वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।सूचना परिचालन र प्रहरी कारवाहीको शिलशिलामा बुधवार अपरान्ह सवा ४ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वास्थित खेतमा शंकास्पद अवस्थामा हिँडीरहेको अवस्थामा १ जनालाई पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ गहवा निवासी २३ वर्षीय राहुल साह अवैध लागुऔषधसहित पक्राउ परेका हुन् । साहलाई चेकजाँच गर्दाे निजले बोकेको कालो प्लाष्टिकभित्र नुर्फिन, डाइजेपाम र फेनारगन १ सय ५०/१ सय ५० गरी ४ सय ५० एम्पुल फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
तरकारी बोकेको झोलाभित्र अवैध लागुऔषध ल्याएका साहलाई लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताए ।