महोत्तरी । महोत्तरीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
आइतबार बिहान महोत्तरी लोहारपट्टी नगरपालिका ३ बस्ने नथुनि कवारीको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको थियो ।
आगलागीमा घर भित्र रहेको विभिन्न काठको फर्निचरका सर(सामानहरु, अन्नपात, लत्ताकपडा, भाडा लगायत अन्दाजी ८ लाखा रुपैयाँ मूल्य बराबरको क्षति भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
आगलागीमा मानविय तथा चौपाया क्षति नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।