जनकपुरधाम । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेका भातृ संगठन अनेरास्ववियूले जनकपुरमा टायर बालेर प्रदर्शन गरेको छ ।
आज साँझ अनेरास्ववियूका धनुषा अध्यक्ष आरपी अधिकारीको नेतृत्वमा टायर बालेर प्रदर्शन गरियो । प्रदर्शनकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध प्रदर्शन समेत गरे । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै प्रदर्शन गरेको बताइएको छ ।
बुधबार दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ ।
त्यस्तै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ ।