• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सातै प्रदेशमा हालसम्म खोप लगाउनेको संख्या २६ लाख ११ हजार पुग्यो

  • वीरगंज संजाल
  • २७ असार २०७८, आईतवार ०६:१५
  • १७६५

    वीरगन्ज । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दीसँगै पछिल्लो समय विश्वव्यापी रूपमै कोरानाविरुद्धको सुई लगाउने अभियान निरन्तर छ । समृद्ध राष्ट्रय आप्mना नागरिकलाई कोरोनाविरुद्धको तेस्रो चरणसम्मको सुई लगाइसकेका छन् । कारण, उनीहरू आफैं सुई उत्पादन गर्छन् ।  तर, नेपालजस्ता अल्पविकसित मुलुकका लागि खोप खरिद गर्नुपर्ने बाध्यता छँदै छ ।

    कतिपय खोप उत्पादक धनी मुलुकले सुरुमा कोरोनाविरुद्धको खोप बाह्य मुलुक बेच्ने निर्णय गरे पनि आफैं कोरोना महामारीको चपेटामा परेपछि त्यसलाई बन्द गरिदिए । यसको उदाहरणका रूपमा अमेरिका, बेलायत, अस्ट्रेलिया, भारत, चीनलगायतका मुलुक छन् । उनीहरूले पहिलो प्राथमिकता आफ्नै मुलुकका नागरिकलाई दिएपछि गरिब मुलुकका नागरिक अहिलेसम्म खोप लगाउनबाट वञ्चित भइरहेका छन् । भारतले खोप निर्यात बन्द गरिसकेको छ ।

    नेपालले पनि सुरुमा भारतसँग २० लाख डोज खरिदका लागि रकम भुक्तानी दिइसके पनि जम्मा १० लाख डोज मात्र पाएको छ । बाँकी डोजका लागि नेपालले निरन्तर पहल गरिरहे पनि अहिलेसम्म दिएको छैन । भारतले कोरोनाविरुद्धको खोप नदिएपछि नेपालले अर्को छिमेकी चीनबाट सहयोग तथा किनेरै भए पनि ल्याइरहेको छ । चीनले नेपाललाई सहयोगस्वरुप यसअघि खोप उपलब्ध गराइसकेको छ भने नेपालले ४० लाख डोज खरिद गर्दै छ ।

    सात समुद्रपारिको मित्रदेश अमेरिकाले नेपाललाई थप १५ लाख डोज खोप दिने घोषणा गरिसकेको छ । सरकारले सुरु गरेको कोरानाविरुद्धको खोप अभियानमा कोभिसिल्ड र भेरोसेल खोप सबैभन्दा धेरै लागउनेमा बागमती प्रदेश अगाडि रहेको स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांकले देखाएको छ ।  कम खोप लगाउने जनसंख्यामा कर्णाली प्रदेश रहेको मन्त्रालयको तथ्यांक छ ।

    मन्त्रालयका अनुसार बागमती प्रदेशमा ४ लाख २१ हजार ४८२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन् भने कर्णाली प्रदेशमा १ लाख ७३ सय २८ जनाले कोभिसिल्डको पहिलो मात्रा लिएका छन् । बागमती प्रदेशमा चार लाख ७० हजार ६०४ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् भने कर्णली प्रदेशमा २३ हजार ९ जनाले भेरोसेल खोपका पहिलो मात्रा लिएका छन् ।

    कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत सातै प्रदेशमा २६ लाख ११ हजार ८०७ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको मन्त्रालयको तथ्यांक छ । यसमध्ये ९ लाख ३३ हजार ८६८ जनाले कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् ।

    मन्त्रालयका अनुसार सातै प्रदेशमा १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो खोप लिएका छन् । यसमध्ये ४ लाख ६ हजार ३६ जनाले मात्र कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छन् । त्यस्तै, भेरोसेल खोपको पहिलो मात्रा लगाएका सात लाख ८७ हजार ३२३ मध्ये ४७ लाख ३१ हजार १३४ जनाले दोस्रो मात्रा पाएका छन् ।

    यस्तो छ, प्रदेशगत खोप लगाउनेको संख्या

    स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ३ लाख ७१ हजार ८६ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन् । पहिलो मात्रा खोप लगाएकामध्ये ५२ हजार ८५५ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् । २ लाख ५४ हजार ३३१ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

    प्रदेश २ मा ३ लाख २० हजार ५३२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएकामध्ये ४६ हजार १५८ जनाले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् । साथै, २ लाख ७४ हजार ३७४ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

    बागमती प्रदेशमा ४ लाख २१ हजार ४८२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका छन् । यसमा १ लाख ६० हजार ४९५ जनाले दोस्रो मात्रा लगाएका छन् भने २ लाख ६० हजार ९८७ जनाले दोस्रो मात्रा लगाएका छैनन् ।

    गण्डकी प्रदेशमा १ लाख ८७ हजार ९७४ जनाले पहिलो मात्रा लगाएका छन् भने ४९ हजार ६११ जनाले मात्रै कोभिसिल्डको दोस्रो मात्रा लगाएका छन् । १ लाख ३८ हजार ३६३ जनाले दोस्रो मात्रा लगाएका छैनन् ।

    मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा २ लाख ७८ हजार ४७६ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएकामध्ये ८४ हजार १६३ जनाले मात्र दोस्रो मात्रा पाएका छन् । त्यस्तै, १ लाख ९४ हजार ३१३ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

    कर्णाली प्रदेशमा १ लाख ७३ सय २८ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका छन् । यसमा २८ हजार ८४८ जनाले मात्रै दोस्रो मात्रा लगाउन पाएका छन् । ७८ हजार ४८० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

    सुदूरपश्चिम प्रदेशमा २ लाख ५५ हजार ६ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएकामध्ये ३७ हजार ९०६ जनाले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् । १ लाख ६७ हजार ६ सय जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

    मन्त्रालयका अनुसार प्रदेश १ मा ७० हजार २६३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएकामध्ये १९ हजार ४५४ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् । यसमध्ये ५० हजार ८०९ जनाले दोस्रो मात्रा लगाउन बाँकी छ ।

    प्रदेश २ मा ७२ हजार ९८५ जनाले पहिलो मात्रा लगाएका छन् । त्यसमध्ये ६ हजार ९८४ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् भने ६६ हजार १ जनाले दोस्रो मात्रा पाएका छैनन् ।

    बागमती प्रदेशमा ४ लाख ७० हजार ६०४ जनाले पहिलो मात्रा लगाएका छन् । यसमध्ये ३ लाख ८५ हजार ३०५ जनाले दोस्रो मात्रा लगाएका छन् भने ८५ हजार २९९ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन बाँकी छ ।

    त्यस्तै, गण्डकी प्रदेशमा ३१ हजार ९० जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । यसमा ६४ सय १ जनाले मात्रै दोस्रो मात्रा लगाएका छन् भने २४ हजार ६८९ जना दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

    लुम्बिनी प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका ७३ हजार ८८४ मध्ये ३४ हजार ४६४ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् । ३९ हजार ४२० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

    कर्णाली प्रशेमा २३ हजार ९ जनाले भेरोसेल खोपका पहिलो मात्रा लगाएका छन् । यसमध्ये २ हजार ३६ जनाले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् । बाँकी २० हजार ९७३ जनाले दोस्रो मात्रा पाएका छैनन् ।

    सुदूरपश्चिम प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका ४१ हजार ४८८ मध्ये १८ हजार ४९० जनाले मात्र दोस्रो मात्रा लिन पाएका छन् । बाँकी २२ हजार ९९८ जना दोस्रो दोस्रो मात्रा लगाउन वञ्चित छन् ।

    चीनबाट आइपुग्यो ८ लाख बढी खोप 

    सरकारले उत्तरी छिमेकी चीनसँग खरिद गरेको ८ लाख ९ हजार ६ सय मात्रा कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चीनबाट नेपाल सरकारले खरिद गरेको खोपमध्ये पहिलो चरणमा ८ लाखभन्दा बढी खोप आएको जानकारी दिए ।

    चीनको राजधानी बेइजिङबाट खोप लिएर नेपाल एयरलायन्सको विमान शुक्रबार बिहान साढे ६ बजे काठमाडौं अवतरण गरेको थियो । उक्त खोप टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ५५ वर्ष उमेर समूहकालाई लगाउने तयारी छ । चीनसँग नेपालले ४० लाख मात्रा भेरोसेल खोप खरिद गरेको हो ।

    परिवार कल्याण कहाशाखा, खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले उक्त खोप छिट्टै सबै प्रदेश तथा जिल्लामा पठाइने बताए । राष्ट्रिय खोप कार्यान्वयन योजनाअनुसार नै खोप लगाइने जानकारी दिँदै अब दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने उनको भनाइ छ ।

    सरकारले ५५ देखि ६० वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप दिने तयारी गरेको छ । यसअघि काठमाडौं उपत्यकामा ६० वर्षभन्दा माथि र उपत्यकाबाहिर ६२ वर्षभन्दा माथिका उमेर समूहलाई खोप लगाइएको थियो ।  सरकारले ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पनि अबको खोपको प्राथमिकतामा पर्नेछन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ३३ लाख ७१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यसमध्ये पहिलो मात्रा २६ लाख ११ हजार ८०७ र दोस्रो मात्रा ७ हजार ५९ हजार ९५४ जनाले लगाएका छन् ।

    अमेरिकाले दिने भो १५ लाख खोप, एक पटक लगाए पुग्ने

    अमेरिकाले नेपाललाई १५ लाख डोज खोप निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयका कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एन्ड जोन्सन कम्पनीको खोप सोमबार आइपुग्नेछ । जोन्सनको ‘जोन्सन एडी २६ सीओभी २’ एक मात्रा लगाए पुग्ने खोप हो । जोन्सन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउनेछ ।

    विश्व स्वास्थ्य संगठनको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घन्टासम्म मात्र राख्नुपर्छ । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑