• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नियमन र कारबाही गर्न नसक्दा जथाभावी शुल्क असुल्ने प्रवृत्ति दोहोरिँदै

  • वीरगंज संजाल
  • ९ असार २०७८, बुधबार ०८:३०
  • २६६९

    वीरगन्ज । एसईईको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्ना लिन थालेका छन् । गतवर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीको परीक्षासमेत नसकिएको अवस्थामा आफ्ना शिक्षण संस्था प्रवर्द्धन गर्ने उद्देश्यले ती विद्यालयले भर्ना लिन थालेका हुन् ।

    उनीहरूले प्रि–रजिस्ट्रेसन र छात्रवृत्तिका लागि भन्दै अनलाइन परीक्षासमेत सञ्चालन गरेका छन् । भित्रभित्रै प्रवेश परीक्षा नै लिएर विद्यार्थी भर्ना गर्न थालेको अभिभावकहरू बताउँछन् ।
    ‘के आधारमा कुन विषय पढ्न रजिस्ट्रेसन गर्ने ? कुन आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने ?’ अभिभावक राजेन्द्र सापकोटाले भने, ‘यो त सरासर अवैध काम भइरहेको छ । विद्यार्थी, अभिभावकसँग पैसा असुल्ने स्कुलहरूको धन्दा फेरि सुरु भएको छ ।’ शिक्षाविद्हरूले पनि कक्षा ११ मा नतिजाअगावै भर्ना खोलेर मनोमानी गरिएको बताए । यस्ता गतिविधिले शैक्षिक प्रणालीमा नै असर गर्ने उनीहरूको भनाइ छ ।

    ठूला र नाम चलेका विद्यालयले नै प्रि–भर्ना र रजिस्ट्रेसनको अगुवाइ गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय (हिसान) का पदाधिकारीहरू सञ्चालक रहेका विद्यालय नै विद्यार्थी भर्ना लिन तँछाडमछाड गरिरहेका छन् । गतवर्ष नतिजा आउनु पहिल्यै विद्यार्थी भर्ना लिने विद्यालय यसपटक पनि सक्रिय देखिन्छन् । शिक्षा मन्त्रालय र स्थानीय तहले मनोमानी गर्ने शिक्षण संस्थालाई नियमन र कारबाही गर्न नसक्दा हरेक वर्ष विद्यार्थी–अभिभावकलाई अन्योलमा पार्ने र जथाभावी शुल्क असुल्ने प्रवृत्ति दोहोरिँदै आएको छ ।

    हिसानका अध्यक्ष रमेश सिलवाल सञ्चालक रहेको गोल्डेनगेट इन्टरनेसनल कलेजले विज्ञान, व्यवस्थापन र मानविकी विषयमा अनलाइन रजिस्ट्रेसन खुलाएको छ । महासचिव लोकबहादुर भण्डारी सञ्चालक रहेको जेभियर इन्टरनेसनल स्कुलले पनि विद्यार्थी भर्ना खोलेको छ । ‘अहिले हतार गरेर विज्ञान विषयमा रजिस्ट्रेसन गरौंला भोलि एसईईको नतिजा सोचे जस्तो नआए फेरि कुन कलेज खोज्दै हिँड्ने ?’ विद्यार्थी भुवन पन्तले भने, ‘चुप लागेर बसौं सबै आफूले पढ्छु भनेको कलेजको सिट संख्या भरिएला ।’

    शिक्षण संस्थाहरूले आफूखुसी भर्ना प्रक्रिया अघि बढाउँदा विद्यार्थीहरू दुविधामा फसेको उनले गुनासो गरे । सरकारसँग नजिक रहेका अगुवा शिक्षण संस्थाले नै बदमासी सुरु गरेपछि उनीहरूको सिको गर्दै काठमाडौं उपत्यकाका अन्य दर्जनौं स्कुलले पनि भर्ना आह्वान गरेका छन् । नेसनल स्कुल अफ साइन्स (निष्ट), साउथ वेस्ट्रन स्टेट कलेज, युनिग्लोब्स कलेज, जेभिएर एकेडेमी, काठमाडौं ओल्ड स्कुल, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर, सेन्ट लरिएन्स कलेज, द टाइम्स इन्टरनेसनल कलेजलगायतले रजिस्ट्रेसनका लागि सार्वजनिक सूचना नै जारी गरेका छन् ।

    शिक्षाविद् विनय कुसियतले व्यापार र नाफामुखी निजी विद्यालयले शैक्षिक गतिविधिलाई आफू अनुकूल प्रयोग गर्दै आएको बताए । कक्षा ११ मा बेमौसमी भर्ना खोलेर व्यापारमा प्रश्रय दिन लागेको उनको भनाइ छ । ‘कक्षा १–१२ विद्यालय शिक्षा भएकाले एसईई र कक्षा ११ भर्नाको पहिलो जस्तो तामझाम गर्नुको औचित्य नै छैन,’ उनले भने, ‘यस्ता काम सरकारले रोक्न सक्नुपर्छ, विद्यार्थी–अभिभावक पनि सचेत हुनुपर्छ ।’

    सरकारले विद्यालय शिक्षाको प्रणालीगत त्रुटि सुधार गर्न नसक्दा पनि निजी शिक्षण संस्थाले फाइदा उठाइरहेको कुसियतले प्रस्ट्याए । ‘एसईई खारेज गर्नुपर्छ, त्यसपछि कक्षा ११ को भर्नाको यस्ता गतिविधि स्वत: रोकिन्छ,’ उनले थपे, ‘१२ कक्षासम्म विद्यालय शिक्षा भनेपछि ८ कक्षा पास भएर ९ मा भर्ना हुनु र १० पास भएर ११ मा भर्ना गर्नु उस्तै हो, कुनै अन्तर छैन ।’

    शैक्षिक गुणस्तर सुधार गर्नेभन्दा पनि भर्ना, परीक्षालगायतमा केन्द्रित भएर निजी विद्यालयले नाफा आर्जनको बाटो मात्रै हेर्ने गरेको उनको भनाइ छ । ‘कक्षा १–१० मा सरकारले भर्ना अभियान नै सञ्चालन गर्ने गरेको छ, ११ मा चाहिँ जुन बेला पनि भर्ना लिन पाइने मनपरी रोकिनुपर्छ,’ उनले भने ।

    यस विषयमा शिक्षा मन्त्रालय र पालिकाबीचमै समन्वय देखिन्न । मन्त्रालय पालिकाले नै यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने बताउँछ भने पालिकाहरू शिक्षा मन्त्रालयबाटै नियमन गर्नुपर्ने भन्दै पन्छिने गरेका छन् । मन्त्रालयका प्रवक्ता दीपक शर्मा १० कक्षाको नतिजा नआई ११ को भर्ना खोल्न नमिल्ने बताउँछन् । ‘तल्लो कक्षाको रिजल्ट नभई माथिल्लो कक्षामा भर्ना खोल्न मिल्दै मिल्दैन,’ उनले भने, ‘यो विद्यालयलाई भनिरहनुपर्ने कुरा होइन ।’ यस्ता गतिविधिको नियमन र नियन्त्रण स्थानीय पालिकाले गर्नुपर्ने उनी बताउँछन् । जबकि कक्षा १–१२ को भर्ना तालिका शिक्षा मन्त्रालयले घोषणा गरेको छ तर ११ को विषयमा मन्त्रालय तर्किने गरेको छ । प्रवक्ता शर्माले निजी विद्यालयका यस्ता गतिविधिबारे विद्यार्थी–अभिभावकले स्थानीय तहमा गुनासो र उजुरी गर्न सक्ने जनाए ।

    वैशाखदेखि ठप्प शिक्षण संस्था कहिले खुल्ने अनिश्चित छ । एसईईको तयारीमा रहेका ४ लाख १७ हजार परीक्षार्थीका लागि विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने निर्णय भएको छ । साउनको दोस्रो सातापछि मात्र नतिजा आउन राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । विद्यार्थी तान्न र कोटा पूरा गर्न प्रि–भर्ना र रजिस्ट्रेसनआह्वान गरिएको बोर्डका कर्मचारीले बताए । ‘विद्यार्थी नभए स्कुल बन्द हुन्छन्, आफूले पढाउने विद्यार्थीको सिट सुरक्षित गर्न अहिलेदेखि हानथाप भएको हो,’ उनले भने ।

    गतवर्षदेखि कक्षा ११–१२ मा संकाय प्रणाली खारेज भएर कक्षा ९–१० जस्तै विषयगत रूपमा पठनपाठन हुन थालेको छ । गत शैक्षिक सत्रमा कक्षा ११ र यसपालि कक्षा १२ मा नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुँदै छ । उक्त पाठ्यक्रम लागू नगर्न पनि निजी स्कुल सञ्चालकहरूले गतवर्ष बलबिच्याइँ गरेका थिए । सर्वोच्च अदालतको आदेशमा नयाँ पाठ्यक्रम लागू गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑