वीरगन्ज । कोरोना विरुद्धको खोपको उपलब्धताको आधारमा आज असार २९ गते मंगलबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ गर्दैछ ।
यो तस्बिरमा उल्लेखित प्राथमिकताको आधारमा जिल्लास्थित कोभिड–१९ खोप समन्वय तथा अनुमगन समितिको निर्णय अनुसार खोप अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
खोप लगाउन नजिकैको खोप केन्द्रमा जाँदा अनिवार्य रुपमा आफ्नो उमेर, पेशा अथवा शारीरिक अवस्था खुल्ने परिचय पत्र लिएर जानु पर्ने मन्त्रालयले जनाउको छ ।
परिचयपत्र नभएको अवस्थामा स्थानीय तहबाट उमेर खुल्ने सिफारिस लिएर खोप लगाउन जानु पर्नेछ ।
मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुका लागि यी खोप लगाउन नहुने समेत जनाएको छ ।