• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देउवामाथि दबाब बढ्दो, इतर पक्षमा एकता असम्भव

  • वीरगंज संजाल
  • २५ असार २०७८, शुक्रबार २३:४६
  • १९५३

    वीरगन्ज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवामाथि दबाब बढ्दो छ । सभापति देउवाले नेतृत्व गरेको संस्थापनइतर समूहले यो दबाबको सिर्जना गरिरहेको छ । केही दिनयतादेखि देउवा इतर पक्षका काँग्रेस नेताहरु सभापतिको साझा उम्मेदवार बनाउने काममा लागेका छन् । यस विषयमा छलफल प्रारम्भ गरेको सो समूहले जनाएको छ । अघिल्लो हप्ता नेपाली काँग्रेसका नेतात्रय विपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधिका पुत्रत्रय क्रमशः सशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले आइब्रेक गरेका थिए ।

    यसअघि लगभग देउवाकै क्याम्पमा रहेका नेताद्धय कोइराला र निधिले औपचारिक रुपमै देउवा क्याम्प छोडेर आफै सभापतिको उम्मेदबार बन्ने सन्देश दिएका थिए । उनीहरुले अहिलेको अवस्थामा को सभापतिको उमेदबार बन्ने भन्ने कुरा त बाहिर भनेका छैनन् तर पनि यसै विषयमा यी तिनै नेताका निवासमा दिवा खाना भने पालैपालो गरिसकेका छन् । उनीहरुले आसन्न महाधिवेशनमा कम्तीमा देउवा क्याम्पमा भने आफूहरु नरहेका बताएका छन् । यद्यपि, यी तीनमध्ये कुनै एक सभापति उठ्दैछन् या तीनैजना अलग अलग नै सभापतिको उम्मेदबार हुन लागेका हुन् भन्ने बारेमा भने केही बताएका छैनन् । त्यसैले पनि उनीहरुको पालैपालोको दिवा खानापछि यो रणनीति बाहिर आएको छैन ।

    यही मेलोमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यो अभियान थालेका छन् । उनले आफ्नो निवासमा नगरे पनि कतै आफू पक्षका नेता बोलाएर फेरि आफूलाई एक पटकका लागि सभापतिमा उठ्न दिन भनेका छन् । तर यसपालि उनलाई देउवाइतर पक्षबाट यो अवसर मिल्नै देखिँदैन किनभने उनले बोलाका बैठकमा खासै प्रभावकारी नेता पुगेका थिएनन् ।  यता शुक्रबार बत्तिसपुतलीथित अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर समुहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल थालेको बुझिएको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखि नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले सबैको साझा उम्मेदवार बनाउने प्रयत्नको प्रयास थालिएको हो ।

    नेता केसीले पार्टी भित्र संस्थापन र संस्थापनइतर भनेर चिनिएका साथीहरु बीचमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर हामी जो लड्छौँ एकजना लड्छौँ र एकजनाको स्थिति निर्माण गर्नुपर्छ भन्ने विषयमा छलफल भएको बताए पनि अवस्था भने त्यति सजिलो देखिँदैन । किनभने अघि माथि नाम लिइएका नेतात्रयको अवस्था पनि एकै ठाउँमा रहने अझै देखिएको छैन ।बिमलेन्द्रको विद्रोह शैलीको महत्वाकांक्षा या अडानले पनि यो कुराको संकेत गर्दछ । यी तीन भाई जसरी आफ्ना अडानहरु अघि सार्दैछन् त्यसबाट पनि उनीहरुमध्ये दुईले एकलाई सहजै र सजिलै छोड्लान भन्ने पनि देखिँदैन । त्यसैमाथि रामचन्द्रले आफू सभापति बन्ने इच्छा नै पूरा नभएकोले त्यसका लागि यसैहप्ता गरेको याचनाको मापन पनि एकातर्फबाट भइ नै रहेको पनि देखिएको छ ।

    नेता केसीले क्रियाशिल सदस्यतामा देखिएको आन्तरिक विवाद, राष्ट्रिय परिस्थिति र समसामयिक राजनीको विषयमा सर्वोच्च अदालतबाट आउने फैसलापछिको परिदृश्यको सम्बन्धमा पनि शुक्रबार छलफल भएको बताए पनि सभापतिको उम्मेदबारका बारेमा भने एकमत हुन नसकेको बताए । यसै बैठकपछि नेतृ सुजाता कोईरालाले पनि संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारको विषयमा कुनै विवाद नभएको बताइन् । आफूहरु एक भएर अघि बढ्ने भने उनको पनि भनाई थियो । आफूहरुको बिचमा कुनै विवाद नभएको उनको दाबी छ । उनले हामी भन्नाले कोइराला परिवारलाई भनेको अनुमान धेरैको छ ।

    कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै संस्थापन र संस्थापनइतर पक्षका नेताहरुले आ–आफ्नो भेलालाई निरन्तरता दिईरहेका छन् । कांग्रेसमा आधादर्जन बढी नेताहरुले सभापतिको आकांक्षा देखाएका छन् ।त्यसैले पनि यतिखेर सभापति देउवामाथि दबाब बढ्दो देखिएकै छ । उनी बिरुद्धको मोर्चाको खाता उनकै शुरुदेखिका सहयात्री निधिले खोलिदिएपछि देउवा इतर पक्षलाई सजिलो हुनु स्वाभाविकै हो । तर देउवा भने आफूलाई त्यस्तो असहज फिल नहुने बताउँछन् । आफू अर्काे एक पटक अर्थात् आगामी महाधिवेशनमा सभापतिमा जित्छु भन्ने ढुक्क देउवालाई छ ।

    देउवा निकट एक नेता भन्छन् यदि अहिले भनिएजति अर्थात् झण्डै दर्जनको संख्याका नेताहरु नै सभापतिमा उठेभने त देउवालाई सहज हुनसक्छ तर त्यसो हुन सकेन भने अर्थात् शुक्रबारबाट शुरु भएको देउवा इतरकै एकजनामात्र नेता सभापतिका उम्मेदबार हुने हो भने त यसले उनको पल्ला नथेग्न पनि सक्छ । वास्तवमा यो उनको आँकलनकै पछि लागेका छन् अहिले देउवा । सभापति देउवाको अनुमान के छ भने यदि आफ्ना विरुद्धमा सबैजना एक भए भने त उनले पनि निर्वाचनको गतिलै रणनीतिको सहारा लिनुपर्ने पनि हुनसक्छ ।

    त्यसैले आगामी केही दिन देउवा र उनको समूहलाई पर्ख र हेरको अवस्था हुनसक्छ । आफू लडाइँमा जानुअघि नै अर्काे पक्ष कत्तिको दलबलका साथ मैदानमा ओर्लिन्छ भन्ने कुराको निक्र्यौल अहिले नै गरेर भिड्न तम्सिने तयारीमा दुवै पक्ष छन् । तर यति हुदाहुदै पनि देउवामाथिको दबाब भने दिनदिनै गह्रौँ बन्दै गएको देखिएको छ । उनले पौडेल अर्थात् कोइराला पक्षका बाहेकका अरु आफ्ना प्रतिद्धन्द्धी नै देखेका थिएनन् । त्यो परिधि अब तोडिएको छ । आजका मितिसम्म पनि महामन्त्री पूर्णबहादुर खड्काले त देउवा नै जित्ने भएकोले नआत्तिन भनेका छन् तर प्राय कोठामै बसेर गर्ने यीनको विश्लेषण पनि यतिखेर भने नमिल्न पनि सक्छ । अनि यीनको भन्दा निम्छरो अवस्था उता पौडेलेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑