• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महन्थ ठाकुरको निर्देशनमा दुई पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

  • वीरगंज संजाल
  • २७ असार २०७८, आईतवार १४:००
  • २०७३

    वीरगन्ज । जनता समाजवादी पार्टीका नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा दुई पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।
    उनले आजै निर्वाचन आयोगमा सो पार्टी दर्ताका लागि निवेदन दिन लगाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार ज्ञानेन्द्र झाको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अजय झाको अध्यक्षतामा संघीय समाजवादी फोरम नेपाल दर्ताका लागि निवेदन दिइएको हो।

    यसअघि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल हरिनारायण यादवको अध्यक्षतामा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन लगाएका थिए ।

    पार्टीको आधिकारिताबारे विवाद निर्वाचन आयोगमा चलिरहेको बेला दुवै पक्षले एक अर्काको पुरानो पार्टी दर्ता गराउन थालेका हुन् । संघीय समाजवादी फोरम नेपाल उपेन्द्र यादव नेतृत्वको पुरानो पार्टी हो । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नयाँ पार्टी हो ।

    मधेशी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी बीच एकीकरण भइ संघीय समाजवादी फोरम नेपाल बनेको थियो । पछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति बीच एकीकरण भएर समाजवादी पार्टी बनेको थियो । सोही समाजवादी पार्टी र राजपाबीच एकीकरण भएर जसपा बनेको हो ।

    यी दुवै पार्टी दर्ता गराएर राख्ने तयारी महन्थ ठाकुरको रहेको छ । यसको जिम्मेवारी सर्वेन्द्रनाथ शुक्ला र चन्दा चौधरीलाई दिएको जसपा स्रोतले जानकारी दिएको छ । यसअघि शुक्ला र चौधरीले पुरानो राजपा दर्ता गराउने तयारी गरिरहेका थिए । तर एकाएक उपेन्द्रको निर्देशनमा हरिनारायण आयोग पुगेका थिए ।

    ज्ञानेन्द्र झा र अजय झा महन्थ ठाकुरका आफन्त हुन् । अजय झा भन्छन्, ‘महन्थ ठाकुरसँग नाम जोड्नु गलत हो, हामीले दर्ता गराउन लागेको पार्टीसँग महन्थ ठाकुरको कुनै साइनो छैन ।’ आफू जसपा नेपालमा भएपनि धेरै पहिलादेखि निश्कृय रहेको भन्दै उनले अहिले युवाहरु मिलेर छुट्टै पार्टी दर्ता गराउन लागेको बताए ।

    उनले भने, ‘यो पार्टीमा हामीले १६ वर्षदेखि ४० वर्षको युवालाई मात्र समेट्छौंँ, यो पार्टीले युवाका लागि मात्र काम गर्नेछ ।’

    यसैबीच निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताका लागि निवेदन आउँदैछ भनि जानकारी आएको तर दर्ता भए-नभएबारे भने बुझेर एक डेढ घण्टापछि मात्र भन्न सकिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑