिया देवी माझी कलैया उपमहानगरपालिका २१, पुन्यवती कँडेल जीतपुरसिमरा उपमहानगरपालिका ४, अमिताभ चौधरी जीतपुरसिमरा उपमहानगरपालिका ४, नसिम मियाँ जीतपुरसिमरा उपमहानगरपालिका ४ ले एकिकृत समाजवादी पार्टी रोजेका हुन् ।
त्यसैगरी लालपरि राम जीतपुरसिमरा उपमहानगरपालिका ४, गेनावती देवी कलैया उपमहानगरपालिका १७, वविता देवी पासवान कलैया उपमहानगरपालिका १७, शुशिला पटेल कुर्मी, कलैया उपमहानगरपालिका ५ र तेतारिय पकुवाइन कलैया उपमहानगरपालिका ५ ले एकिकृत समाजवादी पार्टी रोजेका हुन् ।