• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारले बंगलादेशबाट खरिद गरेको ४५ हजार मेट्रिक टन युरिया मल

  • वीरगंज संजाल
  • २३ असार २०७८, बुधबार २१:१०
  • ३००१

    वीरगञ्ज | सरकारले बंगलादेशबाट खरिद गरेको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ। बंगलादेशबाट खरिद गरिएको उक्त परिमाणको मल वीरगञ्ज, विराटनगर र भैरहवा नाका हुँदै नेपाल आइपुगेको हो।वीरगञ्जसहित विराटनगर, भैरहवा नाका भएर ४५ हजार मेट्रिक टन मल आएको र बाँकी मलहरु विराटनगर नाका भएर आउने क्रममा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ।मल नेपाल आइपुगेसँगै वीरगञ्ज कार्यालयबाट अहिले धमाधम मल वितरण गर्ने कार्य चलिरहेको छ। प्रदेश नम्बर २ का जिल्लाहरुसँगै बागमती प्रदेश र गण्डकी प्रदेशमा समेत कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयले मल उपल्बध गराउने गरेको छ।

    मल बंगलादेशबाट कम्पनीको गोदाममा आइसकेकोले सो मललाई अहिले आवश्यक परेको स्थान तथा जिल्लाका कृषि सहकारी संस्थाहरुलाई वितरण गरिरहेको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख गोरखनाथ केसीले जानकारी दिए।गोदाममा मल स्टक रहेकोले रोपाइँको लागि सहकारीहरुले मल लगिरहेको उनले बताए। ‘बंगलादेशबाट आएको मल अहिले कार्यालयले प्रदेश २ का जिल्लाहरुसहित बागमती, गण्डकी प्रदेशमा पनि पठाइरहेका छौँ,’ उनले भने, ‘बाँकी रहेको ५ हजार मेट्रिक टन मल पनि विराटनगर नाकाबाट आउनेक्रममा छ।’हरेक वर्ष किसानहरुले मलको अभाव खेप्दै आएको भएपनि अहिले भने मलको अभाव खेप्नु नपर्ने कम्पनीको दाबी छ। रोपाइँको बेलामा अहिले मलको खासै अभाव नदेखिएकोले किसानहरुको लागि खुशीको कुरा भएको किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गदीको भनाइ छ।

    तर, अहिले मलको अभाव नदेखिए पनि पछि गएर अभाव सिर्जना हुने हो अथवा सहकारीहरुले नै कृत्रिम अभाव सिर्जना गरेर दुःख दिनसक्ने भन्दै यसमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने आवश्यकता रहेको गदीले बताए।‘किसानहरु हरेक वर्ष मलको हाहाकार खेप्दै आएका छन्। यसपाली रोपाइँको बेलामा मल भने पाइएको छ,’ उनले भने, ‘तर अहिलेको लागि मात्र नभइ पछिसम्मको लागि पनि यस्तै सहज रुपमा मल उपल्बध हुनु पर्‍यो।’कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले मंगलबारसम्म युरिया मल ९ हजार ५ सय ६१ मेट्रिक टन बिक्री गरेको छ भने मौज्दातमा २ हजार ४ सय ८८ मेट्रिक टन रहेको छ।यस्तै कार्यालयले डिएपी ५ हजार ६७ मेट्रिक टन बिक्री गरेको छ भने मौज्दातमा ७ हजार १ सय ३३ मेट्रिक टन रहेको कार्यालयले जानकारी दिएको छ। यसबीचमा पोटास ४ सय ७८ मेट्रिक टन बिक्री भएकोमा मौज्दातमा ७ सय २८ मेट्रिक टन रहेको कम्पनीको प्रादेशिक कार्यालयले जनाएको छ।deshsanchar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑