• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के हो जोन्सन एन्ड जोन्सन खोपमा देखिएको पछिल्लो समस्या ? खोपबारे जान्नुहोस् यी तथ्य

  • वीरगंज संजाल
  • ३० असार २०७८, बुधबार १४:०३
  • ६९६५

    वीरगन्ज । अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) ले जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपमा जिआन बार (Guillain-Barr) सिन्ड्रोमको नयाँ चेतावनी सार्वजनिक गरेको छ । जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको खोप लगाएका व्यक्तिमा गम्भीर तर दुर्लभ ‘जिआन बार’ नामक साइड इफेक्ट देखिएको एफडीएको भनाइ छ । यसमा शरीरको प्रतिरोधात्मक क्षमताले मानिसको स्नायु प्रणालीमा हमला गरेर मानिसलाई ‘प्यारालाइसिस’ सम्म गराउने खतरा रहन्छ ।

    अमेरिकामा १ करोड २८ लाख जनालाई यस कम्पनीको खोप लगाइसकिएको छ । जसमध्ये कम्तिमा १०० जनालाई यस्तो दुर्लभ साइड इफेक्ट देखिएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले आफ्नो विज्ञप्तिमा जनाएको छ । यसमध्ये ९५ प्रतिशतमा गम्भीर समस्या देखिएको र अस्पताल भर्ना गर्नुपर्ने पाइएको थियो । यस्तो साइड इफेक्ट देखिएका मध्ये १ जनाको मृत्यु भएको बताइए पनि दुवै एजेन्सीले यसबारे थप विवरण सार्वजनिक गरेको छैन । वासिङ्टन पोष्टको रिपोर्टमा यस्तो साइड इफेक्ट खोप लगाएको दुई हप्तापछि देखिएको बताइएको छ, विशेष गरी ५० वर्षभन्दा माथिका पुरुषमा ।

    अमेरिकामा फाइजर र मोर्डनाको ३२.१ करोडभन्दा बढी डोज खोप लगाइसकिएको छ । त्यसमा भने यस्तो साइड इफेक्ट देखिएको छैन । यी खोपभन्दा जोन्सन एन्ड जोन्सनको खोप फरक तरिकाले निर्माण गरिएको छ ।

    ‘जिआन बार’ साइड इफेक्टबारे आगामी बिहीबार सीडीसीको बैठकमा छलफल हुने बताइएको छ । जोन्सन एन्ड जोन्सनले निर्माण गरेको खोप लगाए पछि उक्त साइड इफेक्ट देखिने जोखिम रहेको प्रमाणहरुले देखाए पनि एफडीएले भने उक्त तथ्याङ्कले अहिले नै दुईबीचको सम्बन्ध पुष्टि हुन पर्याप्त नरहेको बताएको छ ।

    सीडीसीकै तथ्यांकअनुसार अमेरिकामा हरेक हप्ता ६० देखि १२० जनामा यो सिन्ड्रोम देखिने गरेको छ । यसको मुख्य कारण पत्ता नलागे पनि मानिसमा इन्फ्लुएन्जाजस्ता भाइरस वा ब्याक्टेरियाको सङ्क्रमण भएपछि यो सिन्ड्रोम देखिने गरेको छ । हरेक वर्ष अमेरिकामा ३ हजार देखि ६ हजार जनामा यस्तो समस्या देखिने गरेको छ । विशेष गरेर ५० वर्षभन्दा माथिका उमेर भएकाहरू यसको जोखिममा रहेका छन् । जोन्सन एन्ड जोन्सनको खोपमा समस्या देखिएको यो पहिलो पटक भने होइन । यसअघि पनि खोपमा समस्या देखिएपछि केही समय खोप लगाउन नै रोकिएको थियो ।

    यो पनि
    साउन ४ देखि ६ गतेसम्म जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै
    जोन्सन एन्ड जोन्सनको खोप कस्तो हो ?

    जोन्सन एन्ड जोन्सन अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडिए) ले आपत्कालिन प्रयोगका लागि स्वीकृति दिएको तेस्रो कोभिड–१९ विरुद्धको खोप हो । यसअघि फाइजर र मोडर्ना खोपले आपतकालिन प्रयोगको अनुमति पाएका थिए ।

    यस अनुमतिको अर्थ यो खोप सुरक्षित र प्रभावकारी छ भन्ने हो । तर, नयाँ खोप, औषधि वा प्रक्रियाका विषयमा जिज्ञासा उठ्नु स्वाभाविक हो ।

    हेल्थलाईन डटकमका अनुसार जोन्सोन एन्ड जोन्सोन (जे एन्ड जे) खोपका विशेषता :

    –जे एन्ड जे खोप एक डोजमात्रै लगाए पुग्छ । अन्य खोपजस्तो दुई डोज लगाउनुपर्दैन

    यो खोपले एमआरएनए नभएर भाइरल भेक्टर टेक्नोलोजीको प्रयोग गर्छ ।

    –यो खोप हल्का, मध्यम र गम्भीर कोभिड १९ को रोकथाममा प्रभावकारी देखिएको क्लिनिकल ट्रायलको नतिजाले देखाउँछ । कोभिड १९ का केही भेरियन्टका लागि यो प्रभावकारी रहेको संकेत पनि क्लिनिकल ट्रायलले गरेको थियो ।

    –अन्य कोभिड १९ खोपजस्तै जे एन्ड जे खोपका पनि साइड इफेक्टहरु देखिन्छन् । जस्तै, सुई लगाएको ठाउँमा प्रतिक्रिया देखिने, टाउको दुखाई, थकान आदी ।

    –खोप लगाइसकेपछि थोरै व्यक्तिहरूमा गम्भीर ब्लड क्लट अर्थात् रगत जम्ने समस्या देखिएको गुनासो पनि आएको थियो, यद्यपि यस्तो हुने खतरा निकै कम छ ।

    किन जे एन्ड जे खोप रोकियो ?

    १३ अप्रिल २०२१ मा जे एन्ड जे खोप लगाउने काम रोकिएको थियो । सीडिसी र एफडिएले यस्तो सिफारिस गरेका थिए । यतिबेलासम्म ६८ लाख बढी जनसङ्ख्यालाई यो खोप दिइसकिएको थियो । खोप लगाएपछि रगत जम्ने गरेको गुनासो आएपछि यसबारे छानबिन गर्न खोप लगाउने काम रोकिएको थियो । यस अवधिमा यस्तो समस्या कसरी पहिचान गर्ने र उपचार कसरी गर्ने भनेर स्वास्थकर्मीले जानकारी हासिल गर्ने अवसर पनि पाए ।

    यी क्लटहरु के हुन् ?

    मस्तिष्क वा पेटका रक्त नलीहरुमा ब्लड क्लट अर्थात् रगत जम्नु ‘लो प्लाटिनेट काउन्ट’ सँग सम्बन्धित रहेको बताइएको थियो । यस अवस्थालाई चिकित्सकीय भाषामा ‘थ्रम्बुसाईटुपिनिया सिन्ड्रोम (टिटिएस) भनिन्छ ।

    कसलाई यस्तो समस्या देखिन्छ ?

    जतिबेला खोप लगाउने कार्य रोकिएको थियो । त्यतिबेला टीटीएसका ६ वटा घटना देखिएका थिए, जसमा एकजनाको मृत्यु समावेश थियो । यी सबै घटना १८ देखि ४८ वर्ष उमेर समूहका महिलामा देखिएको थियो । जे एन्ड जे कोभिड १९ खोप लगाएको १ वा दुई सातापछि टिटिएस देखिन थालेको स्रोतले जनाएको थियो ।

    के खोप फेरि लगाउन थालियो ?

    हो, २३ अप्रिल २०२१ मा यो खोप फेरि लगाउन थालियो । रगत जम्ने विषयमा रिपोर्टमा आएका गुनासाहरु सम्बन्धमा डाटा–रिभ्यु गरिएपछि सिडिसी र एफडिएले जे एन्ड जे खोपका सम्भावित खतराको दाँजोमा यसको प्रभावकारिता र फाइदा धेरै महत्त्वपूर्ण रहेको निष्कर्ष निकालेको थियो ।

    के म चिन्तित हुनुपर्छ ?

    टिटिएस निकै दुर्लभ साइड इफेक्ट हो । सिडिसीको विश्वस्त स्रोतको हवाला दिँदै हेल्थलाईन डटकमले १८ देखि ४९ वर्षका उमेरका १० लाख महिलामध्ये केवल ७ जनामा यस्तो समस्या देखिएको जनाएको छ । पूरुष र ५० वर्षमाथिका महिलाका हकमा खतरा अझै कम छ ।

    यदि तपाई ५० वर्षमुनीको महिला हुनुहुन्छ भने तपाई ब्लक क्लटको खतरा र त्यसका सम्भावित लक्षणबारे सचेत भने हुनुपर्छ । यदि, तपाईलाई जे एन्ड जे कोभिड १९ खोप लगाउनु छै भने अन्य त्यस्ता कोभिड १९ खोप पनि उपलब्ध छन्, जसको सम्बन्ध यो साइड इफेक्टसँग छैन ।

    जे एन्ड जे खोप कति सुरक्षित छ ?

    आपतकालिन प्रयोगको स्वीकृति दिनका लागि एफडिएले खोप सुरक्षित र प्रभावकारी रहेको पुष्टि गर्नैपर्छ । यस एजेन्सीले ४० हजारभन्दा धेरै सहभागीबाट प्राप्त क्लिनिकल डाटा तथा जोन्सन एन्ड जोन्सनले उपलब्धि गराएको उत्पादन सम्बन्धी सूचनाको रिभ्यु गरेको थियो । २७ फेब्रुअरी २०२१ मा एफडिएले यसलाई आपतकालिन प्रयोगको अनुमति दिएको थियो । त्यस्तै विश्व स्वास्थ्य सङ्गठन र युरोपेली मेडिकल एशोसियसन (ईएमए) को अध्ययनले पनि जे एन्ड जे कोभिड १९ खोप सुरक्षित र प्रभावकारी रहेको देखाएको थियो ।

    सामान्य साइड इफेक्टहरु के–के छन् ?

    जे एन्ड जे खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलमा देखिएअनुसार मान्यता पाएका अन्य खोपमाजस्तै यसमा पनि सामान्य साइड इफेक्टहरु देखिएका छन् । ६० वर्षमुनीमा मानिसहरुमा यो साइड इफेक्ट स्वाभाविकजस्तै थियो । यसमा सुई लगाएको ठाउँमा हुने प्रतिक्रिया अर्थात् दुख्ने, छाला रातो हुने सुन्निनेलगायत छन् । त्यस्तै, टाउको दुखाई, थकान, दुखाई, वाकवाकी लाग्ने र ज्वरो छन् । खोप लगाएको एक वा दुईदिनभित्र यस्ता लक्षण देखिन्छन् र केही दिनमै हराउँछन् । यो तपाईको शरीरले प्रतिरोध प्रणाली निर्माण गर्दैछ भन्ने सङ्केत हो र स्वाभाविक हो ।

    दुर्लभ साइड इफेक्ट के छन् ?

    तेस्रो चरणको परीक्षणमा केही दुर्लभ साइड इफेक्ट पनि देखिएको थियो । खोप लगाएका २१ ह्जार ८ सय ९५ जनामध्ये ७ जनामा यस्ता दुर्लभ लक्षण देखिएको थियो, जसको सम्बन्ध खोपसँग रहेको बताइएको छ । परीक्षणमा सहभागी शून्य दशमलव शून्य तीन प्रतिशतमा देखिएका लक्षण यसप्रकार छन् :

    गम्भीर एलर्जी

    खोप लगाइसकेपछिको सिन्ड्रोम : टाउको दुख्ने, ज्वरो आउने र कमजोरी

    बेल्स पल्सी : अस्थायी कमजोरी वा अनुहारको मसल्स प्यारालाईसिस हुने

    गियान बार सिन्ड्रोम

    पेरिकार्डिटिस

    ब्रेकियल र्याकिकुलिटी

    जे एन्ड जे खोपले कसरी काम गर्छ ?

    जे एन्ड जे कोभिड १९ खोप भाइरल भेक्टर खोप हो । यसको अर्थ यसले खोपको तत्वहरु पु¥याउनका लागि भाइरसको प्रयोग गर्छ । यसलाई थप विस्तृतमा यसरी बुझौँ :

    भेक्टरको सिर्जना

    जे एन्ड जे कोभिड १९ खोपका लागि एडेनो भाइरस भेक्टरको प्रयोग गरिएको छ । एडोनोभाइरसले मानिसमा स्वासप्रश्वास सम्बन्धी संक्रमण पैदा गर्छ ।

    यद्यपी, खोपमा एडेनोभाइरसलाई सुधारेर प्रयोग गरिएका हुन्छ, जसकारण सेल्सभित्र यो पुनःउत्पादन हुनसक्दैन । यसको अर्थ यसले बिरामी बनाउँदैन । यसले तपाईको सेल्समा खोपको तत्त्वलाई पु¥याउन सहयोग गर्छ ।

    खोप बनाउनका लागि नोबेल कोरोना भाइरस स्पाइक प्रोटिनको जिनलाई एडेनो भाइरसको अनुवांशिक सामाग्रीमा मिसाइन्छ ।

    ठ्याक्कै कसरी काम गर्छ

    जब जे एन्ड जे खोप दिइन्छ, तब सुधारिएको एडेनोभाइरस तपाईको शरीरको कोषिकामा छिर्छ र त्यसको जेनेटिक मेटेरियल रिलिज गर्छ । भाइरल भेक्टरले स्पाइक प्रोटिन उत्पादनका लागि दिएको जुन निर्देशन जेनेटिक मेटेरियलमा हुन्छ, त्यो दिर्नेशनलाई तपाईको कोषिकाले प्रयोग गर्छ, त्यसपछि यसलाई कोषिकाको सतहमा प्रवाह गराउँछ ।

    तपाईको प्रतिरोध प्रणालीले कोषिका सतहमा स्पाईक प्रोटिन देख्नसक्छ र यसलाई विदेशीका रूपमा पहिचान गर्छ । यसले इम्युन प्रतिक्रिया उत्पन्न गर्छ । यस दौरान एन्डिबडी र इम्युन कोशिकाले स्पाईक प्रोटिन बनेको छ भनेर पहिचान गर्छ । यदि, तपाई नोबेले कोरोना भाइरसको सम्पर्कमा आउनुभयो भने तपाईको इम्युन प्रणाली यसको पहिचान गर्न र यसविरुद्ध रक्षा गर्ने उच्च अवस्थामा हुन्छ । यसो हुँदा तपाईमा कोभिढ १९ विकास हुँदैन ।

    किन एकै डोजको ?

    जे एन्ड जे खोप एकै डोज लगाए पुग्छ भन्ने तपाईलाई थाहै होला । किन यस्तो भयो त ?

    सुरुवाती परीक्षणका दौरान एक डोज र दुई डोज लगाउनुपर्ने दुवै खोपबारे अनुसन्धान गरिएको थियो । खोप लगाएका ९० प्रतिशत सहभागीहरूमा पहिलो डोज लगाएको २९ दिनपछि स्वत न्युट्रालाईजिङ एन्टिबडिज रिबुस्ट भएको पाइयो । एन्डिबडिजको यस्तो स्तर पहिलो डोज लगाएको ७१ दिनपछि स्थिर रहेको अनुसन्धानकर्ताहरुले पत्ता लगाए । प्रतिक्रियाको लामो अवधि र स्थिरताका कारण नै अनुसन्धानकर्ताहरु एकै डोजको खोप निर्माणमा अग्रसर भए । दुई डोजको जे एन्ड जे खोपको परीक्षण पनि चलिरहेको छ ।

    अन्य खोपको दाँजामा के फरक छ ?

    फाइजर बायोएनटेक र मोर्डना खोपहरुभन्दा जे एन्ड जे खोप कसरी फक छ । आउनुस् यी तीन बुँदाबारे चर्चा गरौं ।

    आवश्यक डोज : फाइजर र मोर्डना खोप तीन वा चार साताको अन्तरमा दुई डोज लगाउनुपर्छ । जे एन्ड जे एकै डोज लगाए पुग्छ ।

    प्रविधि : जे एन्ड जे खोपले भाइरल भेक्टर प्रविधि प्रयोग गरेको छ । फाइजर र मोर्डनाले एमआरएनए प्रविधि प्रयोग गरेका छन् ।

    भण्डारण : जे एन्ड जे खोपलाई रेफ्रिजेरेटरको सामान्य तापक्रम अर्थात् २ डिग्रीदेखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । फाइजर र मोर्डनालाई अति चिसोमा भण्डारण गर्नुपर्छ ।

    प्रभावकारीताको फरकबारे हामीले किन चर्चा गरेनौं भन्ने पनि तपाईलाई लाग्छ । यस्तो किनकी :

    – महामारीको फरक समयमा फरक खोपहरुको परीक्षण गरिएको थियो ।

    – खोपहरुको परीक्षण फरक भौगोलिक स्थानमा गरिएको थियो ।

    – फरक अध्ययन प्रोटोकल प्रयोग गरेर परीक्षण पूरा गरिएको थियो ।

    एफडिएको विश्वस्त स्रोत भन्छ : हेड टु हेड क्लिनिकल परीक्षण गरेपछि मात्रै यी खोपहरुबीच प्रत्यक्ष तुलना गर्न संभव हुन्छ । सबै तीनवटै कोभिड खोपहरू कोरोना नियन्त्रणमा प्रभावकारी रहेका छन् ।

    जे एन्ड जे कति प्रभावकारी छ ?

    विश्वभरका धेरै स्थानका मानिसहरुमा जे एन्ड जे खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको थियो । जसअनुसार हल्का, मध्यम र गम्भिर संक्रमणलाई रोक्नसक्ने क्षमता यसमा देखियो । खोप लगाएको १४ दिनपछि यसको प्रभावकारिता यस्तो देखियो :

    समग्रमा : ६६ दशमलव ३ प्रतिशत

    अमेरिकामा : ७४ दशमलव ४ प्रतिशत

    ब्राजिलमा : ६६ दशमलव २ प्रतिशत

    दक्षिण अफ्रिकामा : ५२ प्रतिशत

    संक्रमण भइहाले पनि गम्भिर हुनबाट जोगाउन समेत यसले काम गरेको देखियो । गम्भिर लक्षण हुनबाट रोक्न यसको प्रभावकारिता :

    समग्रमा : ७६ दशमलव ३ प्रतिशत

    अमेरिकामा : ७८ प्रतिशत

    ब्राजिलमा : ८१ दशमलव ९ प्रतिशत

    दक्षिण अफ्रिकामा : ७३ दशमलव १ प्रतिशत ।

    यी तथ्यहरु यसकारण पनि महत्त्वपूर्ण छन् किनकी यसल फरक भेरियन्टहरुविरुद्ध खोपको प्रभावकारीताबारे जानकारी दिन्छ । जस्तो, दक्षिण अफ्रिकामा बी.१३५१ भेरियन्ट पहिलोपटक देखिएको थियो भने ब्राजिलमा पी.२ भेरियन्ट पहिलोपटक देखिएको थियो ।

    ब्राजिल र दक्षिण अफ्रिकामा परीक्षणका क्रममा पहिचान भएका धेरैजसो भाइरसहरु भेरियन्ट (कोरोनाकै नयाँ स्वरुप) रहेको अनुसन्धानकर्ताहरुले जनाएका थिए । परीक्षणको नतिजाले जे एन्ड जे कोभिड खोप ती भेरिएन्टहरुमा पनि प्रभावकारी रहेको संकेत गर्यो‍ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑