• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ट्राफिकले कारबाही गरेपछि तपाईंका कागजात कहाँ पुग्छन् ? अब एसएमएसबाट थाहा हुने

  • वीरगंज संजाल
  • १ श्रावण २०७८, शुक्रबार ०७:४३
  • ४२१७

    वीरगन्ज । ट्राफिक कारबाहीमा परेर आफ्नो लाइसेन्स, ब्लु बुक लिन कहाँ जाने भन्ने धेरैलाई अन्योल परिरहेको हुन्छ। अब ट्राफिक प्रहरी महाशाखाले यो समस्याको समाधान गरिदिएको छ । यसका लागि एसएमएस सेवाको शुभारम्भ गरेको छ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरोकारवाला संस्थासँगको समन्वयमा सेवाग्राहीको सहजताका लागि मोबाइल एसएमएस सेवाको शुभारम्भ गरेको हो।एसएमएस गरेपछि ट्राफिक कारबाहीमा परेर बुझाइको लाइसेन्स वा ब्लु बुक कुन कार्यालयमा छ भनेर जानकारी पाइने भएको छ ।

    आम नागरिकको सहजताका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो सेवाको शुभारम्भ गरेको जनाएको छ । यो सेवाको शुभारम्भ भएसँगै अब सवारी चालकहरुले कागजात कहाँ छ भनेर जानकारी लिनको लागि अब ट्राफिक प्रहरी महाशाखामा धाइरहनुपर्दैन् । अर्थात् आफू भएकै ठाउँबाट एउटा म्यासेज ‘क्लिक’ गर्न साथ आफ्ना ‘डकुमेन्ट’ रहेको प्रहरी कार्यालयबारे सूचना मिल्नेछ ।

    कसरी ‘म्यासेज’ गर्ने ?

    यो सेवा लिनका लागि धेरै चिन्ता लिनुपर्दैन । न त कुनै एप्स नै डाउनलोड गर्नुपर्छ । ट्राफिक प्रहरी महाशाखाले यसका लागि मोबाइलबाटै सरल तरिकाले सेवा लिने व्यवस्था मिलाएको छ ।

    त्यसका लागि सेवाग्राहीले आफ्नो मोबाइलको ‘म्यासेज’ बक्स खोल्नुपर्छ । त्यसपछि त्यहाँ सुरुमा चालू आर्थिक वर्षको साल राख्नुपर्छ । अर्थात् जस्तै अहिले ०७७/७८ हो भने यसलाई बीचमा केही नराखी सिधै ७७७८ राख्नुपर्छ । त्यसपछि यो संगै ट्राफिक प्रहरीले उपलब्ध गराएको चिट नम्बर लेख्नुपर्छ ।

    यति लेखिसकेपछि सेवाग्राहीले ट्राफिक प्रहरीले म्यासेज सेवाका लागि लिएको ३४००१ नम्बरमा एसएमएस गर्नुपर्ने हुन्छ । यसरी विधि पुर्‍याएर म्यासेज गरेपछि सेवाग्राहीले पाउनुपर्ने जानकारी तुरुन्तै आउनेछ ।

    जुनसुकै ट्राफिक नियम उल्लंघन गर्दा अब सेवाग्राहीको सहजताका लागि यो सेवाको सुरुवात गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    आफ्नो कागजातबारे जानकारी लिनको लागि ट्राफिक प्रहरीले उपलब्ध गराएको नम्बरमा म्यासेज पठाएर जानकारी लिन सकिने व्यवस्था छ ।

    म्यासेज सेवा किन ?

    उपत्यकामा विस्तारै सवारी साधनको चाप बढ्दै गइरहेको छ । ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या पनि उत्तिकै छ । ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारबाही गर्नका लागि उपत्यकाको तीनै जिल्लामा गरी ४५ वटा ट्राफिक प्रहरी छन् ।

    ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई भन्छन्,‘जसमध्ये १७ वटा ट्राफिक प्रहरी कार्यालयबाट मात्रै नियम अनुसार कागजात लिन सकिने व्यवस्था छ । जुन सबैलाई जानकारी हुँदैन । अनि त्यति मात्र जानकारी लिनका लागि सेवाग्राही धाउनु पर्ने अवस्था छ । यही सास्ती नहोस् भनेर यो सेवा ल्याइएको हो ।

    उनका अनुसार अब सेवाग्राहीले म्यासेज गरेपछि आफ्नो कागजपत्र रहेको कार्यालयबारे जानकारी एकैछिनमा पाउँनेछन् ।

    यो सेवा लागू गरेपछि टाढाबाट आउने सेवाग्राहीका लागि प्रभावकारी हुने विश्वास महाशाखाको छ । यो सेवा पहिलो चरणमा उपत्यकामा मात्र लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रविधियुक्त बन्दै ट्राफिक प्रहरी

    पछिल्लो समय प्रविधिको विकास भएसँगै सबैले आफूलाई प्रविधिमैत्री बनाउन थालेका छन् । ट्राफिक प्रहरी पनि पछिल्लो समय आफूलाई प्रविधियुक्त बनाउने प्रयत्नमा छ।

    अहिलेसम्म ट्राफिक प्रहरीले पाँच वटा आफ्नो मुख्य गतिविधिको सेवा ‘अनलाइन’ मार्फत सुरु गरिसकेको छ । यसअघि ट्राफिक प्रहरी महाशाखाले सुरुमा अनलाई ‘पेयमेन्ट’, अनलाइन कक्षा, हराएको कागजपत्रको सिफारिस, हराएको सवारीसाधनको अनलाइन दर्ताको सेवा दिइरहेको थियो भने आजदेखि म्यासेज सेवाको सुरुवात गरेको छ ।

    प्रविधिको विकाससँगै ट्राफिक प्रहरीलाई पनि प्रविधियुक्त बनाउँने हेतुले ट्राफिक प्रहरीलाई डिजिटलाइज्ड गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख भट्टराई बताउँछन् ।

    ट्राफिक नियम उल्लंघन कर्ता दैनिक ३ हजारसम्म

    उपत्यकामा सवारीसाधन बढेसँगै ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या पनि उत्तिकै छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार सामान्य अवस्थामा दैनिक करिब ३ हजारले ट्राफिक नियम उल्लंघन गर्छन् ।

    अन्य अवस्था जस्तै लकडाउन वा बन्दाबन्दीको अवस्थामा भने कम्तिमा १५०० जनाले नियम उल्लंघन गर्ने गरेको ट्राफिक प्रहरी रेकर्ड छ । यसरी धेरै संख्यामा चालकहरू कारबाहीमा पर्ने गरेको हुनाले ती सबैको गुनासो अनुसार सहजताका लागि ‘म्यासेज’ सेवा सुरु गरिएको ट्राफिक प्रहरी भनाइ छ ।

    यसको साथै आजैदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा ‘फ्री वाइफाइ जोन’ को सुविधा ल्याइएको छ । सेवाग्राहीहरुलाई अनलाइनमार्फत काम गर्न सजिलो बनाउने उद्देश्यले ‘वर्डलिंक’ को सहयोगमा ‘फ्री वाइफाई’ सुविधा सञ्चालनमा ल्याइएको हो । वर्डलिंक’ ले योसहित देशभरि दश हजार ठाउँमा ‘फ्री वाईफाई’ को सुविधा दिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑