वीरगंज। वीरगंजको नारायणी अस्पतालमा अहिले एक साथ ९ वटा डायलासिस मेसिन सञ्चालनमा आएपछि मिर्गाैला रोगीहरूले सहज रूपमा सेवा पाएका छन् ।
विगतमा डायलासिस गर्नका लागि पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको र पालो कुर्दा कुर्दै कतिपय मिर्गाैला रोगीहरूको ज्यान समेत जाने गरेको अवस्थामा अस्पतालमा लामो समय देखि बिग्रिएर थन्किएका २ वटा डायलासिस मेसिन मर्मत गरी सञ्चालनमा ल्याउनुको साथै स्वास्थ्य मन्त्रालयबाट प्राप्त थप एक नया” मेसिन जडान भएस”गै अहिले ९ वटा डायलासिस मेसिन सञ्चालनमा आएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. नीरज सिंहले बताउनुभयो ।
कोरोना सङ्क्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुगेका बेला नारायणी अस्पतालमा रहेका डायलासिस मेसिन बिग्रि”दा मिर्गाैला रोगीलाई समस्या भएको थियोरु। नारायणी अस्पतालमा मेडिकल सुपरिनटेन्डेन्टमा डा. वीरेन्द्र प्रधान नियुक्त भएस”गै बिग्रिएका मेसिनको मर्मत र स्वास्थ्य मन्त्रालयबाट थप एक मेसिन ल्याई डायलासिस सेवा शुरू गरेस”गै अहिले मिर्गाैला रोगीहरूको सहज रूपमा डायलासिस भई रहेको छ । हाल डायलासिस कक्षमा थप जनशक्ति परिचालन गरी मासिक ५० जना मिर्गाैला रोगीको सेवा दिने गृहकार्यमा अस्पताल जुटेको मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधानले बताउनुभयो ।
नारायणी अस्पतालमा अहिले बारा, पर्सा, रौतहटका मासिक ३५ जना भन्दा बढी मिर्गाैला बिरामीहरूले डायलासिस सेवा लि”दै आएका छन् । मध्य तराईका सर्वसाधारण बिरामीहरूको एक मात्र उपचारको केन्द्रको रूपमा रहेको नारायणी अस्पतालमा हाल रहेको डायलासिस कक्ष सा”घुरो भएको र डायलासिस कक्षका लागि छुटै भवन निर्माण गर्न सके थप सेवा उपलब्ध गराउन सकिने अस्पताल प्रशासनले जनाएको छ ।
नारायणी अस्पतालमा २०७१ असोज १३ बाट डायलासिस सेवा शुरू गरिएको होरु। हाल डायलासिस गराउने बिरामी मध्ये अधिकांश पुरूष रहेको र ३० वर्ष देखि ८५ वर्ष उमेर समूहका मिर्गाैला रोगीहरूको डायलासिस भई रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रधानले बताउनु भयो । सरकारले मिर्गाैला रोगीहरूका लागि नारायणी अस्पतालमा निश्शुल्क डायलासिस उपचार सेवा उपलब्ध गराउ”दै आएको छ ।