वीरगन्ज । मौसम परिवर्तनको बेला धेरै मानिसहरू एयरकन्डिस्नर (एसी) मा बस्न रुचाउँछन् ।
गर्मीमा बाहिर निस्केर हालत खराब भएको बेलामा घरमा वा अफिसमा एसी चलाएर चिसोमा बस्नु आनन्ददायक अनुभव हो । यस्तै चिसोको समयमा एसीले कोठा तातो बनाएर बस्दा त आनन्द नै हुन्छ ।
तर एसीमा लामो समय बस्दा शरीरलाई अनेक किसिमका हानि नोक्सानी हुन्छन् । यसका बारेमा कमै मात्र मानिसलाई थाहा भएको हुन सक्छ । यी हुन् लामो समय एसीमा बस्दा हुने हानि :
१ थकाइ वा ज्वरो
दिनभरि एसीमा बस्ने अनि काम परेपछि घरबाहिर निस्कने गर्दा चिसो र तातो जुधेर मानिसलाई थकाइ र ज्वरोको समस्याले सताउँछ ।
२ जोर्नीमा पीडा
लामो समय एसीमा बस्दा जोर्नीहरू दुख्न थाल्छन् र बिस्तारै हड्डीको रोग लाग्छ ।
३ रक्तचाप र दम
लामो समय एसीमा बस्दा रक्तचाप घट्छ । त्यसैले रक्तचापको समस्या भएका मानिसले एसीबाट टाढै बस्नुपर्छ । अनि दमको समस्या भएका मानिसलाई एसीले झन् समस्या थपिदिन्छ ।
४ मोटोपना
एसीका कारण शरीरको तापमान कम हुन्छ र पसिना निस्कन पाउँदैन । यसबाट शरीर सक्रिय हुन नपाएर मोटोपना बढ्छ ।
५ छाला
एसीले छालालाई पनि नोक्सान पु–याउँछ किनकि चिसो हावाका कारण छालाले प्राकृतिक आर्द्रता गुमाउँछ र सुक्खा हुन पुग्छ ।