वीरगञ्ज। द् हन्ड्रेड (१००) ग्रुप वीरगञ्जको समन्वयमा कोरोना विरुद्धको लडाईमा सहयोगार्थ स्वास्थ्य कार्यालय पर्सालाई अक्सिजन कन्सनट्रेटर उपलब्ध गराइएको छ ।
चिनको हङकङस्थित सावार्स एक्सन संस्थाको सहयोग र थ्रंगु गुम्बासँगको सहकार्यमा १०० ग्रुप वीरगञ्जले स्वास्थ्य कार्यालय पर्सालाई कोरोना विरुद्धको लडाईमा सहयोग पुर्याउने उद्देश्यले २० थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको हो ।
शुक्रबार एक कार्यक्रम बीच थ्रंगु गुम्बाका सचिव आचार्य पासाङ वान्दि शेर्पाले स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साह र खोप अधिकृत अनिल सिंहलाई कन्सनट्रेटरहरु हस्तान्तरण गरेका छन् ।
कन्सनट्रेटरहरु स्वास्थ्य कार्यालय मार्फत जिल्लाको ग्रामिण भेगमा रहेका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र अन्य स्वास्थ्य संस्थाहरुमा जडान गरिने १०० ग्रुपका संस्थापाक अध्यक्ष बब्लु गुप्ताले जानकारी दिए ।
गुप्ताका अनुसार संस्थाले अहिले प्रदेश नम्बर २ को प्रत्येक जिल्लामा २०/२० वटाको दरले अक्सिजन कन्सनट्रेटर, मास्क, सेनीटाइजर लगायत स्वास्थ्य सामग्री र उपकरणहरु वितरण गरिरहेको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका प्रमुख नवलकिशोर साहले सहयोगी संस्था प्रति आभार प्रकट गर्दै आवश्यक स्थानमा कोरोना सङ्क्रमितहरुको उपचारका लागि कन्सनट्रेटरहरु प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आगामी दिनमा पनि संस्थालाई थप सहयोगहरु उपलब्ध गराउन आग्रह समेत गरेका थिए ।
१०० ग्रुप वीरगञ्जको कामबाट प्रभावित भएर थ्रंगु गुम्बाका सचिव आचार्य पासाङ वान्दि शेर्पाले संस्थालाई व्यक्तिगत तर्फबाट पनि १० हजार रुपैयाँ सहयोग समेत गरेको आयुष बर्णवालले बताए ।
कार्यक्रममा १०० ग्रुपका प्रमुख सल्लहाकार मदन गोपाल धुँजु श्रेष्ठ, सदस्य प्रकाश मैनाली, निमा तामाङ, राजन महत्तरा, सोम शर्मा, १०० ग्रुप वीरगञ्जका सल्लाहकार रोहित बरनवाल, आशु कुमार सर्राफ, अध्यक्ष विनय गिरि, सदस्यहरु विक्की सर्राफ, आयुष बरनवाल, ज्योति साह, विशेष साह, अनिल साह, अन्केश पाण्डे, सुशील पटेल, अमित चौरसिया, सोनु पटेल, जयप्रकाश गिरि, राहल पटेल, एमडी अरमान, आदर्श चौरसिया, मनोज यादव, आकाश भगत माली, रोहित महतो कहर, दिपु यादव, अनिल गिरि, विशाल पटेल लगायतको उपस्थिति रहेको थियो ।