वीरगन्ज । नेपाल चलचित्र कलाकार संघले सरकारसँग चलचित्रकर्मीका लागि खोप र चलचित्र कलाकार संघको भवन निर्माणका लागि बजेटको माग गरेका छन् । शुक्रबार कलाकार संघको पदाधिकारी सहितको एक टोलीले नव नियुक्त अर्थ मन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालय सिंहदरबारमा भेट गर्दै सो माग गरेको हो ।
बधाई तथा शुभकामना दिने उदेश्यले मन्त्रालय पुगेको कलाकार टोलीले मन्त्री शर्मालाई कला क्षेत्रको बिभिन्न बिषयमा समेत जानकारी गराएका थिए । उक्त अवसरमा कलाकारको मागको बिषयमा आफु सकारात्मक रहेको सक्दो सहयोग मन्त्री शर्माले बताएका थिए ।
कलाकारको टोलीमा सदाबहार अभिनेता भुवन केसी, धिरेन शाक्य, निर्माता कलाकार गोबिन्द शाही, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, उपध्यक्ष तथा प्रवक्ता मोहन निरौला लगायतको सहभागिता रहेको थियो ।