• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मन्त्रिपरिषद् विस्तारमा नपरेपछि नेता-कार्यकर्तामा असन्तोष

  • वीरगंज संजाल
  • १ असार २०७८, मंगलवार ०९:५८
  • ३६४१

    वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा पूर्वमाओवादी समूहका प्रभावशाली नेताहरु छुटेपछि सो समूहमा असन्तोष छताछुल्ल हुन थालेको छ । आकर्षक मन्त्रालय, आगामी निर्वाचनमा मागेको निर्वाचन क्षेत्र लगायतका प्याकेजमा डिल गरेर ओलीलाई साथ दिएका पूर्वमाओवादीका नेताहरु पछिल्लो मन्त्रिपरिषद् विस्तारमा नपरेपछि सो समूहका नेता-कार्यकर्तामा असन्तोष देखिन थालेको हो ।

    पूर्वमाओवादी खेमाको नेतृत्व गर्न रामबहादुर थापा (बादल) असफल भएको उनीहरुको ठहर छ । बादलले आफ्नै श्रीमतीलाई आकर्षक मन्त्रालयमा पठाएपछि केही साताअघि सर्वोच्चको आदेशबाट मन्त्री पद गुमाएर पुनः नियुक्तिको आशमा मन्त्री निवास पुल्चोकमै बसिरहेका नेताहरु जिल्ल परेका छन् । नेता मणि थापाका अनुसार बादलले आफ्नै श्रीमतीलाई मन्त्री बनाएको विषयलाई लिएर नेता/कार्यकर्ताहरुले असन्तुष्टि पोखेका छन् ।

    ‘मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्नुभयो । तर, हाम्रो यता (माओवादी पृष्ठभूमिका नेताहरुतर्फ) र्‍यांक एण्ड फाइल (कार्यकर्ता पंक्ति) चाहिँ खुसी छैनन्, त्यति हो,’ नेता थापाले भने, ‘फोन/सोन आउँछ । बादल दाइको मिसेसको कुरा भयो, त्यसमा अलिकति असन्तुष्टि छ । अरु पठाइदिएको भए हुन्थ्यो भन्ने खालको छ ।’

    अध्यक्ष ओलीले बादललाई मात्रै काखी च्यापेर अगाडि बढ्न खोजेको कतिपय नेताहरुको गुनासो छ । त्यसो नगर्नका लागि उनीहरुले माओवादी पृष्ठभूमिका नेताहरुको छुट्टै छलफल गर्ने र अध्यक्ष ओलीसँग एक्लाएक्लै डिल गर्ने प्रयासलाई समेत जारी राखेका छन् । एक नेता भन्छन्, ‘अध्यक्ष ओलीले सबैलाई एउटै व्यवहार गर्न सकेनन् । बादललाई रेस्पोन्स गरे, अरुलाई गरेनन् भन्ने हामीलाई परेको छ ।’

    बादललाई नेता नमान्ने, नयाँ नेताको खोजी

    बादलले आˆनो समूहको नेतृत्व गर्न नसक्ने निष्कर्षमा पुगेका पूर्वमाओवादीहरु अब उनलाई नेता नमान्ने भन्दै नयाँ नेताको खोजीमा लागेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा एक्लाएक्लै डिल गरेर आˆनो पक्षमा ल्याएको भए पनि ओलीले बादलमार्फत् पूर्वमाओवादी समूहसँग डील गर्न खोजेको यो खेमाको बुझाइ छ ।

    तर, माओवादी पृष्ठभूमिका अधिकांश नेताहरुले बादललाई नेतृत्व मानेर अध्यक्ष ओलीसँग डिल गर्ने प्रस्ताव अस्विकार गरेको स्रोत बताउँछ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा बादलले एकलौटी गरेकाले पनि उनको नेतृत्वमा ओलीसँग सामूहिक डिल गर्न अब सम्भव नभएको उनीहरुले बताउन थालेका छन् ।

    नेता टोपबहादुर रायमाझी आफूहरु बादलको नेतृत्वमा एमालेमा नगएको बताउँछन् । ‘हामी एउटै पृष्ठभूमिबाट आयौं । तर, अध्यक्ष ओलीको पक्षमा अगाडि-पछाडि गइयो,’ रायमाझी भन्छन् । अब एमालेभित्र आफूहरुको पृष्ठभूमिका हिसाबले मात्रै नभइ पार्टी नेताको हिसाबले डिल हुने उनको भनाइ छ ।

    माओवादीबाट एमालेमा गएका नेताहरु पहिले कहिल्यै पनि बादलको पक्षमा नभएका कारण पनि बादललाई नेता मान्न अप्ठेरो भइरहेको छ ।

    माओवादीमा रहँदा टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साह लामो समयसम्म बाबुराम समूहमा थिए जसले कहिल्यै बादललाई नेता मान्न सकेनन् । लेखराज भट्ट लामो समय प्रचण्ड नजिक थिए जसले माओवादीभित्रैका थुप्रै उतारचढावमा कहिल्यै बादललाई साथ दिएनन् ।

    यो खेमाका एक पूर्वमन्त्री भन्छन्, ‘बादल हाम्रा नेता कहिल्यै थिएनन, हामी उनको पछि लागेर एमालेमा आएको पनि होइन, अनि किन बादलमार्फत ओलीसँग डिल गर्ने ?’

    ओलीसँग मागेका थिए ५ वटा मन्त्रालय

    नेताहरुका अनुसार मन्त्रिपरिषद विस्तारमा माओवादी पृष्ठभूमिका नेताहरुले ५ वटा मन्त्रालय मागेका थिए । नेता मणि थापाका अनुसार प्रधानमन्त्री ओलीलाई गैरसंसदबारे सर्वोच्चको अन्तिम आदेश आएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्ने माओवादी पृष्ठभूमिका नेताहरुको सुझाव थियो ।

    ‘सर्वोच्चबाट निर्णय भइसकेपछि मन्त्रिमण्डल पुनर्गठन गर्दा राम्रो हुन्थ्यो भन्ने हाम्रो राजनीतिक सुझाव रह्यो,’ थापा भन्छन्, ‘मुख्यतः सर्वोच्चको अन्तरिम आदेशले नै हामीलाई रोक्यो ।’

    तर, माओवादी पृष्ठभूमिका नेताहरुको यस्तो सुझाव अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ गरेनन् । जनता समाजवादी पार्टी -जसपा)का महन्थ ठाकुर पक्षका ११ जना सांसदलाई मन्त्री बनाएर मन्त्रिपरिषदलाई पूर्णता दिए ।

    ओलीले पूर्वमाओवादी खेमालाई बेवास्ता गर्दै अगाडि बढेपछि कतै ओलीका लागि उनीहरुको राजनीतिक औचित्य समाप्त भएको त हैन भन्ने आशंका हुन थालेको छ ।

    ‘एकताको कुरा छ । कहिलेकाहीँ अलि राम्रै पावर सेयरिङ भयो होला । त्यतिबेला हामीले ७ वटा मन्त्रालय पाउनु नराम्रो कुरा होइन,’ निवर्तमान मन्त्री दावा लामा भन्छन्, ‘अहिले जसपालाई ल्याउँदा थोरै पर्‍यो। यसलाई दोहोरो ढङ्गले हेर्नुपर्छ ।’

    अहिले दुई वटा मन्त्रालय मात्रै पाएको भए पनि मुलुकमा फेरि चुनाव हुने, चुनावमा टिकट पाउनुपर्ने, जित्ने माहोल बनाउनुपर्ने र फेरि मन्त्री हुने सम्भावनालाई ख्याल गरेर कदम चाल्नुपर्ने भएकाले सोही अनुसार अगाडि बढ्नुको विकल्प नभएको उनी बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑