• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    केपी ओलीलाई पाठ सिकाउने, आफूचाहिँ किचनमै भेटघाट गर्ने !

  • वीरगंज संजाल
  • १ श्रावण २०७८, शुक्रबार १०:२९
  • ३४४५

    वीरगन्ज । ‘नेपालका बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका साथ सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ ।’ गएको जेठ २९ गते ५ पूर्व प्रधानमन्त्रीले संयुक्तरुपमा जारी गरेको प्रेस वक्तव्य हो यो ।

    बजेट घाटा कम गर्न भन्दै सरकारले विभिन्न स्थानबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरी विदेश निर्यात गर्ने निर्णय गरेको भन्दै त्यस्तो निर्णयका विरुद्ध ५ जना पूर्व प्रधानमन्त्रीहरुले संयुक्त वक्तव्य जारी गरेका थिए । देशमा विदेशी हस्तक्षेप बढेको भन्दै नेपालीबारेको निर्णय नेपालीले नै लिन सक्ने उनीहरूको आशय थियो । त्यति बेला संयुक्त वक्तव्य जारी गर्नेहरूमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई थिए । उनीहरूमध्ये नै एक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला देशको प्रधानमन्त्री छन् ।

    तर त्यति बेला बाह्य शक्तिको हस्तक्षेप बढेको भन्दै वक्तव्यबाजी निकाल्ने काँग्रेस सभापति शेरबहादुर देउवा यतिबेला विदेशी कूटनीतिज्ञका लागि ‘फिलिङ्गो व्यक्ति’ बनेका छन् ।

    यसअघि नेपालमा नयाँ प्रधानमन्त्री बन्ने बित्तिकै विदेशी राष्ट्रले बधाई दिँदै भ्रमणको निम्तो दिने गरेका थिए । तर यसपटक न कुनै छिमेकी वा अन्य देशबाट बधाई आएको छ, न त भ्रमणको निम्तो नै । बरु सहसचिव हैसियतका विदेशी कूटनीतिज्ञले प्रधानमन्त्रीकै घरमै पुगेर बधाई दिन थालेका छन् ।

    नयाँ सरकार बनेसँगै विभिन्न देशका राजदूतहरूको दौडधूप सुरु भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेसँगै प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिने र शिष्टाचार भेट गर्ने बाहानमा राजदूतहरूको घरदैलो र दौडधुप सुरु भएको हो ।

    यसै क्रममा बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले भेटवार्ता गरेका छन् । राजदूत बेरी प्रधानमन्त्री देउवालाई भेट्न देउवाको निजी निवास बूढानीलकण्ठ पुगेका थिए ।

    ​भेटमा राजदूत बेरीले प्रधानमन्त्रीलाई बधाई दिनुका साथै द्विपक्षीय हितका बारेमा कुराकानी गरेको देउवाको सचिवालयले जनाएको छ ।

    यसअघि बुधबार मात्रै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि प्रधानमन्त्री देउवालाई बधाई दिन निजी निवास बूढानीलकण्ठ पुगेका थिए ।

    विदेशी कूटनीतिक नियोग र तिनका प्रमुखले प्रधानमन्त्रीसँग समय मागेर बधाई दिनु त नौलो विषय होइन । तर प्रधानमन्त्री कार्यालयमा समय मिलाएर शिष्टाचार भेट गर्नु र सहसचिव हैसियतका राजदूत प्रधानमन्त्रीको निजी निवासको भान्सासम्मै पुग्नु फरक कुरा हुन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गर्दै विदेशी हस्तक्षेप बढेको भन्दै नेपालमा संवैधानिक व्यवस्था, कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरूमाथि भइरहेको निरङ्कुश हमलाका विरुद्ध ऐक्यबद्धता जनाउन नेपालका जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरूलाई अपिल गरिएको थियो । तर आफूले गरेको अपिल बिर्सेर विभिन्न देशका राजदूतहरूलाई घरमै भेट दिनुचाहिँ वैदेशिक हस्तक्षेप हो कि होइन, अहिलेसम्म यसबारेमा देउवाको सचिवालयले केही बताएको छैन । सामान्य औपचारिकता नै बिर्सेर घर घरमै पुगेर बधाई दिँदा सामान्य कूटनीतिक सिद्धान्तभन्दा बाहिर गएको भने पक्कै देखिन्छ ।

    यसैबीच, साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजदूतहरुको पछिल्लो दौडधूपबारे सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका छन् –

    नयाँ प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी देशका समकक्षीबाट तुरुन्तै बधाई मात्र होइन भ्रमणको निम्ता समेत आउँथ्यो। अब नेपाल यति हलुका बनिसक्यो कि राजदूतले ट्विटरमा या सरासर घरमा गएर बधाई दिए हुने भयो। नहोस् पनि कसरी?

    जुन देशका प्रधानमन्त्रीलाई विदेशी गुप्तचर निकायका प्रमुख आएर मध्यरातमा थर्काउँछन्, भूतपूर्व प्रधानमन्त्रीहरू विदेशी कुटनीतिज्ञलाई भेट्न होटेलमा लाइन लागेर उभिन्छन्, नेताहरू देशमा संकट पर्यो कि दिनदहाडै विदेशी दुतावास धाउँछन्, विदेशी राजदूतहरू नेताका घरघर पुग्छन्, अन्तराष्ट्रिय कुटनीतिमा तिनको सम्मान हुनै सक्दैन।

    जसको इज्जत हुन्छ, त्यसलाई मात्र इज्जत गरिन्छ। यी नेताले यो देशको हुर्मत यति लिए कि त्यसलाई पुनर्स्थापना गर्न हम्मेहम्मे पर्नेछ।चार पटक पहिल्यै प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाको त ढङ्ग छैन। अरुको के कुरा गर्नु!

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑