• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट अब के हुन्छ ?

  • वीरगंज संजाल
  • २९ असार २०७८, मंगलवार १४:१३
  • १९६५

    वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठ १५ गते अध्यादेशबाट ल्याएको बजेटको भविष्य सङ्कटमा परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापना भएर विपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सुनिश्चित गराएसँगै ओली सरकारको अध्यादेशमार्फत ल्याएको बजेटका विषयमा अब के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । नेपालको संविधान २०७२ जारी भएपछि पहिलो पटक अध्यादेशमार्फत ल्याइएको बजेटको भविष्य कार्यान्वयनमा नजाँदै अन्योल बनेको हो ।

    अधिवक्ताहरूले यो बजेटलाई सामान्य परिमार्जन गरेर कार्यान्वयनमा लैजान सकिने र पुरै खारेज गरेर नयाँ ल्याउने अधिकार नयाँ बन्ने सरकारलाई रहने भन्दै विश्लेषण गर्न थालेका छन् ।

    नेपालको संविधान धारा ११४ को उपधारा १ मा अध्यादेशसम्बन्धी व्यवस्था रहेको छ । सोही व्यवस्थालाई टेकेर बजेट ल्याइएको थियो । विगतमा अध्यादेशबाट बजेट आएको वर्षसमेत संसद् आइसकेपछि पूर्ण संशोधित बजेट आएको इतिहास छ । आव २०५२।५३ मा एमालेको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विघटित संसद् पुनः स्थापनापछि काँग्रेसले पूर्ण बजेट ल्याएको थियो । अहिले अवस्था पनि सोही समयको जस्तो भएको छ ।

    अधिवक्ता लोकभक्त राना नयाँ सरकार आएपछि तुरुन्त प्रतिनिधि सभा डाक्ने र सो सभाले अहिले बजेटलाई कतिको समर्थन गर्छ, त्यसमा नै भर पर्ने बताउँछन् ।

    तथापि कुनै पनि नयाँ सरकार आएपछि उसले आफ्ना कार्यक्रम पनि राख्न खोज्छ । यसकारण जस्ताको तस्तै कार्यान्वयनमा लैजाने सम्भावना कम रहने उनको भनाइ छ । बजेट केही परिमार्जन अथवा पुरै खारेज गरेर नयाँ पनि ल्याउन सकिने विकल्प रहेको रानाले रातोपाटीलाई बताए । उनले भने, ‘नयाँ सरकारले बजेटबारे आवश्यक निर्णय लिन सक्ने अधिकार रहन्छ संशोधन, परिमार्जन वा नयाँ बजेट के चाहन्छ ? सोहीअनुसार अघि बढ्छन् ।’ पूरक बजेट ल्याउन पनि सकिने उनको भनाइ छ ।

    प्रतिनिधि सभा विघटन भएपछि जेठ १५ गते १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट अर्थमन्त्रीका रूपमा विष्णु पौडेलले ल्याएका थिए । ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित ल्याइएको बजेटमा १० खर्ब २४ अर्ब रुपैयाँ राजस्व सङ्कलन लक्ष्य राखिएको छ । यस्तै पुँजीगत खर्च ३ खर्ब ७४ अर्ब रुपैयाँ र चालू खर्च १० खर्ब ६५ अर्ब विनियोजन गरिएको छ ।

    प्रधानमन्त्रीमा आजै शेरबहादुर देउवालाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् । तर अहिलेको सत्ता समीकरण कस्तो हुन्छ र उसले लिने नीतिमा अध्यादेशमार्फत ल्याइएको बजेटको भविष्य निर्धारण हुनेछ । अहिले अर्थमन्त्रीमा काँग्रेसबाट ज्ञानेन्द्र कार्की, मिनेन्द्र रिजाल र माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्माको नाम चर्चामा छ । देउवाको मन्त्रिपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी कसले पाउला, त्यो हेर्न बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम
  • सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑