• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    विश्वकै पहिलो एन्टीभाइरस म्याकाफीका निर्माताले गरे जेलभित्र आत्महत्या

  • वीरगंज संजाल
  • Jun 26, 2021, 6:33 pm
  • ३३४५

    वीरगन्ज । विश्व चर्चित एन्टी भाइरस सफ्टवेयर निर्माता तथा व्यवसायी जोन म्याकाफीले आत्महत्या गरेका छन् ।बेलायती मूलका अमेरिकी नागरिक म्याकाफीले स्पेनको बार्सिलोनास्थित एक जेलमा आत्महत्या गरेका बीबीसीले उल्लेख गरेको छ ।कर छली गरेको अभियोगमा छानविनका लागि अमेरिका सुपुर्दगी गर्ने स्पेनी अदालतको फैसलाको केही घण्टापछि उनी जेलभित्रै मृत अवस्थामा भेटिएका हुन् ।स्पेनको न्याय मन्त्रालयले जेलभित्र अचेत अवस्थामा फेला परेका उनलाई डाक्टरहरुले बचाउने कोसिस गरेपनि सफल भएन ।

    प्राप्त प्रमाणहरुका आधारमा म्याकाफीले आत्महत्या गरेको देखिएको न्याय मन्त्रालयले जनाएको छ ।प्रविधि जगतका विवादास्पद व्यक्तित्व म्याकाफीको कम्पनीले विश्वकै पहिलो कम्प्युटर एन्टी भाइरस सफ्टवेर McAfee VirusScan बनाएको थियो । यो एन्टी भाइरसले कम्प्युटर जगतमा अर्बौ डलरको नयाँ उद्योगको सिर्जना गरेको थियो । उनले आफ्नो उक्त एन्टीभाइरस कम्पनी ७ अर्ब ६० करोड डलरमा इन्टेललाई बेचेका थिए ।

    सन् २०२० को अक्टोबरमा जहाजबाट टर्कीतर्फ उड्ने क्रममा जोन म्याकाफी स्पेनमा पक्राउ परेका थिए । उनीमाथि अमेरिकामा पछिल्लो चार वर्षसम्म कर नतिरेको अभियोग थियो । परामर्श सम्बन्धी काम, प्रवचन, क्रिप्टो करेन्सी तथा आफ्नो आत्मकथा किताबको बिक्री लगायतबाट दशौँ लाख डलर आम्दानी गरेपनि उनले कर तिरेका थिएनन् ।अमेरिकी न्याय मन्त्रालयका अनुसार उनले आफ्नो आम्दानी बैंक अकाउन्ट तथा क्रिप्टोकरेन्सी सटही अकाउन्टमा इच्छाएको व्यक्तिको नाममा भुक्तानी लिएर कर छली गर्ने गरेका थिए ।साथै उनले पानी जहाज, घरजग्गालगायतका सम्पत्तिहरु लुकाएको र अरुको नाममा राखेको आरोप पनि लागेको थियो ।

    बुधबार स्पेनको राष्ट्रिय अदालतले म्याकाफी विरुद्धको मुद्दामा फैसला गर्दै करछलीको विषयमा अनुसन्धानका लागि उनलाई अमेरिका सुपुर्दगी गर्ने आदेश गरेको थियो ।पछिल्ला वर्षहरुमा म्याकाफीले आफूमाथि षडयन्त्र भएको बताउने गरेका थिए । तर स्पेनी अदालतले चाहिँ अमेरिकामा उनीमाथि राजनीतिक तथा वैचारिक कारणले कुनैपनि खतरा नरहेको ठहर गरेको छ ।बेलायतमा जन्मिएका जोन म्याकाफी सन् १९८० को दशकमा आफ्नो प्रविधि कम्पनी स्थापना गरेर विश्वकै पहिलो एन्टीभाइरस McAfee VirusScan बजारमा ल्याएसँगै चर्चाको शिखरमा पुगेका थिए ।कम्प्युटर सुरक्षाको क्षेत्रका संस्थापक व्यक्तित्व भएपनि उनले एकपटक बीबीसीसँगको अन्तर्वार्तामा आफूले आफ्नो कम्प्युटरमा कुनैपनि एन्टीभाइरस हाल्ने नगरेको बताएका थिए ।

    सन् २०१३ मा बीबीसीसँगको अन्तर्वार्तामा उनले भनेका थिए ‘मैले मेरो आईपी एड्रेस निरन्तर परिवर्तन गरेर आफ्नो कम्प्युटर प्रणालीलाई सुरक्षित बनाउने गर्दछु । आफूले प्रयोग गर्ने कुनैपनि डिभाइसलाई आफ्नो नामसँग जोड्दिन र भाइरस हुनसक्ने कुनैपनि वेबसाइट खोल्दिन । मैले कहिल्यैपनि पोर्न साइट खोल्दिन ।’उनले सन् २०१६ तथा २०२० को अमेरिकी राष्ट्रपति चुनावमा लिबर्टारियन पार्टीको तर्फबाट उम्मेदवार हुने असफल प्रयास पनि गरेका थिए ।सन् २०१९ मा उनले करप्रतिको आफ्नो अनिच्छा प्रकट गर्दै एक ट्वीट गरेका थिए । जसमा उनले कर असूल्ने कार्य गैरकानूनी रहेको हुँदा आफूले ८ वर्षदेखि कर चुक्ता नगरेको बताएका थिए ।सोही वर्ष उनी हतियार ल्याएको आरोपमा केही समय डोमिनिकन रिपब्लिकमा पक्राउ परी हिरासतमा बसेका थिए ।

    बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑