मुम्बई | बलिउडका अभिनेता दिलीप कुमारको जीवनमा तीन जना महिलाहरु आए ।कामिनी कौशल र मधुबालापछि सायरा बानो दिलीप कुमारको जीवनमा आइन् ।
दुबैको प्रेम कथा विवाहमा परिणत भयो, तर आमा–बुबा बन्ने सपना भने पुरा हुन सकेन ।यसका बारेमा दिलीप कुमारले आफ्नो अटो बायोग्राफी द सबस्टान्स एन्ड द स्याडोमा उल्लेख गरेका छन् ।सन् १९७२ मा सायरा बनो पहिलो पटक गर्भवती भएकी थिइन् ।
आठ महिनाको गर्भ रहेको थियो, त्यही समयमा सायरालाई ब्लड प्रेसरको समस्या भयो ।त्यही क्रममा बच्चालाई बचाउनका लागि सर्जरी गर्नु पर्ने थियो, तर सर्जरी गर्ने अवस्था नभएकाले निस्सासिएर बच्चाको मृत्यु भयो ।त्यसपछि सायरा कहिले पनि गर्भवती हुन सकिनन् ।एउटा अन्तर्वार्तामा सायरा बानोले शाहरुख खानसंगको आफ्नो पहिलो भेटको बारेमा बताएकी थिइन् ।
दिलीप कुमार फिल्म दिल आशना है को मुहूर्तमा गएका थिए, जसका लागि शाहरुखलाई साइन गरिएको थियो ।दिलीप र शाहरुखको पहिलो भेटको बारेमा सायराले भनेकी छिन्–‘दुबै जना धेरै कुरामा एउटै जस्तै छन् । म सधैं भन्छु, यदि हाम्रो कुनै छोरा भएको भए शाहरुख जस्तै हुन्थ्यो ।’त्यही बेलादेखि नै दिलीप कुमारले शाहरुख खानलाई आफ्नो छोरा झै मनेका थिए ।