• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एमाले जेठ २ मा फर्कने सहमति, अदालतको हस्ताक्षरबारे साझा भाषा खोजिँदै

  • वीरगंज संजाल
  • २६ असार २०७८, शनिबार ०३:०६
  • २८६१

    वीरगन्ज । निकै लामो रस्साकस्सीपछि अन्ततः नेकपा एमालेभित्रको संकट टार्न गठन गरिएको एकता कार्यदलले एमालेको एकता जोगाउने बटमलाइन भनिएको पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने विषयमा सहमति जुटाएको छ।पहिले सक्रिय भएर डेढ महिना अघि बिथोलिएको र यही साता पुनः सक्रिय बनाइएको कार्यदलले शुक्रबार करिब ८ घण्टा लामो बैठकपछि यो सहमति जुटाएको नेताहरुले बताएका छन्।सिंहदरबारमा आठ घण्टा चलेको बैठकपछि बाहिरिएका नेताहरुले सहमति जुटेको र त्यसमा केही भाषागत विषय मिलाउनुपर्ने भएकाले सहमतिलाई शनिबार अन्तिम रुप दिएर सार्वजनिक गरिने बताएका छन्।

    बैठकपछि कार्यदलका सदस्य एवं एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेको, सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन र केही भाषिक परिमार्जन लगायतका लागि फेरि केहीबेर बस्नुपर्ने भएकाले शनिबारसम्मका लागि बैठक स्थगित गरिएको बताए। उनले जति पनि प्रश्न छन्, तिनलाई सहमतिको विन्दुमा ल्याइपुर्‍याएकोसमेत उल्लेख गरेका थिए। कार्यदलका अर्का सदस्य गोकर्ण विष्टले एकाध विषय मात्र टुंगिन बाँकी रहेको, ती विषय पनि शनिबार टुंगिने बताएका थिए। एमालेको अवश्यंभावीजस्तै बनिसकेको फुटलाई टार्नेगरी आखिर कार्यदलले के चाहिँ महत्वपूर्ण सहमति गर्‍यो त? अनि भाषा मिलाउनुपर्ने विषय के बाँकी रह्यो?

    हामीले शुक्रबार राति कार्यदलका एक सदस्यलाई यो प्रश्न सोध्यौं। उनले सबभन्दा महत्वपूर्ण दुई अजेण्डा बनेका एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागदाबीसहित सर्वोच्चमा दायर रिटमा समावेश एमाले सांसदका हस्ताक्षर फिर्ताबारे महत्वपूर्ण सहमति भएको बताए।
    ‘पार्टीलाई २०७५ जेठ २ मा फर्काउनेबारे सहमति भइसक्यो, त्यसमा कुनै दुविधा छैन’, उनले भने, ‘रह्यो कुरा सर्वोच्चमा बुझाइएको हस्ताक्षरबारे। त्यसमा केही साझा भाषा खोज्नुपर्ने भएकाले मात्र सहमतिलाई अन्तिम रुप दिन शनिबारसम्म लाग्ने भएको हो।’

    उनले बताएअनुसार जेठ २ मा फर्कंदा के गर्ने भन्नेमा पनि सहमति जुटेको छ। ‘तत्कालीन माओवादीसँग एकीकरण हुनुअघि एमालेको केन्द्रीय कमिटीमा थपिएका र अहिले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुको हकमा अब जेठ २ को अवस्थाको केन्द्रीय कमिटी बैठक पहिले बस्छ र त्यसले प्रक्रिया पुर्‍याएर आवश्यक निर्णय गर्छ’, उनले भने।एमाले पंक्तिमा एउटा संशय भने कायमै छ। कार्यदलले पूर्ण सहमति गरे पनि त्यसलाई शीर्षनेता अर्थात् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले स्वीकार्लान् त? कार्यदलले कतिपय विषय शीर्षनेता बसेर मिलाउनेगरी पनि छाडेको छ। शक्ति बाँडफाँटको विषयलाई त्यसकै कडी मानिएको छ। तर, मुलभूत विषय भने शीर्षनेताको सहमतिमै टुंग्याइएको ती सदस्यले दाबी गरे। उनले भने, ‘हामीले शीर्ष नेताहरुलाई बैठकबाट ब्रिफिंग गर्दै यो सहमति पहिल्याएका हौं।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑