वीरगञ्ज । नयाँ सरकार बनाउने कार्यक्रममा चीनलाई निमन्त्रणा दिएको भन्ने चर्चाका विषयमा चिनियाँ विदेश मन्त्रालयले कुनै जवाफ दिएन। केही सञ्चारमाध्यमले तालिबानले अफगानिस्तानमा नयाँ सरकार गठन गर्ने कार्यक्रममा चीन, पाकिस्तान, रुस, टर्की, इरान र कतारलाई सहभागिताका लागि निमन्त्रणा गरेको छ भनेर समाचार दिएका छन्।
यस विषयमा सोमबार जिज्ञासा राख्दा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने, ‘अहिले तपाईंले यसबारे दिने जानकारी मसँग केही छैन।’ बरु उनले अफगानिस्तानमा समावेशी र उदार मूल्य÷मान्यताको सरकारलाई समर्थन गरिने कुरा दोहोर्याए।
तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको केही दिनपछि नै चीनले तालिबानसँग ‘मित्रताको सम्बन्ध’ विकास गर्ने इच्छा प्रकट गरेको थियो।