यसरी खानुहोस् फलफूल र सलाद, पानी पिउँदा हुन्छ समस्या
वीरगंज संजाल
१७ श्रावण २०७८, आईतवार १२:०३
३६४५
वीरगंज । फलफूल या सलाद स्वास्थ्यको लागि निकै महत्वपूर्ण कुरा हो ।भनिन्छ, फलफूलमध्ये दैनिक एक फलफूल खाँदा स्वास्थ्यको लागि निकै दाभदायक हुन्छ ।तर कहिलेकाँकाहीँ त्यही फलफूल वा सलादले समस्या निम्त्याउने गरेको खबर सुन्नमा आउँछ । कहिलेकाहीँ फलफूल वा सलाद खाँदा पटेमा गडबडी हुने गर्छ ।
यसको कारण हो, काँचो फलफूल सेवन गर्नु तथा सलाद खाएर पानी सेवन गर्नु ।फलफू र सलाद सेवनपछि पानी पिउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।आयुर्वेदमा पनि सलाद र फलफूल खाने सहि नियमबारे लेखिएको छ, फलफू र सलाद सेवनपछि पानी पिउनु हुँदैन ।
पानी पिएपछि के समस्या हुन्छ ?
फलफूलमा उच्च मात्रामा शुक्रोज, फ्रुक्टोज तथा यीस्ट हुन्छ । फलफूल खाएर पानी पिउँदा पानी पेटमा रहेको एसिड्ससँग मिल्न जान्छ । पानी र एसिड्सका मिश्रणबाट पोटमा यीस्टको मात्रा बढ्छ । परिणमस्वरुप, पेटमा ग्यास जम्मा हुन जान्छ र पेट फुल्ने समस्या निम्तन्छ ।
विज्ञका अनुसार, फलफूल सेवनपछि कम मात्रामा पानी पिउनुपर्छ । साथै ओभर इटिङ (पेट अटसमटस हुने गरी) फलफूल तथा सलाद खानु हुँदैन । पेट टन्न भएको अवस्थामा फलफूल खाँदा पेटमा समस्या उत्पन्न हुन्छ ।फलफूलमा पानीको मात्रा धेरै हुन्छ । त्यसकारण फलफूल खाएर पानी पिउँदा स्वास्थ्यमा गडबडी निम्नेत गर्छ ।
फलफूल सेवन गर्दा पेटमा रहेको ब्याक्टेरियाले तीव्र गतीमा कार्बनडाइअक्साइड निर्माण गर्छ । जसका कारण पेट भारी भएको महसुस हुन्छ । अनि डकार निस्कन थाल्छ । यो समस्या समाधानको लागि फललाई चपाई चपाई खानुपर्छ । साथै सीमित मात्रामा खानु निकै लाभदायक हुन्छ ।