• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काँग्रेसमा धाँधली :कसरि बाँडिन्छ नेपाली काँग्रेसको क्रियाशील सदस्यता ?

  • वीरगंज संजाल
  • २७ असार २०७८, आईतवार १४:१८
  • ६७१७

    वीरगन्ज । अघिल्लो १३ औँ महाधिवेशनताका काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ मा नेपाली काँग्रेसका पुराना क्रियाशील सदस्यहरू ७५३ जना थिए । यसपालि तीमध्ये ५२६ जनाले मात्रै सदस्यता नवीकरण गरे । काँग्रेसको सर्कुलरअनुसार वडामा जति जना क्रियाशील सदस्य छन्, त्यसको शत प्रतिशत मात्रै नयाँ क्रियाशील सदस्य थप्न पाइन्छ ।

    काठमाडौँ–३२ मा ७५३ जना नयाँ क्रियाशील सदस्य थप्ने कि नवीकरण गरेका आधारमा ५२६ मात्रै थप्ने ? यसको ठोस व्याख्या भएको छैन । तथापि ३२ नम्बर इकाई समितिको बैठक बस्यो र ५ सय जनालाई मात्रै नयाँ क्रियाशील सदस्यताका दिने निर्णय भयो ।

    तर, वडा नम्बर ३२ का सभापति सुवासचन्द्र पराजुलीले इकाई समितिको जानकारीविनै थप ३५० वटा क्रियाशील सदस्यता फारम ल्याएर आफ्ना मानिसलाई वितरण गरेपछि अहिले यो विवाद क्रियाशील सदस्यता छानबिन समितिमा पुगेको छ ।

    ३२ नम्बर वडा इकाई समितिका उपसभापति  मुरारी ढकाल रातोपाटीसँग भन्छन् ‘इकाई समितिलाई थाहै नदिई सभापतिले ३५० फारम बाँड्नुभएछ, तीमध्ये २५२ जनाको नाम सफ्टवेयरमा इन्ट्री भइसकेपछि बल्ल हामीले थाहा पायौँ र पशुपति धर्मशालामै पुगेर छानबिन समितिमा उजुरी दर्ता गराएका छौँ ।’

    उपसभापति ढकालका अनुसार इकाई समितिको निर्णयविपरीत बाँडिएका ती फारामहरूमा इकाई समिति सभापति सुवास पराजुलीको हस्ताक्षर छ तर, क्षेत्रीय सभापतिको हस्ताक्षर छैन । तैपनि केन्द्रीय सर्भरमा उनीहरूको नाम भने प्रकाशित भइसकेको छ ।’

    ​काठमाडौँ ३२ नम्बर वडामा भएको क्रियाशील सदस्यता वितरणसम्बन्धी धाँधलीबारे स्थानीय वडाका नेताहरूले रामचन्द्र पौडेल र शेरबहादुर देउवासम्म कुरा पुर्‍याइसकेका छन् ।

    उनीहरूले छानबिन समितिमा पनि पटक– पटक ताकेता गरेका छन् । तैपनि आफ्नो माग सुनुवाइ नभएको इकाई समितिका उपसभापति ढकाल बताउँछन् । उनी भन्छन्, ‘छानबिन समितिका प्रदीप पौडेलले कारबाही गर्छौँ भन्नुभयो, तर अहिलेसम्म गर्नुभएन । विधान एकातिर छ, व्यवहार अर्कैतिर भयो ।’

    कसरी बाँडिन्छ क्रियाशील सदस्यता ?

    नेपाली काँग्रेसको क्रियाशील सदस्यता फारम चार पृष्ठ लामो छ । क्रियाशील सदस्यता दिनका लागि गाउँपालिका वडा समिति वा नगरपालिका वडा इकाई समितिले माइन्युटमा औपचारिक निर्णय गर्नुपर्छ ।

    यसरी निर्णयानुसार भरिएको चार पन्ने क्रियाशील सदस्यता फारम वडा समितिहरूले  माइन्युटको फोटोकपी र इकाई सभापतिको हस्ताक्षरसहित गाउँपालिका कार्यसमिति वा नगर कार्य समितिमा पठाउनुपर्छ ।

    ‘उपरोक्त विवरण ठिक साँचो हो, आवेदक नेपाली काँग्रेसको क्रियाशील सदस्य बन्न योग्य भएकाले प्रस्ताव गर्दछु’ भन्ने व्यहोरामा गाउँ÷नगरपालिका वडा कार्यसमितिको सभापतिले हस्ताक्षर गर्नुपर्दछ ।

    वडा इकाई समितिको निर्णय एवं इकाई सभापतिको हस्ताक्षरसहित प्राप्त भएको सदस्यता नामावलीलाई गाउँ÷नगर समितिले  औपचारिक बैठकबाट निर्णय गरेर प्रदेश सभा क्षेत्रीय कार्य समितिमा पठाउँछ ।

    ‘गाउँ/नगर कार्यसमितिको बैठकले सदस्यता प्रदान गर्ने निर्णय गरेको हुँदा सिफारिस गरिएको छ’ भन्दै गाउँ÷नगर कार्यसमितिका सभापतिले हरेक फारममा हस्ताक्षर गरेर प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा पठाउनुपर्छ ।

    गाउँ÷नगर समितिबाट प्राप्त ती नामावलीमाथि प्रदेश सभा क्षेत्रीय कार्यसमितिको बैठकमा छलफल हुन्छ र माइन्युट गरिन्छ । सो माइन्युटका आधारमा प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापतिले हरेक फारममा हस्ताक्षर गर्नुपर्दछ ।

    ‘प्रदेशसभा कार्यसमितिको बैठकले सदस्यता वितरण गर्न योग्य ठानेको हुनाले क्रियाशील सदस्यता वितरणका लागि सिफारिस गर्दछु’ भनेर फारममा प्रदेश सभा कार्यसमितिमा सभापतिले हस्ताक्षर गरी सङ्घीय निर्वाचन क्षेत्रीय समितिमा पठाउने प्रावधान नेपाली काँग्रेसको विधानमा छ ।

    इकाई समितिबाट गाउँ÷नगर र क्षेत्रीय समिति हुँदै विधिवत् रूपमा आएका सदस्यता फारमहरूमाथि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले जाँचबुझ गर्छ र काँग्रेसको क्रियाशील सदस्यता दिने निर्णय गर्दछ ।

    निर्वाचन क्षेत्रीय कार्य समितिले दुईवटा काम गर्छ । एक– सदस्य दिने निर्णय भएका नयाँ क्रियाशील सदस्यहरूको डाटा केन्द्रीय सफ्टवेयरमा इन्ट्री गर्दछ । दुई–  ती कागजातहरू जिल्ला कार्यसमितिमा पठाउँछ । र, जिल्ला कार्यसमितिले ती डकुमेन्टहरू आवश्यक निर्णय गरी केन्द्रीय कार्यालयमा पठाउँछ ।

    प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले सदस्यता दिने निर्णय गरेको चार पन्ने फारमको अन्त्यमा केन्द्रीय सभापति र महामन्त्रीको हस्ताक्षर अनिवार्य छ ।

    ‘फलानालाई नेपाली काँग्रेसको विधान २०१७ ( संशोधनसहित) को धारा २५(१५), धारा २७ (११) अनुसार क्रियाशील सदस्यता दिन उपयुक्त देखिएकाले स्वीकृति प्रदान गरिन्छ’ भन्ने व्यहोरामा केन्द्रीय सभापति र महामन्त्रीको हस्ताक्षर र मितिसहित केन्द्रीय कार्यालयको छाप लागेपछि क्रियाशील सदस्यताको प्रक्रिया पूरा हुन्छ ।

    क्रियाशील सदस्यता फारम भर्ने व्यक्तिले विभिन्न २० वटा प्रतिबद्धतामा हस्ताक्षर गर्नुपर्दछ ।

    क्रियाशील सदस्य बन्न चाहने व्यक्तिको नाम सम्बन्धित वडाको मतदाता नामावलीमा अनिवार्य रूपमा हुनै पर्छ । अर्को क्षेत्रका मतदाता अन्यत्र क्षेत्रमा क्रियाशील सदस्य बन्न पाउँदैन ।

    जस्तै– बाहिरी जिल्लामा मतदाता नामावली भएको व्यक्तिले काठमाडौँको कुनै वडाबाट क्रियाशील सदस्य बन्न पाउँदैन ।

    तर, काठमाडौँ ३२ नम्बर वडामा मतदाता नामावलीमा नामै नभएका व्यक्तिलाई समेत इकाई सभापति सुवासचन्द्र पराजुलीले सदस्यता वितरण गरेको स्थानीय काँग्रेस नेताहरूको गुनासो छ ।

     

    आगामी स्थानीय चुनावमा काठमाडौँ महानगरपालिकाको वडाध्यक्षका दाबेदार रहेका पराजुलीले शेरबहादुर देउवानिकट क्षेत्रीय सभापति उपेन्द्र कार्कीसँग मिलेर सदस्यता वितरणमा धाँधली गरेको गुनासो इकाई समितिका सदस्यहरूको छ ।

    देशैभरि धाँधली

    आफ्नो गुटका मानिसलाई विधान मिचेर क्रियाशील सदस्यता दिने अनि आगामी महाधिवेशनमा बहुमत जुटाउने उद्देश्यले नेपाली काँग्रेसभित्र सदस्यता वितरणमा देशैभरि धाँधली भइरहेको काँग्रेसजनको गुनासो छ ।

    काठमाडौँ ३२ कै स्थानीयसमेत रहेकी काँग्रेस नेतृ माधवी भट्ट भन्छिन्, ‘हाम्रो वडाको यो विवाद त एउटा प्रतिनिधि घटना मात्रै हो, देशैभरि सदस्यता वितरणमा यसै गरी धाँधली भइरहेको छ ।’

    फारम नम्बर ००२४२१०५

    उदाहरणका लागि फेरि काठमाडौँ ३२ मै फर्कौँ ।

    काभ्रे जिल्ला स्थायी घर भई काठमाडौँ ३२ मा बस्ने गौतम थरका व्यापारीले नयाँ क्रियाशील सदस्यताका लागि ००२४२१०५ नम्बरको फारम भरे । प्रवीणता प्रमाणपत्र तहसम्म पढेका उनले राम्रो ‘आर्थिक स्थिति भएको’ फारममा उल्लेख गरेका छन् ।

    गौतमले भरेको फारममा उनी काँग्रेसको कुनै भातृ सङ्गठन वा शुभेच्छुक संस्थामा काम गरेको उल्लेख छैन । तर, उनले ‘सामाजिक सेवामा सक्रिय सहभागिता भई समाज सेवा गरेको’ विवरण भरेका छन् ।

    काँग्रेसलाई जिताउन भूमिका खेलेको वा यसअघि अन्य पार्टीमा काम गरेको विवरण पनि खाली छ । र, ‘प्रत्येक निर्वाचनमा सक्रिय सहभागिता प्रदान गरेको’ भन्ने व्यहोरा उल्लेख छ ।

    गौतमको सदस्यता फारममा इकाई सभापति सुवासचन्द्र पराजुलीको हस्ताक्षर छ । तर, गापा/नपा कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति वा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, कुनै समितिका सभापतिको हस्ताक्षर छैन ।

    तैपनि उनको नाम नेपाली काँग्रेसको केन्द्रीय सर्भरमा इन्ट्री भई क्रियाशील सदस्यताको नामावलीमा प्रकाशितसमेत भइसकेको  नगर इकाई समितिका सदस्य अयजकुमार उपाध्यायले जानकारी दिए ।

    काठमाडौँ ३२ नम्बर वडा इकाई समितिका सचिव राजनप्रसाद पराजुलीले रातोपाटीलाई दिएको जानकारी अनुसार काठमाडौँ ३२ मा यस्ता अनधिकृत फारमहरू २५२ वटा फेला परिसकेका छन् । र, अरू पनि फारमहरूको खोजी भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑