• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यसपालिको मनसुनी वर्षा अचम्मको देखियो

  • वीरगंज संजाल
  • २७ असार २०७८, आईतवार १६:३६
  • २६५७

    वीरगन्ज ।केही वर्षयता मनसुनी वर्षामा फेरबदल आएको छ । गएको तीन वर्षदेखि मनसुन सक्रिय भएर धेरै वर्षा भइरहेको छ । प्रशान्त महासागरको पूर्वी भेगको पानी सामान्यभन्दा पनि बढी चिसो हुँदा दक्षिण एसियामा यसको असरले पानी धेरै परेको हो । प्रशान्त महासागरको पानी तातो हुँदा एसियामा कम पानी पर्ने हुन्छ । अहिले त्यहाँ पानी चिसो भइरहेको छ । त्यही कारणले सन् २०१९ देखि नेपालमा पनि धेरै पानी परिरहेको छ । प्रशान्त महासागरमा समुद्रको पानी चिसो हुँदा त्यहाँबाट जोडले हावा आउँछ अनि हिन्द महासागरबाट बङ्गालको खाडीबाट आउने हावाले पछाडिबाट धकेलेर हाम्रोमा मनसुन सक्रिय हुन्छ, तर यो सधैँ रहिरहँदैन ।

    अबको एक–दुई वर्षपछि पानी नपर्ने र सुख्खा हुन सक्छ । अथवा कम पानी पर्न सक्छ । दुईदेखि सात वर्षभित्र ‘फेनोमेना’ परिवर्तन हुन सक्छ । अहिले २०१९ देखि सक्रिय ‘फेनोमेना’ एक डेढ वर्ष रहन सक्छ र त्यसपछि बिस्तारै सुख्खापन आउँछ ।

    प्रायः मनसुनको सुरुमा तराईमा बाढी आउँछ तर यो पालि मनसुन सुरु भएलगत्तै त्यसको दुई दिनमा देशभर फैलियो । त्यसपछि अनपेक्षित रूपमा पहाडी भेगमा ठूलो पानी पर्यो, बाढी आयो । तर तराईमा आएन । सुरुमा तराईमा बाढी आउनुपर्ने हो तर यसपालि उल्टो भयो । मौसमी प्रणालीले के देखायो भने यो पालिको वर्षा अचम्म किसिमको छ ।

    मनसुन समयमै भित्रियो । त्यसमा पनि केही ठाउँमा एक सय मिलिमिटरसम्म पानी पर्यो । ५० मिलिमिटरसम्मको वर्षालाई औसत मान्न सकिन्छ । तर एक सय मिलिमिटर पानी पर्नु औसत नभइ धेरै हो र यस्तो बेला बाढी आउँछ ।

    जुन ठाउँमा मौसम पूर्वानुमान गर्ने स्टेशन छैन, त्यहाँ बढी क्षति भएको छ । देशका कुनै ठाउँमा ठूलो पानी पर्ने अनि बाढी आएर क्षति भएको छ । कुनै ठाउँमा सामान्य मात्रै पानी परेको छ, त्यसको खासै असर छैन । यसको कारण जलवायु परिवर्तन र ‘ग्लोबल फेनोमेना’ हो ।

    यसपालि प्रि–मनसुनदेखि नै पानी परिरह्यो । मनसुन सुरु हुनुअघि नै पानी परेर जमिन भिजिसकेको थियो, त्यसपछि थोरै मात्रै पानी पर्दा पनि पहिरो जाने जोखिम बढी हुन्छ । प्रि–मनसुनमा नै धेरै पानी पर्यो, मनसुन समयमै भित्रियो, ग्लोबल फेनामेना र जलवायु परिवर्तनका कारण मनसुनी फेरबदलमा मुख्य काम गरेको छ ।

    मनसुन फेरबदलमा मानवीय कारण भने नगण्य हुन्छ । मानवीय कारण भनेको वातावरण प्रदूषण हो, यसबाट केही असर त गर्छ । मौसमको पूर्वानुमानअनुसार मानवीय व्यवहार परिवर्तन गर्न र सचेत हुन सकिन्छ । अर्को कुरा विद्यालयस्तरमा मनसुन सम्बन्धी पाठ्यक्रम समावेश गरिनुपर्छ ।

    नेपालमा मौसमसम्बन्धी जानकारी र चेतावनी दिने गरिए पनि सम्बन्धित निकाय त्यति सचेत भएको र पूर्वतयारी गरेको देखिँदैन । सरकारले नागरिकका लागि सुरक्षित बस्ती बनाइदिन सक्नुपर्छ । यस्तै आम नागरिकमा अलिकति चासो बढ्नुपर्यो । आफू बसेको ठाउँ कत्तिको सुरक्षित छ, पानी पर्यो भने के होला भन्ने कुरा बुझ्न आवश्यक छ । नागरिक आफैँले बुझेर खोलाको किनारतिर बस्नु भएन ।

    मनसुन झन्डै चार महिनाजति हुन्छ । यो समयमा लगातार पानी परिरहने भने हुँदैन । यसलाई ‘ब्रेकिङ’ मनसुन भनिन्छ । यो फेनोमेनामा हावा एकैतिर रहिरहँदैन ।

    अहिले मौसमसम्बन्धी जानकारी दिने नयाँ नयाँ प्रविधि भित्रिरहेको छ । गणितीय प्रणालीबाट गरिने मौसम पूर्वानुमान बढी प्रभावकारी हुन्छ । अहिले एक–डेढ वर्षयता हामीले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्न सकेका छौँ । अहिले प्रत्येक आधा घण्टामा भूउपग्रहको तस्बिर हेरेर त्यसबाट मौसम कस्तो छ, हावा कताबाट कता गइरहेको छ भन्ने थाहा पाउन सकिन्छ । हिमाल, पहाड र तराईमा अलग–अलग ठाउँको मौसम पूर्वानुमान गर्न सकियो भने अझै प्रभावकारी हुन सक्छ । नेपालमा चट्याङ र हावाहुरीको भविष्यवाणी गर्ने प्रविधि विस्तारको काम पनि भइरहेको छ ।

    यस्तै कुनै नदीमा बाढी आएको छ कि छैन भनेर कोठमै बसेर हेर्न सकिन्छ । त्यसका लागि नदीहरूमा मिटर राखिएको हुन्छ । बाढी आएको बेला ती मिटरले कति बाढी आयो भनेर सङ्केत गर्छ ।

    पहिले–पहिले मौसम पूर्वानुमान गर्न निकै गाह्रो थियो, भूउपग्रहको तस्बिर समयमै हेर्न पाइँदैन थियो । त्यो बेला दिनमा एक पटक भूउपग्रहको तस्बिर आउँथ्यो अनि मौसम छिनछिनमै परिवर्तन हुन्थ्यो, त्यसपछि मौसम पूर्वानुमान गर्न सकिँदैन थियो । त्यो बेला राडारको पनि व्यवस्था थिएन । बिहारतिरको राडार मात्रै हेर्न पाएको भए नेपालको तराई भेगमा कस्तो पानी पर्न सक्छ भनेर अनुमान गर्न सक्थ्यौँ, त्यति पनि थिएन ।

    तर अहिले त्यो अवस्था छैन, यो मौसम पूर्वानुमानको लागि अझै अपुग नै हो । मौसमसम्बन्धी पूर्वानुमान राम्रो हुँदै आइरहेको छ, अझै राम्रो हुँदै जानेछ । अहिले पनि आधा घण्टा र एक–एक घण्टामा मौसमको पूर्वानुमान गर्न सकिएको छ । यो नै राम्रो उपलब्धि हो । भारत, बङ्गलादेश, पाकिस्तानसहित दक्षिण अमेरिकाको पनि मौसम हेर्नुपर्ने हुन्छ, त्यहाँको मौसमले नेपाललाई पनि असर गरेको हुन्छ ।

    हाम्रोमा पानी धेरै परिरहेको छ, क्यानडामा भने सुख्खा छ । त्यस कारण कुनै ठाउँमा एउटा देखिएको फेनोमेनाले अरू ठाउँमा पनि असर गर्छ, यो सबैलाई अध्ययन गर्न सकियो भने मौसमसम्बन्धी पूर्वानुमान अझै राम्रो र प्रभावकारी हुँदै जान्छ । मौसमसम्बन्धी जानकारी लिने गरेमा सुरक्षित हुन त सहयोग गर्छ नै । यसले किसानलाई पनि खेतीपातीको तयारी गर्न मद्दत पुग्छ ।

    (काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक तथा वरिष्ठ मौसमविद् मणिरत्न शाक्यसँगकाे कुराकानीमा आधारित)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑