वीरगन्ज । बेलायतमा पछिल्लो २४ घन्टामा थप ३२ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको छ । बेलायतमा गत जनवरीपछि यति धेरै संख्यामा कोरोना संक्रमित पाइएका हुन् ।पछिल्लो २४ घन्टामा थप ३३ कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म बेलायतमा १ लाख २८ हजार ५६५ जना संक्रमितले ज्यान गुमाएका छन् भने ५० लाख ७ हजार ९६४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
बेलायतमा हालसम्म तीन करोड चालिस लाख जनसंख्याले कोरोना विरुद्धको फुल डोज भ्याक्सिन लगाइसकेका छन् ।