• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओली कार्यकालका सुकिला सपना, जुन अन्त्यमा मैलिए

  • वीरगंज संजाल
  • ३१ असार २०७८, बिहीबार १९:१२
  • ३४८९

    वीरगन्ज । नेपालमा गणतन्त्र स्थापनापछि सबैभन्दा बढी समय सत्तामा रहे निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली । पछिल्ला केही दशक सम्भवतः सबैभन्दा बढी चर्चामा रहेका नेता पनि उनै हुन् । संसद् विघटनको उनको प्रयासलाई सर्वोच्च अदालतले बदर मात्रै गरिदिएन प्रधानमन्त्रीबाट उनलाई हटाएर विपक्षी दलका नेता शेरबहादुर देउवालाई उक्त पदमा आसिन गराउने परमादेशसमेत दियो ।

    करिब साढे तीन वर्षअघि उनी सत्ताको शीर्षासनमा पुग्दा नेपालको इतिहासमा बढी सांसदको समर्थन उनलाई थियो । झण्डै दुईतिहाइको ‘स्थायी’ सरकारको नेतृत्व गर्ने मौका पाएका उनले आफ्नो कार्यकालमा थुप्रै महत्वाकांक्षी परियोजनाको उद्घोष गरे ।

    ओलीले देशभरबाट तुइन विस्थापन गर्ने, पानी जहाज सञ्चालन गर्ने, पाइपबाट घरघरमा ग्यास, ६ लेनको पूर्व–पश्चिम राजमार्ग, पूर्व–पश्चिम रेल, एक दशकमै प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलरभन्दा बढी पुर्याउने लगायतका सपना बाँडेका थिए । यीमध्ये कयौंको औपचारिक सुरुवात नै गरे भने अधिकांश परियोजना पूरा नहुने सपनाजस्तै बन्न पुगे ।

    भर्खरै मात्रै सर्वोच्चबाट पदच्युत हुन पुगेका ओलीले जाँदाजाँदै पनि आफ्नो कार्यकालमा थुप्रै सम्झन योग्य काम भएको दाबी गरे । देशवासीका नाममा उनले गरेको ४५ मिनेटको सम्बोधनमा आधा समय आफूले गरेको कामको व्याख्या गर्नमै बिताए । दशकौंअघि सुरु भएका परियोजनाको जस निर्धक्क लिँदै लामालामा विकासका सपना सुनाए । तर उनको कार्यकालमा उद्घोष गरेका र अगाडि बढ्न नसकेका कयौं योजना छन् ।

    ‘रेल मेरै कार्यकालमा !’
    नेपालमा लामो दूरीमा रेल चल्ने चर्चा सुनिएको दशकौं भयो । कुनै यस्तो समय पनि थियो, रेलको चर्चा गीतसंगीतमा मात्रै हुन्थ्यो । तर २०७२ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि पहिलोपटक प्रधानमन्त्री बनेका ओली सरकारले चीनसँग व्यापार तथा पारवहन सम्झौता ग¥यो । सम्झौतासँगै हिमालपारिको रेल नेपाल ल्याउने चर्चा र चासो एकैसाथ बढ्यो ।

    सन् २०२० सम्म चीनले सिगात्सेबाट नेपालको सीमाबिन्दु केरुङसम्म रेल सञ्जाल जोड्ने योजना सार्वजनिक गरेको थियो । यस्तै, नेपालमा यसअघि नै सञ्चालन भइसकेको जनकपुर–जयनगर रेलसेवा समेत हतारमा उद्घाटन गरेर बन्द भएको छ ।
    जनकपुर–जयनगर रेल सञ्चालन गर्ने भनेर खरिद गरिएको रेल गत असोजमा नेपाल भित्रिएको थियो । नेपाल भित्रिएको ९ महिना बितिसक्दा उक्त रेल एक हिउँद कटेर वर्षाको पानीसम्म त्रिपालमुनि रहेको छ । त्रिपाल मुनिको लुकेको रेल सामाजिक सञ्जालमा निकै ‘भाइरल’ बन्न पुग्यो ।

    यसअघि भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा जयनगर–जनकपुर (करिब ३५ किमि) रेलमार्ग भने तयार छ । सरकारले तदारुकता देखाए उक्त रेलमार्ग सञ्चालनमा ल्याउन सकिन्छ । यसरी नेपालमा रेलसेवा सञ्चालन गर्ने, रेल काठमाडौं ल्याउने अठोट जनतासामु गरेका ओली असफल हुँदै सत्ताबाट ‘आउट’ भएका छन् ।

    नेपालको आफ्नै पानीजहाज !
    केपी शर्मा ओली कार्यकालको अर्को चर्चित विषय पानी जहाज हो । उनको दोस्रो कार्यकालको सुरुवात ०७४ चैतमा भारत भ्रमणका क्रममा भएको जलमार्गको विकास गर्ने सहमतिपछि पानीजहाजको विषय नेपालमा निकै चर्चामा रह्यो ।

    ओली पहिलोपटक प्रधानमन्त्री हुँदादेखिको वाचा थियो– नेपालमा पानी जहाज ल्याइछाड्ने । त्यही वाचा पूरा गर्न दोस्रो कार्यकालको सुरुवातमा उनले हतारहतार पानी जहाजको कार्यालय नै खोले । त्यसपछि यो विषयले थप चर्चा पायो । पानी जहाज कार्यालयको उद्घाटन गर्दै नेपालमा कस्तो पानी जहाज बनाउनेबारे इन्जिनियरहरुलाई ओलीले निर्देशन समेत दिएका थिए ।

    ओलीले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘नेपालका नदी गहिरो नभएकाले कम गहिराइमा चल्न सक्ने गरी नयाँ पानीजहाजको डिजाइन गर्नुस् । हाम्रा नदीमाथि पुल छन् । तीनले अवरोध गरे पुल नै उठाएर भए पनि पानीजहाज चलाउँछौं ।’

    उनको कुरा कसैले पत्याएका थिएनन् । अरुको त कुरै छोडौं, पानी जहाज कार्यालयका कर्मचारी नै नेपालका नदीहरुमा तत्काल पानी जहाज चलाउन नसकिने बताउँछन् । जसका कारण ओली र पानीजहाजबारे विभिन्नखाले ‘ट्रोल’समेत बन्ने गरेका छन् ।

    चुलाचुलामा ग्यास पाइपको हल्ला
    २०७२ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगायो । त्यतिबेला नेपाली बजारमा खाना पकाउने ग्यासको चर्को अभाव भयो । त्यही संकटको बेला २०७२ पुसमा ओलीले घरघरमा चुलाचुलामा ग्यासको पाइप बिछ्याइदिने भाषण गरे । त्यो भाषणको पनि कसैले विश्वास गरेन ।

    आफ्ना भाषण र योजनाबारे अधिकांशले नपत्याएपछि ओलीले ‘सपना देखे मात्रै त्यो पूरा हुने’ जवाफ फर्काए । त्यतिबेला उनले एक वर्षभित्र चुलाचुलामा ‘पाइपबाटै ग्यास ल्याएर प्याट्ट स्विच खोलेर बाल्ने बनाउँछु’ भनेका थिए ।

    यसबीच, ललितपुरको इमाडोल र टेकुमा ग्यास उत्खननको प्रयास पनि गरियो । तर सफल हुन सकेन । हाल खानी तथा भूगर्भ विभागले ग्यास उत्खननका लागि प्रक्रिया अघि बढाएको छ । विभागले केही महिनाअघि टेन्डर आह्वान पनि गरेको छ । तर नेपालमा ग्यास उत्खनन् गर्न थालिएको दशकौँ भइसकेको छ ।

    दुई दशकअघि जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको सहयोगमा विभागले काठमाडौं उपत्यकामा ग्यासको अन्वेषण गरेको थियो । उक्त अन्वेषणबाट काठमाडौं उपत्यकाको २६ वर्गकिलोमिटरभित्र ३१ करोड ६० लाख क्युबिक मिटर मिथेन ग्यास रहेको देखाएको विभागले जनाकारी दिएको छ । ग्यास सिलिन्डरमा भर्न नमिल्ने मिथेन ग्यास पाइपबाट सीधै घरघरमा जोडेर नै उपयोग गर्ने हो ।

    सबै स्थानीय तहमा अस्पताल !
    कोरोना भाइरसको महामारी नियन्त्रण बाहिर गएपछि निवर्तमान प्रधानमन्त्री ओलीले सबै स्थानीय तहमा अस्पताल बनाउने उद्घोष गरे । उद्घोष मात्रै होइन तीन सयभन्दा बढी स्थानीय तहमा १५ शैय्याको अस्पतालको शिलान्यास नै गरे ।
    हाल चलिरहेका अस्पताललाई सरकारले व्यवस्थापन गर्न सकेको छैन ।

    कतिपय सरकारी अस्पतालको कमजोर र खराब व्यवस्थापनका कारण सेवाग्राहीहरु दिक्क छन् । यस्तो तथ्यलाई नजरअन्दाज गर्दै सरकारले नयाँ अस्पतालको घोषणा गरेपछि स्वाथ्य क्षेत्रकै मानिसले आलोचना गरे । अहिले केन्द्रदेखि स्थानीय तहमा सञ्चालित कयौं साना–ठूला अस्पतालमा आर्थिक अभाव, पर्याप्त जनशक्ति अभाव, उपकरणको अभावलगायतका समस्याले सेवा गुणस्तरीय हुन सकेको छैन ।

    अयोध्यापुरीमा राम मन्दिर
    निवर्तमान प्रधानमन्त्री ओलीलाई चर्चा र विवादमा पारिदियो अयोध्यापुरीमा राम मन्दिर स्थापनाको विषयले । ओलीले राम नेपालमै जन्मेको बताउँदै अयोध्या नै नेपालमा भएको दाबी गरिरहे । उनको यो ढिपी आलोचकका निम्ति गतिलो खुराक बन्यो । यति मात्रै होइन उनले ‘भगवान्’ राम ठोरीमा जन्मेको दाबी गर्दै स्थानीय प्रतिनिधिहरुलाई मन्दिर बनाउन आदेश नै दिए । यसले छिमेकी भारतमा समेत खैलाबैला मच्चियो ।

    उनले बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्तिहरु माडी अयोध्यामा अनावरणसमेत गरे । त्रेतायुगमा भगवान् रामको जन्म नेपालकै चितवन जिल्लास्थित हाल माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा भएको चर्चा सुरु भएपछि पुरातत्व विभागले अनुसन्धान सुरु गरेको छ ।

    भएन तुइन विस्थापन
    पहिलो पटक प्रधानमन्त्री बन्दा केपी शर्मा ओलीको एक महत्वपूर्ण एजेन्डा थियो– नेपालमा जोखिमपूर्ण रुपमा रहेको तुइन विस्थापित गर्ने । उनले आफ्नो पहिलो कार्यकालको सुरुवातमै २०७२ साल असोजमा ‘एक वर्षभित्र देशभरिका तुइन विस्थापित गर्छु’ भन्ने पहिलो निर्णयमा हस्ताक्षर नै गरे ।

    तर, उद्घोष गरेको ६ वर्ष बित्दासमेत तुइन विस्थापनको काम सकिएको छैन । यसबाहेक ओलीले आफ्नो कार्यकालमा कयौं कार्यक्रम उद्घोष गरे । सम्भवतः तीमध्ये कयौं त उनी आफैंले पनि बिर्सिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑