वीरगन्ज । कहिलेकाहीँ थकाइ लागेर वा खाना नखाँदा चक्कर आउन थाल्छ । तर दिनदिनै यस्तो हुन थाल्यो भने चाहिँ सावधान हुनुपर्छ ।कुनै कारण नभई दिनदिनै चक्कर आउँदा कुनै गम्भीर रोगको संकेत हुन सक्छ । यसलाई समयमै ध्यान नदिएमा ज्यान पनि जान सक्छ|
आँखा, दिमाग, कान, गोडा र मेरुदण्डका नसाले काम नगर्दा चक्कर आउँछ अनि आँखाअगाडि अँध्यारो देखिन्छ । यसलाई खेलाँची ठान्ने भूल गर्नुहुँदैन ।
मस्तिष्कमा निरन्तर अक्सिजन पुगिरहनुपर्छ । रगतमार्फत अक्सिजन दिमागमा पुग्छ । कहिलेकाहीँ रगतको डल्लो बन्दा वा राम्रो रक्तसञ्चार नहुँदा मस्तिष्कसम्म अक्सिजन सही मात्रामा पुग्दैन । अनि चक्कर आउन थाल्छ ।
यस्तो भएमा तत्कालै स्वास्थ्य परीक्षण गराउनुस् ।
शरीरमा पानीको कमी हुँदा पनि चक्कर आउँछ, लगातार टाउको दुख्छ र दृष्टि धमिलो हुँदै आउँछ । विशेषगरी वृद्ध र मधुमेहका रोगीहरूलाई यस्तो समस्या बढी हुन्छ । टन्न पानी पिउने गर्नुपर्छ ।
कानमा संक्रमण हुँदा पनि चक्कर आउँछ ।
अनि बढी औषधि खाएमा पनि चक्कर आउँछ ।
माइग्रेन, ब्रेन वा कानको ट्युमर वा शरीर प्रणालीमा समस्याको संकेत दिनका लागि पनि चक्कर आउँछ । यसलाई बेवास्ता गर्नै हुँदैन ।
शरीरमा कमजोरी, रगतको कमी वा कोशिका घट्दा पनि बारम्बार चक्कर आउने समस्या आइलाग्छ । यस्तो अवस्थामा फल, तरकारी, नरिवल पानी, किवी, अनार जस्ता स्वस्थ खानेकुरा खानुपर्छ ।
नसामा कमजोरी, कुनै किसिमको आघात, पीडा र सुन्निने समस्या हुँदा पनि चक्कर आउँछ ।