• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रेस काउन्सिललाई अझ बढी स्वायत्त, स्वतन्त्र र निष्पक्ष बनाउनुपर्नेमा जोड

  • वीरगंज संजाल
  • २६ असार २०७८, शनिबार २३:०१
  • १८६९

    वीरगन्ज । प्रेस काउन्सिल नेपाललाई अझ बढी स्वायत्त, स्वतन्त्र, निष्पक्ष, तटस्थ र सक्षम बनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।प्रेस काउन्सिल नेपालद्वारा काठमाडौँको बुढानिलकण्ठमा आज आयोजित “प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिलको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउन पत्रकार लाइसेन्सको व्यवस्था हुनुपर्ने र त्यसका लागि काउन्सिलले पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

    सो अवसरमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले प्रेस स्वतन्त्रताको ग्यारेन्टी कानूनले गर्ने भएकाले कानून निर्माण प्रक्रियामा नै काउन्सिल सचेत हुनुपर्ने बताए ।महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले काउन्सिलको कार्यक्षेत्र आचारसंहिता अनुगमन भएको र सोही विषयमा काउन्सिल केन्द्रित हुनुपर्ने सुझाव दिए। प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जालको नियमन गर्दा काउन्सिलले थप अध्ययन गर्नुपर्नेमा जोड दिए ।छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले व्यक्तिगत सञ्चार र जिम्मेवार सञ्चारबीचको भेद छुट्याउनुपर्ने बताउँदै जो पनि पत्रकार हुने स्थितिले पत्रकारिता क्षेत्रको विश्वसनियतामा कमी आएको छ भने ।

    वरिष्ठ पत्रकार तीर्थ कोइरालाले नेताले त बोलिहाल्छन् नि भनेजस्तो पत्रकारले त लेखिहाल्छन् भन्ने अवस्था आउनु दुःखद भएको बताउँदै काउन्सिल पत्रपत्रिका वर्गीकरणको कामबाट अलगिनुपर्ने धारणा व्यक्त गरे ।महासङ्घका पूर्वमहासचिव उजिर मगरले प्रदेश सरकारले नयाँ नीति ल्याएर नियमनकारी निकाय गठन गरेकाले काउन्सिलको भूमिकामाथि चुनौती थपिएको बताए । वरिष्ठ पत्रकार बबिता बस्नेतले काउन्सिलको स्वायत्ततामा प्रश्नचिन्ह उठेको भन्दै व्यक्तिको सामाजिक सञ्जालमाथिको निगरानीमा काउन्सिलले हात हाल्न नहुने बताए ।

    प्रेस मञ्चका अध्यक्ष केशव अर्यालले प्रेस काउन्सिलको स्वायत्तताका विषयमा समिक्षा गर्नुपर्ने भन्दै काउन्सिलमाथि सरकारको प्रत्यक्ष हस्तक्षेप देखिन नहुनेमा जोड दिए । सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले भावनात्मक विषय र व्यवसायिक आचारसंहितालाई नियम तथा कार्यविधीमा कसरी संरचनाभित्र ल्याउने भन्ने विषयमा छलफल आवश्यक रहेको बताए ।यसैगरी लोकान्तर डटकमका प्रधान सम्पादक बिमल गौतमले प्रेस काउन्सिल मिडियाको वाच डग भएकाले उजुरी पर्दैमा काउन्सिलले पत्र काटिहाल्न नहुने बताउँदै कतिपय उजुरी परेका विषयमा काउन्सिल स्वतन्त्र अनुगमन नगरेको गुनासो गरे ।

    वरिष्ठ पत्रकार टङ्क पन्तले काउन्सिलले स्वतन्त्र रुपमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले पत्रपत्रिका वर्गीकरणलगायत काममा काउन्सिल विवादित बनेको भन्दै नयाँ नेतृत्वले विवाद चिरेर काम गर्नुपर्ने बताए ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले एउटा मोबाइलले सिङ्गो पत्रकारिता क्षेत्रमा चुनौती थपिएको भन्दै काउन्सिलको कार्यक्षेत्र, भूमिकालगायतका विषयमा सरोकारवालासंग निरन्तर छलफल गरिने बताए । रचनात्मक आलोचनाले काउन्सिलको स्वायत्ततालाई जोगाउने भन्दै उनले सबै क्षेत्रबाट सुझाव आवश्यक रहेको बताए ।

    कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बल, काउन्सिलका सदस्य ठाकुरप्रसाद बेलबासे, महासङ्घका उपाध्यक्ष बाला अधिकारी, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, काउन्सिलका सदस्यहरु हरिप्रसाद जोशी, दीपक पाण्डे र गणेशप्रसाद पोखरेल, अधिवक्ता अनन्तराज लुइँटेल, विज्ञापन बोर्डका सदस्य बलराम थापा, चेतन अधिकारीलगायतको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑