आज:
  • होमपेज / Breaking News

    नेपाललाई खोप बेच्न चिनियाँ कम्पनी तयार, अमेरिकी कम्पनी आनाकानी गर्दै

  • वीरगंज संजाल
  • ३ असार २०७८, बिहीबार १७:०३
  • २९४५

    वीरगंज | नेपालले चीनबाट तत्काल ४० लाख डोज खोप किन्ने भएको छ। त्यसका लागि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय समेत गरिसकेको छ। जुन महिनाभित्रमा सबै प्रक्रिया पूरा गरेर खोप किन्न मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएको हो। यसअघि नै किन्ने तयारी गरेपनि चीनले मूल्यका विषयमा गोप्य सम्झौता गर्नुपर्ने बताएपछि प्रक्रिया अघि बढ्न सकेको थिएन। मन्त्रिपरिषद् बैठकले खोप किन्न सहमति दिएपछि स्वास्थ्य मन्त्रालयले अब प्रक्रिया अगाडि बढाउने भएको छ।

    नेपाले चीनको सिनोफार्म कम्पनीको भेरोसल खोप किन्न लागेको हो। यसअघि चीनले १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिइसकेको छ। सिनोफार्मले नेपाललाई ४० डोज खोप एकैपटक भने नदिने भएको छ।स्वास्थ्य मन्त्रालयका एक अधिकारका अनुसार सिनोफार्म सुरुमा १० लाख डोज र त्यसपछि बाँकी ५–५ लाखका दरले चीनले नेपाललाई खोप उपलब्ध गराउने छ।धेरै खोप एकैचोटी ल्याएर राख्नुभन्दा लट–लटमा ल्याउँदा नेपाललाई पनि खोपको स्टोरेजको समस्या नहुने र कम्पनीलाई पनि दबाब नहुने ती अधिकारीको भनाइ छ। सोही अनुसार परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइनेछ।

    गते जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग टेलिफोन सम्बाद गरेकी थिइन्। संवादका क्रममा उनले खोप सहयोगका लागि अनुरोध गरेकी थिइन्। नेपालका राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच कुराकानी भएको केही घण्टामै चीनले १० लाख डोज खोप दिने घोषणा गरेको थियो। जुन खोप जेठ २५ गतेदेखि ६० वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई दिइएको थियो।

    अन्य देशबाट तत्काल नआउने

    चीनसँग भएको वार्ता तथा पहल सकारात्मक बनिरहेको छ। चीन बाहेक अन्य देशसँग भएको खोप पहलले भने सार्थकता पाउन सकेको छैन्। परराष्ट्रमन्त्री रघुवीर महासेठका अनुसार अमेरिकाको जोनसन एण्ड जोनसन कम्पनीले तत्काल खोप दिन नसकिने मनसायको जवाफ दिएको छ।जोनसन एण्ड जोनसनको ५० लाख डोज खोप किन्ने भन्दै अर्थ, परराष्ट्र र स्वास्थ्य मन्त्रालयका अधिकारीको बैठक बसेको थियो। बैठकले खोपका लागि परराष्ट्र मन्त्रालयले पहल गर्ने र अर्थ मन्त्रालयले बजेटको व्यवस्था गर्ने निर्णय भएको थियो।

    सोही आधारमा अमेरिकाबाट तीन महिनाभित्रमा गरिरहेका छन्।‘हामीले पहल गरिरहेका छौं। जोनसन एण्ड जोनसनले तत्काल खोप दिन नसकिने भनेको छ’ मन्त्री महासेठले भने, ‘खोप उत्पादनका लागि ९० दिनको समय दिनुहोस् भनेको छ। हामीले ६० दिनभित्र खोप उपलब्ध गराउन भनिरहेका छौं।’ खोप किन्नका लागि नेपालले रातदिन काम गरिरहेको उनको भनाइ छ। मंसिर ३ गतेभित्र सबै नेपालीलाई खोप दिने सरकारको योजना छ। खोप उपलब्ध भएको खण्डमा दशैं अगाडि नै खोप दिइनेछ। मंसिर ३ गतेभन्दा अगाडि त जुनसुकै हालतमा पनि सबैलाई खोप दिने योजना सरकारको रहेको मन्त्री महासेठले बताए।

    राष्ट्रपति भण्डारीले बेलायत, रुस, भारत लगायतका देशका राष्ट्रप्रमुखलाई पत्र पठाएर खोपका लागि आग्रह गरेकी थिइन्। उनको आग्रहपछि अमेरिकाले खोप उपलब्ध गराउने घोषणा गरेको छ। अन्य देशबाट कुनै प्रतिक्रिया नआएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। खोपका विषयमा कुन देशबाट कस्तो प्रगति भइरहेको छ,  भन्ने विषयमा परराष्ट्र मन्त्रालयले शुक्रबार राजदूतहरुसँग छलफल गर्दैछ। खोप पहलबारे भइरहेको प्रयास र प्रगतिका विषयमा राजदूतहरूबाट जानकारी लिने र आवश्यक निर्देशन दिनेगरी मन्त्रालयले बैठक तय गरेको हो।

    मसिंर ३ अगावै साढे २ करोड खोप

    हुनत पहिलो चरणको खोप अभियान शुरु भएको दिन गत माघ १४ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबैलाई खोप लगाइसक्ने घोषणा गरेका थिए।तर अहिलेसम्म २४ लाख ६१ हजार ९२५ जनाले खोपको पहिलो डोज र ६ लाख ९१ हजार ४९४ जनाले दुवै डोज लगाएका छन्। सरकारले १ करोड २० लाख नेपालीलाई खोप दिनुपर्ने अनुमान गरेको छ। त्यस हिसाबले अझै नेपालाई दुई डोज खोपका लागि दुई करोड डोज भन्दा बढी खोप आवश्यक पर्छ।  अहिले घोषित चुनाव भन्दा पहिला नै सबैलाई खोप दिइसक्ने सरकारको योजना रहेको मन्त्री महासेठले बताए। ‘दशैसम्म वा ढिलोमा मंसिरसम्म सबैलाई खोप लगाउँछौँ’ उनले भने, ‘त्यो पनि निःशुल्क रूपमा।’

    सरकारको पहिलो प्राथमिकता भनेकै जनताको स्वास्थ्य भएकाले सरकारले खोप ल्याउनेमा ढुक्क हुने उनले आग्रह गरे।
    तिंकरीले चीनले प्रस्ताव गरेको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अर्थात गोप्य सम्झौता का कारण खोप खरिदमा ढिलाइ भएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंहले बताए।‘यसअघि पनि खोप किन्न खोज्दा विवाद भएको थियो। हामीले गोप्य सम्झौता गरेर किन्न सक्दैनौं’ डा. तिंकरीले भने, ‘त्यसपछि उक्त कुरा स्वास्थ्य मन्त्रालयलाई जानकारी दिएका थियौं। अब भने सरकारले निर्णय गरेपछि प्रक्रिया चाँडै अगाडि बढ्छ।’ अन्य देशसँग पनि खोप किन्नका लागि पहल भइरहेको तर ठोस जवाफ आइनसकेको डा. तिंकरीले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑