• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कामचलाउ प्रधानमन्त्री ‘बाठो’ बन्दा ईश्वर र प्रदीपको मन्त्री पद गुम्यो

  • वीरगंज संजाल
  • ८ असार २०७८, मंगलवार १९:४१
  • ३६२५

    वीरगन्ज । मंगलबार अपरान्ह प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको बेञ्चले नवनियुक्त २० मन्त्रीलाई एकसाथ पदमुक्त गरेको खबर सुन्नासाथ दुईवटा प्रश्न मुखरित भए : एक– अब ईश्वर पोखरेल र प्रदीप ज्ञवालीहरुको मन्त्री पद पुनर्बहाली भयो कि भएन ? र, दुई– कतै तत्कालीन रामबहादुर थापा बादलसहित माओवादीका ७ मन्त्रीको पद पनि पो बहाली भयो कि ?

    ​किनभने, सर्वोच्च अदालतको अन्तरिम आदेशमा स्पष्टसँग भनिएको छ कि प्रतिनिधिसभा विघटन गर्दाकै बेलाको मन्त्रिपरिषद कायम रहनुपर्छ । प्रतिनिधिसभा विघटन भएको विषेश परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे जुन अवस्थाको मन्त्रिपरिषद छ, त्यही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्नेछ भन्ने स्पष्टरुपमा किटानीसाथ उल्लेख भइरहेको परिप्रेक्ष्यमा मन्त्रि परिषद विस्तार गर्न नहुने अदालतले भनेको छ । उसोभए त्यसबेला मन्त्री रहेका ईश्वर लगायतको पोखरेलको अवस्था के हुन्छ त ? सामान्य नजरले हेर्दा यो प्रश्न स्वाभाविकै जस्तो पनि देखिन्थ्यो ।

    ​किनभने, अदालतको आदेशमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटनको दोस्रो अवस्थापछि हालको प्रधानमन्त्री संविधानको धारा ७७ को १ को खण्ड ‘ग’ बमोजिम स्वतः प्रतिनिधिसभाको सदस्यसमेत नरही निजको प्रधानमन्त्रीको पद रिक्त हुन गएको अवस्थामा ऐजन धारा ७७(३) मा उपधारा १ बमोजिम प्रधानम्न्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनि उल्लेख भएको देखिन्छ । यसरी प्रतिनिधिसभा विघटन भएको विशेष परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे जुन अवस्थाको मन्त्रिपरिषद् छ, त्यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनि स्पष्ट रुपमा किटानीका साथ उल्लेख भइरहेको परिप्रेक्ष्यमा तत्काल कायम रहेका प्रधानमन्त्रीले अन्य सामान्य अवस्थाको प्रधानमन्त्रीले जस्तो मन्त्रिपरिषद् विस्तार गर्ने, थप गर्न सक्ने भनि संविधानको कुनै पनि धारामा उल्लेख नभएकाले यस्तो अधिकार प्रधानमन्त्रीमा देखिँदैन ।’

    ​सर्वोच्चको यो आदेशलाई लिएर विघटनअघि मन्त्री कायम रहेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, हृदयेश त्रिपाठी, शिवमाया तुम्वाहाङ्फे, पद्मा अर्याललगायतको मन्त्री पद फेरि फर्किने टीकाटिप्पणी भएको हो । तर, यसबारे कानूनविदहरुले भने प्रधानमन्त्री आफैंले हटाएका मन्त्रीहरु पुनर्बहाली नहुने बताउँछन् । प्रधानमन्त्री नयाँ मन्त्री थप्न नपाउने तर हटाएमा त्यो सदर हुने कानूनविदको भनाइ छ । ईश्वर पोखरेलहरुलाई प्रधानमन्त्रीले नै पदमुक्त गरेको हुनाले अब पुनर्बहाली नहुने कानूनविदको भनाइ छ ।

    वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतको आदेशमा ४ जनाको पद जोगिएको र बाँकी सबैको पद गएको स्पष्टरुपमा लेखेकाले अरु कसैको पद नफर्किने बताए । थापाले भने, ‘विष्णु पौडेलसहित ४ मन्त्रीबाहेक सबैको पद जाने भनेर आदेशमा तोकेरै भनिएको छ, अब विघटनअघि मन्त्री भएकाहरुको मन्त्री पद फेरि फर्किने भन्ने हुँदैन ।​त्यस्तै राजबहादुर थापा बादलसहित माओवादीका सात मन्त्रीहरु सांसद नरहेकाले उनीहरुको नियुक्ति अदालतले पहिल्यै बदर गरिसकेको हुनाले बादलको पुनर्बहाली पनि नहुने कानूनविद बताउँछन् ।कामचलाऊ सरकारले मन्त्रिपरिषद विस्तार गर्नु असंवैधानिक हुने जान्दाजान्दै प्रधानमन्त्री ओलीले अपरिपक्व निर्णय गर्नाले ईश्वर पोखरेल र प्रदीप ज्ञवालीजस्ता सारथीहरुलाई क्याबिनेटबाट गुमाएको चर्चा अहिले एमालेभित्र हुन थालेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑