• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वर्षासँगै खोलाहरुमा जलस्तर बढ्दा नेपाल र भारत दुवैतर्फ क्षति

  • वीरगंज संजाल
  • २८ असार २०७८, सोमबार १३:१८
  • ३२९७

    वीरगन्ज । पर्सा — गण्डक नहरमा नेपाल र भारत दुवैतर्फ क्षति पुग्दा नहरमा पानी आउन अझै कम्तीमा दुई साता लाग्ने भएको छ । डेढ साताअघि भारी वर्षासँगै खोलाहरुमा जलस्तर बढ्दा गण्डक नहरमा नेपालतर्फ मात्र नभई भारततर्फ पनि क्षति पुगेको थियो ।

    भारतको भवल गाउँनजिक गण्डक नहरको १ सय ६० आरडीमा डेढ साता अघि गण्डक नरहमा भएको क्षति । तस्बिर सौजन्य : सुवाेध कुशवाहा

    नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकृत इन्जिनियर सुबोध कुशवाहाका अनुसार पर्साको जगरनाथपुर गाउँपालिकास्थित जानकीटोलामा रहेको नेपाल–भारत सीमाबाट करिब २० किमि पश्चिममा भारतीय भूमिको नहरमा क्षति पुगेको हो । ‘त्यहाँस्थित नहरको १ सय ६० आरडीमा भवल गाउँनजिक नहरको दोन ब्रान्चअन्तर्गत खण्डमा यो क्षति भएको हो,’ उनले भने, ‘मसान खोलामा आएको बाढी नहरमा प्रवेश गर्दा त्यहाँ २ स्थानमा गरी नहरको देब्रेतर्फको करिब ४० मिटर खण्ड कटान गरेको छ ।’ भारतीय पक्षले उक्त स्थानमा मर्मतसम्भार गर्न डेढदेखि २ साता समय लाग्ने जानकारी गराएको उनले बताए ।

    त्यति बेला नहरमा नेपालतर्फ पनि क्षति पुगेको थियो । नेपालतर्फ ओरियो खोलाको जलस्तर बढेर बाढीको पानी नहरमा प्रवेश गरेपछि जगरनाथपुर गाउँपालिका तथा अन्य पालिकासमेतमा गरी आधा दर्जन स्थानमा नहरको किनार क्षतिग्रस्त भएको थियो । नेपालतर्फ नहरको ब्लक नम्बर १, ३ र ८ मा गरी आधा दर्जन स्थानमा क्षति भएको थियो । नेपालतर्फ क्षतिग्रस्त स्थानमा नहरको मर्मतसम्भारको काम जारी रहेको उनले बताए ।

    यस वर्ष नेपालतर्फ गण्डक नहरमा तालिकाअनुरूप नै पानी दिन भारत तयार रहे पनि नेपालतर्फ धानको बीउ तयार भइनसकेको र प्राकृतिक वर्षा पनि पर्याप्त भएकाले नहरमा तत्काल पानी नछोड्न कार्यालयले भारतीय पक्षलाई आग्रह गरेको इन्जिनियर कुशवाहाले बताए । दुवैतर्फ नहरको मर्मत भइसक्दासम्म नेपालतर्फ पानीको आवश्यकता पर्ने समय पनि करिब उत्ति नै हुन जाने उनले बताए । ‘हाल पनि भारतीय भूमिमा नहरमा पानी उपलब्ध छ,’ उनले भने, ‘जति बेला माग्यो, त्यति बेलै पानी उपलब्ध हुन सक्ने भारतीय पक्षले बताएको छ ।’

    भारतसँगको सम्झौताअनुसार बर्सेनि धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि नहरमा पानी आइसक्नुपर्छ । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य भए पनि लामो समयदेखि भारतले सम्झौताअनुरूपको ८ सय ५० क्युसेक पानी नेपाललाई दिएको थिएन । २ वर्षयता भने भारतीय पक्षले सम्झौताअनुरूपकै परिमाणमा पानी दिएको छ ।

    नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमि यात्रा गरेर यो नहर पर्साको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ ८१ किमि छ । गत वर्ष अन्तिम ब्लकसम्म पनि पानी पुगेको थियो । सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । पर्साको जानकीटोलाबाट नेपाल प्रवेश गर्ने र रौतहटको वाग्मतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भनिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑