• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिनाअनुमति अमादब्बलमा फहराइएको झन्डा खुसुक्क कुबेत पठाइयो

  • वीरगंज संजाल
  • १४ श्रावण २०७८, बिहीबार १३:२६
  • २००९

    वीरगन्ज ।पर्यटन मन्त्रालयले खुम्बु क्षेत्रको अमादब्बलम हिमालमा २ वर्षअघि अनुमति नलिई फहराइएको कुबेतको झन्डा खुसुक्क फिर्ता दिएको छ । निकै ठूलो आधारको राष्ट्रिय झन्डा पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयबाट खुसुक्क झिकाई फिर्ता पठाएको भेटिएको हो ।

    नेपाल सरकारबाट अनुमति नलिई ०७६ कात्तिकमा ६ हजार ८ सय १२ मिटर उचाइको अमादब्लम हिमालको चुचुरो ढाक्ने गरी फहराइएको कुबेतको झन्डाबारे सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि पर्यटन विभागले जफत गरेको थियो ।१ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको करिब १ सय ५० किलोग्रामको उक्त झन्डा जफत गरिएपछि डेढ वर्ष भृकुटीमण्डपस्थित पर्यटन विभागको स्टोरमा राखिएको थियो । ०७७ माघ १८ गते पर्यटनमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयबाट उक्त झन्डा नेपाल पर्वतारोहण संघ मातहत रहेको पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सजाउने निर्णय गरेका थिए ।

    निर्णयपछि संघका अध्यक्ष सन्तवीर लामाले ०७७ माघ २२ मा झन्डा बुझेर पोखरास्थिते संग्रहालयमा पठाएका थिए । पर्यटनमन्त्री ढकालले आफंैले माघमा गरेको मन्त्रीस्तरीय निर्णयलाई उल्ट्याउँदै करिब डेढ महिनापछि ०७७ फागुन २६ गते संघसँग कुबेतको झन्डा फिर्ता मागेका थिए ।

    ‘पर्वतारोहण संघमातहत रहेको रातोपैरो, पोखरामा अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा राखिएको कुबेतको राष्ट्रिय झन्डा सम्बन्धित आहरोहण दल प्रोजेक्ट पोसिबल व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्स प्रालिको खर्चमा कूटनीतिक माध्यमबाट सम्बन्धित देश पठाउनु,’ मन्त्रीस्तरीय निर्णयपछि पर्यटन विभागले चैत ८ गते संघलाई लेखेको पत्रमा उल्लेख छ । विभागले उक्त झन्डा पोखराबाट झिकाइ चैत १८ गते सेभेन समिट ट्ेरक्स प्रालिका निर्देशक छाङदावा शेर्पालाई बुझाएको थियो ।

    जफत गरिएको झन्डाको व्यवस्थापन कसरी गर्नेबारे पर्यटन विभागले मन्त्रिपरिषद् निर्णयबाट झन्डा फिर्ता गर्न सकिने वा नेपालमै संरक्षण गर्न सकिनेलगायत विकल्पसहित सुझाव दिएको थियो । तर पर्यटनमन्त्री ढकालले ०७७ माघमा उक्त झन्डा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा राख्ने निर्णय गरेका थिए ।

    ‘झन्डा पोखरा पठाउने निर्णयपछि बालुवाटारबाट दबाब आयो,’ पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘प्रधानमन्त्रीबाट होइन, तर बालुवाटारबाट अरू कसैको दबाब आएपछि मन्त्रीज्यूले त्यो झन्डा झिकाउने निर्णय गर्नुभएको हो ।’ यस विषयमा तत्कालीन पर्यटनमन्त्री ढकाललाई सोध्दा उनले यस विषयमा अहिलेको सरकारलाई सोध्न भने । ‘मसँग अगाडि फाइल हुँदैन । अहिलेको सरकारलाई सोध्नुस्,’ ढकालले भने ।

    यो झन्डा वैशाख १८ गते काठमाडौंबाट कुबेत पठाइएको थियो । कुबेती आरोहण दल ‘प्रोजेक्ट पोसिबल अमादब्बलम एक्सपिडिसन–२०१८’ ले कुबेतबाट ल्याइएको उक्त झन्डा ०७६ कात्तिकमा ४ मा ७ जना भरियाको सहयोगमा काठमाडौंबाट लुक्ला हुँदै अमादब्लम पुर्‍याएका थिए । यो आरोहण दलको स्थानीय व्यवस्थापनको जिम्मा काठमाडौंस्थित सेभेन समिट ट्ेरक तथा आरोही निर्मल पुर्जाको कम्पनी एलाइट हिमालय एड्भेन्चर प्रालिले गरेका थिए ।

    आरोहण दलका कुवेती नागरिकका अनुसार झन्डा फहराउनेलगायत कामका लागि उनले स्थानीय कामदार र एजेन्टका लागि २ लाख ७७ हजार अमेरिकी डलर (३ करोड २९ लाख) हाराहारी रुपैयाँ खर्च गरेका थिए । उनले केही महिनाअघि कान्तिपुरसँग झन्डा जफत हुनुमा आफ्नो एजेन्ट कम्पनीको गल्ती भएको बताएका थिए ।

    घटनालगत्तै यस अभियानमा संलग्नलाई विभागले स्पष्टीकरण सोधेको थियो । विभागका अनुसार त्यसताका आरोहण दलमा सहभागी टोली नेता, गाइड, सेभेन समिट र निर्मल पुर्जाले माफी मागेपछि उनीहरूलाई भविष्यमा यस्ता खाले गल्ती नदोहोर्‍याउन सचेत गराइएको थियो ।

    घटनापछि विभागले पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ संशोधन गर्दै झन्डाको आकार र तौल निर्धारण गर्न आरोहीले बोकेर लैजाने झन्डाको लम्बाइ र चौडाइ बढीमा १/१ मिटर हुनुपर्ने बुँदा थपेर मन्त्रालयमा पठाएको थियो । तर उक्त नियमावलीको मस्यौदा हालसम्म पारित भइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑