• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फेरि बढ्यो कोरोना सङ्क्रमण दर

  • वीरगंज संजाल
  • २ श्रावण २०७८, शनिबार १६:२५
  • २५२५

    वीरगन्ज । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ता अघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई सङ्क्रमण देखिने गरेको थियो ।

    निरन्तर भएको लकडाउन र सजकता अपनाउँदा सङ्क्रमण दरमा कमी आए पनि पछिल्लो समय चहलपहल बढ्दा कोरोना पोजिटिभ हुनेको सङ्ख्या पनि बढेको हो । सङ्क्रमण दर बढ्दा महानगरले ३२ वडामा १६ केन्द्र बनाएर परीक्षण गरेको थियो । विगतका दैनिक एक हजार ५०० सम्म परीक्षण गर्दै आएको महानगरले परीक्षणलाई पनि घटाएर १५० मा झारेको छ ।

    जनस्वास्थ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरले भने, “पछिल्लो समय कामपामा सङ्क्रमण दर निरन्तर उकालो लाग्ने अवस्थामा छ, यसरी नै सङ्क्रमित बढ्ने हो भने अवस्था फेरि जटिल बन्न सक्छ, त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ ।”

    उनका अनुसार सधैँ लकडाउन गरेर पनि सम्भव हुँदैन केन्द्र सरकारले सक्दो छिटो सबै नागरिकलाई खोपको व्यवस्था गर्न आवश्यक छ । खोप ल्याइसकेपछि पनि बढी आवश्यकता भएको र मानिसको बढी भीड भएको स्थानमा प्राथमिकता हेरी प्रभावकारीरुपमा अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

    कामपाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार अहिले परीक्षणका लागि नागरिक केन्द्रसम्म पनि आउँदैनन् । परीक्षणभन्दा पहिले नागरिकले खोपको माग गरेका छन् ।

    सात प्रतिशतमा खोप
    कामपाले हालसम्म सात प्रतिशत नागरिकले मात्रै खोपको दुवै मात्रा लगाएको जनाएको छ । पहिलो मात्रा लगाउने नागरिक १६ प्रतिशत रहेका भए पनि त्यसको आधाभन्दा कम नागरिकले मात्र पूर्ण खोप लगाएका छन् । देशको अन्य शहरको तुलनामा जनघनत्व बढिरहेकाले यहाँ खोप अभियानलाई छिटो र प्रभावकारीरुपमा अघि बढाउनुपर्ने कामपाको भनाइ छ ।

    परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लैजाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ । महानगरका ३२ वडामध्ये सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।

    हालसम्म कामपामा ६९ हजार ५४२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये दुई हजार ७४३ सक्रिय सङ्क्रमित छन् । त्यसैगरी हालसम्म ६६ हजार २९६ यस रोगबाट मुक्त भएका छन् । कोरोना सङ्क्रमणकै कारण ५०३ ले ज्यान गुमाएका छन् ।

    कामपामा हाल रहेका सङ्क्रमितमध्ये दुई हजार ५८९ होम आइसोलेशनमा छन् भने ३९ जना संस्थागत आइसोलेशनमा र ११५ ले अस्पतालमा उपचार गराइरहेका छन् । कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि कामपाले आफ्नो क्षेत्रभित्र रहेका १२ अस्पतालले माग गरे अनुरूप क्षमता बढाउन आवश्यकपर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि अस्पतालसँग सम्झौता गरी नागरिकको उपचारमा सहजीकरण गरेको थियो ।

    अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर सङ्क्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पतालसँग सम्झौता गरेको हो ।

    कामपाले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मोडल अस्पताल र नेपाल कोरियामैत्री अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्नका लागि सम्झौता गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम
  • सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑