• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फरार अभियुक्तको सेवासुविधा रोक्का

  • वीरगंज संजाल
  • २८ असार २०७८, सोमबार १२:५८
  • ३४८९

    वीरगन्ज । अदालतले दोषी ठहर गरेका फरार अभियुक्तहरूलाई उपलब्ध गराउँदै आएका सेवासुविधा सम्बधित स्थानीय तहले रोक्का गर्न थालेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिकाले लागूऔषधसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट कैद तोकिएर फरार रहेका ४ जनाको सेवासुविधा रोक्का एवं निलम्बन गरेको शुक्रबार सूचना जारी गरेको छ ।

    सेवासुविधा रोक्का हुनेमा राक्सिराङ–१ का रमेश भनिने दीपेश मोक्तान, राक्सिराङ–५ का सञ्चलाल चेपाङ, पाँडे भनिने पदमराज नेगी र गुणराज नेगी छन् ।

    जिल्लाका कुनै पनि स्थानीय तहले दोषी ठहर भई फरार व्यक्तिको सेवासुविधा रोक्का एवं निलम्बन गरेको यो पहिलो पटक हो । जिल्ला प्रहरी कार्यालयले असार २२ मा पठाएको पत्रको आधारमा यस्तो निर्णय लिइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
    जिल्ला अदालतले कसुर प्रमाणित भएका तर फरार रहेकाको सूची प्रहरीमा पठाएको थियो । उनीहरूको कैद एवं जरिवाना असुल गर्न/गराउन पक्राउ गरेर अदालतमा हाजिर गराउने र फरार भएमा विभिन्न सरकारी निकाय र स्थानीय तहबाट पाउने सेवासुविधा रोक्का र निलम्बन गर्न/गराउन अदालतले परिपत्र गरेको हो ।

    उक्त परिपत्रका आधारमा पालिकाहरुलाई पत्र लेखिएको मकवानपुर प्रहरीका प्रवक्ता जयश्वर रिमालले बताए । गत साउनदेखि असार २५ सम्म अदालतले दोषी ठहर गरेका तर फरार १ सय ५३ जनालाई पक्राउ गरी कैद र जरिवाना भुक्तानीका लागि अदालतमा उपस्थित गराइएको उनले जनाए । ‘कसुर प्रमाणित भइसकेका फरार व्यक्तिहरूलाई पक्राउ गर्न सक्रिय छौं,’ उनले भने ।

    अदालतका फैसलाहरू कार्यान्वयनमा ल्याउन र बाँकी बक्यौता तथा कैद लगत घटाउन दोषी ठहर भएका तर फरार व्यक्तिहरूलाई अदालतमा उपस्थित गराउनुपर्ने हुन्छ । फैसला कार्यान्वयन नभए अदालतप्रतिको आस्थामा क्रमशः ह्रास आउने कानुन व्यवसायीहरू बताउँछन् ।

    ‘बर्सेनि बाँकी बक्यौता र कैद लगतमा वृद्धि हुनु तथा फैसलाअनुसार कैद बस्नुपर्ने वा दण्ड जरिवाना तिर्नुपर्ने व्यक्ति फरार रहिरहनुले अदालतको फैसला कार्यान्वयनप्रति मात्र होइन फैसलाको औचित्यमाथि नै प्रश्न उठ्ने गर्छ,’ अधिवक्ता मदन दाहालले भने ।

    आदेशअनुसार दण्ड जरिवाना संकलन नहुँदा मकवानपुर जिल्ला अदालतको बक्यौता रकम २६ करोड एक लाख ८० हजार रुपैयाँ र अपराधी कैदमा नबस्दा कैद लगत ३ हजार ५ सय ५४ वर्ष ५ महिना २१ दिन पुगेको छ ।

    यो आवमा १ सय २२ वर्ष कैद बक्यौता थपिएको छ । बाँकी बक्यौता र लगत उठाउन अदालतले प्रहरी प्रशासनसँग सहकार्य गर्दै आएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले बताए । उनका अनुसार दोषी ठहर भएर फरार रहेका २ हजार ६ सय ९ जना छन् । जसमध्ये विदेशी ६० जना छन् ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑