वीरगन्ज । नेपाल प्रहरीले काठमाडौँको ठमेलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
बुधबार राति करिब १० बजे सम्पत्ति हार जीत हुने गरी ठमेल जेपी मोडमा चिनियाँ नागरिकहरु जुवातास र सट्टाबाजी खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
ठमेल जेपी मोडस्थित चिनियाँ नागरिक सिआयोलङले सञ्चालन गरेको सियाङ होटलमा उनीहरुले जुवातास खेलिरहेको प्रहरीले फेला पारेको थियो । पक्राउ पर्नेमा सिआयोलङसहित पी. चुआन, हु वेनबिन, ही फुयु र लि सिआओ तोङ रहेका छन् ।