वीरगन्ज । हाइटीका राष्ट्रपति जोभेनेल मोइसीको हत्यामा संलग्न सूमहको सदस्यहरुको खोजीलाई प्रहरीले तीव्र बनाएको छ। प्रहरीसँगको मुठभेडमा चारजना संदिग्ध व्यक्तिको मृत्यु भएको छ। प्रहरीले थप दुईजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। अन्य संदिग्ध व्यक्तिहरुको समेत खोजी भइरहेको छ।
‘उनीहरु कि त पक्राउ पर्छन् कि त मारिन्छन्’ अनुसन्धानका बारेमा ब्रिफिङ गर्दै प्रहरी प्रमुख लिओन चार्ल्सले भने।बुधवार बन्धुकधारी समूह राष्ट्रपति निवासमा प्रवेश गरि राष्ट्रपतिको हत्या गरेका थिए। आक्रमणमा हाइटीकी प्रथम महिला घाइते भएकी थिइन्।
राष्ट्रपतिको हत्या कुन समूहले गर्यो भन्ने खुलेको छैन।केही समयअघि देखि राष्ट्रपति मोइसीको राजीनामा माग गर्दै हाइटीमा प्रदर्शन भइरहेको थियो।