• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा विभाजनको साइड इफेक्ट : एक्लिए राजेन्द्र महतो

  • वीरगंज संजाल
  • ४ श्रावण २०७८, सोमबार ०९:२५
  • २५८१

    वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) अन्ततः विभाजित भइसकेको छ । अब निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता कसको भागमा पर्छ, त्यसको मात्रै पर्खाइ भइरहेको छ । पार्टीको हरेक समिति र संसदीय दलमा समेत उपेन्द्र यादव पक्षको बहुमत रहेका कारण उसैले आधिकारिकता पाउने देखिएको छ ।

    एकीकरण भएको एक वर्ष नबित्दै जसपा विभाजन हुँदा सबैभन्दा बढी घाटा राजेन्द्र महतोलाई लागेको छ । जसपामा महन्थ ठाकुर पक्षबाट जति नेता तथा सांसदहरु उपेन्द्र यादवको पक्षमा लागेका छन्, ती सबै पार्टीका वरिष्ठ नेता रहेका राजेन्द्र महतोकै पक्षका छन् ।

    अध्यक्ष उपेन्द्र यादवको पक्षका राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादव, कार्यकारिणी सदस्य एवं प्रदेश २ सांसद समेत रहेका समाजिक विकास मन्त्री नवलकिशोर साह, संघीय सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, नरमाया ढकाल, प्रदेश २ का सांसद डा.रिना यादव, अञ्जु यादव, निरा साह गइसकेका छन् । उनीहरु सबैजना राजेन्द्र महतोका खास व्यक्ति थिए । र, सबैजना पूर्व सद्भावना पार्टीका नेता हुन् ।

    पूर्वराजपामै रहेका महेन्द्रराय यादवको सम्पूर्ण टीम उपेन्द्र यादवमा गइसकेको छ भने अनिल कुमार झाको पक्षमा रहेका संघीय सांसद रानी मण्डल र राजकिशोर यादवको पक्षमा रहेका कार्यकारिणी सदस्य गजाधर यादव पनि उपेन्द्र यादवको पक्षमा गइसकेका छन् । महन्थ ठाकुर पक्ष अर्थात पूर्व तमलोपाका भने कोही पनि यताउति भएका छैनन् । राजेन्द्र महतोको पक्षबाट मात्रै संघ र प्रदेश गरी आठजना सांसद उपेन्द्र यादवको पक्षमा लागेका छन् ।

    २०७५ सालमा ६ वटा पार्टी मिलेर राजपा गठन भएको थियो । ती छ वटा दलमध्ये राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी पनि एक हो । राजपामा राजेन्द्र महतो जहिले पनि बहुमतमा हुन्थे । सांसददेखि लिएर केन्द्रीय कमिटी लगायतमा राजेन्द्र महतोको नै बहुमत हुन्थ्यो । उनले त्यसकै आधारमा महन्थ ठाकुरसँग पार्टीको सत्ता साझेदारी गरेर पार्टीमा आफ्नो प्रभाव कायम राख्दै आएका थिए । जसपा बनिसकेपछि पनि राजेन्द्र महतोले पार्टीमा आफ्नो पूर्व समूहको प्रभाव देखाएका थिए । त्यही आधारमा उनले आफूलाई संसदीय दलको नेता बनाउन सफल भए । तर, आज उनीसँग रहेका सबै नेता तथा सांसद उपेन्द्र यादवको पार्टीमा लागेका छन् । राजेन्द्र महतोका खासखास नेता तथा सांसद छाडेर हिँडेपछि जसपामा महतो निकै कमजोर भएका छन् ।

    आखिर, महतो पक्षकै सांसद तथा नेताहरु किन उपेन्द्र यादवको पक्षमा लागे त ?

    महतोसँग सद्भावना पार्टीमा लामो समय काम गरेका श्रीमननारायण मिश्र भन्छन्, ‘राजेन्द्र महतोले ती सांसद तथा नेताहरुसँग जस्तो व्यवहार गर्नुहुन्थ्यो, त्यस्तै व्यवहार उहाँहरुले पनि गर्नुभयो, ‘टिट फर ट्याट’ !’

    जसपाका वरिष्ठ नेता महतोले राजनीतिलाई व्यपार बनाएको बताउँदै उनले ‘टिकट बेच्नेदेखि लिएर पार्टीमा ‘युज एण्ड थ्रो’ को राजनीति गरेकै कारण आज महतोसँग कार्यकर्ताले पनि त्यस्तै व्यवहार गरेको नेताहरु बताउँछन् । महन्थ ठाकुर पक्ष छाडेका प्रमोद साह भन्छन्, ‘राजेन्द्र महतोले पछिल्लो समय सिद्धान्तहीन राजनीतिक गर्न लागेका कारण मैले उहाँको साथ छाडेको हुँ ।’ नेपाल सद्भावना पार्टी पटक–पटक विभाजन भए पनि साहले महतोलाई छाडेका थिएनन् । तर, अहिले उनले पनि महतोको साथ छाडेर उपेन्द्र यादवलाई रोजेका छन् ।

    त्यस्तै, अमृता अग्रहरि सद्भावना पार्टीमा महतोभन्दा पनि पुरानो नेतृ हुन् । पछिल्लो समय महतोको व्यवहारबाट आजित भएर उनले पार्टी छाडिन् । मृगेन्द्र कुमार सिंह यादव सुरुमा मधेशी जनअधिकार फोरम नेपालमा थिए । पछि राजेन्द्र महतोले आफ्नो पार्टीमा ल्याए । सँगै लामो समय राजनीति गरे । तर, उनले पनि महतोको साथ छाडेका छन् ।

    महन्थ ठाकुर पक्षका लक्षणलाल कर्ण र मनिष सुमनले पनि राजेन्द्र महतोलाई अहिले साथ दिइरहेका छैनन् । अहिले पार्टीमा महतो पक्षबाट बोलिदिने कोही नेता छैन । मनिष सुमन अहिले मौन बसेका छन् भने लक्ष्मण लाल राजेन्द्र महतो खेमा छाडेर महन्थ ठाकुरको खेमामा गइसकेका छन् ।महतोले नै रेशम चौधरी र लक्ष्मण थारुलाई राजपामा ल्याएका थिए । तर, अहिले उनीहरु पनि महतोको पक्षमा छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑