• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ‘कांग्रेस नेतृत्वमा स्थापित हुन युवाहरुले बैचारिक विद्रोह गर्नुपर्ने’

  • वीरगंज संजाल
  • २९ श्रावण २०७८, शुक्रबार २१:०५
  • १८७३

    वीरगञ्ज । नेपाली कांग्रेसका युवा नेताहरुले नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चितताका लागि दबाब दिंदै आगामी नेतृत्वमा युवाले अवसर पाउनुपर्नेमा जोड दिएका छन् ।

    शुक्रबार ललितपुरमा नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा कांग्रेस नेता लाओस राईको अगुवाइमा भेला भएका युवाहरुले कांग्रेसमा अब पुस्ता हस्तान्तरण आवश्यक रहेको औंल्याएका हुन् ।

    भेलामा नेपाली कांग्रेस संसदीय दल प्रदेश नम्बर १ का प्रमुख सचेतक केदार कार्कीले शीर्ष नेताहरुले आगामी महाधिवेशनमार्फत पुस्ता हस्तान्तरण गर्न तत्पर रहनुपर्ने बताए । उनले भने, ‘यतिबेला महाधिवेशन सुनिश्चितताका लागि उभिनुपर्ने बेला आएको छ । पार्टी बचाउने एजेण्डा लिएर अघि बढ्नुपर्ने बेला आएको छ । त्यसैले यस्तो बेला शीर्ष नेताहरुले नबुझे युवाहरु हिम्मत गरेर नेतृत्वमा आए मात्र कांग्रेस बचाउन सकिनेछ ।’

    राजनीतिमा विद्रोहमार्फत मात्र नेतृत्व जन्मिने भन्दै कांग्रेस नेता लाओस राईले यतिबेला सबै मिलेर कांग्रेस बचाउने बेला आएको धारणा राखे । नहुने बेलामा कांग्रेस महाधिवेशनको मिति घोषणा गरेर नेताहरुले कार्यकर्तालाई रणभुल्लमा पारेको आरोप लगाउँदै राईले भने,‘कांग्रेसमा युवाहरुको भविष्य सुन्दर छ । त्यसका लागि लोकतान्त्रिक समाजवादलाई आत्मसाथ गर्दै बैचारिक विद्रोह जरुरी छ ।’

    नेविसंघ पूर्व केन्द्रीय सदस्य विरेन्द्र कुमार शर्माले कांग्रेसको मुहार फेरिए मात्र नेपालको मुहार फेरिने भएकाले त्यसका लागि युवाहरु तत्पर हुनुपर्ने धारणा राखे । उनले भने,‘समाज राम्रो बनाउन नेताहरुसँग प्रश्न राख्न सक्ने हिम्मत युवाहरुले गर्नुपर्छ तर अग्रज नेताहरुसँग लम्पसार पर्नु युवाहरुका लागि दुर्भाग्य हुनेछ ।’

    कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य महेश नेपालीले समाज रुपान्तरण गर्ने राजनीति आवश्यक रहेकाले कांग्रेस युवाहरुले सम्हाल्नुपर्ने बताए । नेपाल मगर संघका केन्द्रीय सदस्य राम बहादुर थापा बादलले कांग्रेसका युवाहरुमा विद्रोही भावना आवश्यक रहेको बताउँदै चाकरी प्रथाको अन्त्य हुनेपर्ने धारणा राखे ।

    नेविसंघ दोलखाका सभापति भीम खड्काले युवाहरुको निरिहपनाका कारण पार्टीको बैधानिकता संकटमा परेकाले युवाहरुले हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै नेतृत्वमा आउनुपर्ने बताए ।

    कांग्रेस नेता प्रकाश महर्जनले नेतृत्वले युवाहरुलाई भत्काउन र तोडफोड गर्न मात्र प्रयोग गरेको तर अवसरमा बन्चित गरेकोमा चिन्ता ब्यक्त गरे । कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य सानुबाबु महर्जन, कांग्रेस प्यूठानका नेता विरेन्द्र थापा, नेविसंघ नेता सुदर्शन शर्मा, ध्रुव गैरेलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रमका सहभागीहरुले आगामी दिनमा पार्टी सुदृढ बनाउन र नेताहरुलाई खबरदारी गर्न बैचारिक बहसलाई निरन्तरता दिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑