• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देउवा र दाहाललाई एमाले मिल्ने डर, नेपाललाई फकाउन विपक्षीको दौडधूप !

  • वीरगंज संजाल
  • १ असार २०७८, मंगलवार ०६:३४
  • २२८१

    वीरगन्ज । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटन गर्दा र उनैले ७ जेठमा दोस्रोपटक विघटन गरेयताको राजनीतिक परिदृश्य धेरै फरक देखिएको छ।

    पहिलो पटकको विघटनमा नेकपा फुटिसकेको थिएन तर विवाद उग्र थियो। ओलीको कदम असंवैधानिक भन्दै पार्टी भित्र चर्को विवाद भयो। एकातिर नेकपा विवादले जरो गाड्दै थियो भने अर्कोतिर २०७५ जेठ २ मा विघटन भइसकेका एमाले र माओवादीलाई सर्वोच्चले प्राण हाल्दै थियो।

    पहिलो पटक ओलीले प्रतिनिधिसभा विघटन गर्दा सडक बेस्सरी तातिएको थियो। देशका कुना कुनाबाट सर्वसाधारण झिकाएर शक्ति प्रदर्शनको होड चलेको थियो।

    तर जेठ ७ यता त्यस्तो भएको छैन। विरोधमा सडक पनि तातिएको छैन। कोरोना भाइरस महामारीबीच ठूला-ठूला सभा नभए पनि विपक्षी गठबन्धनका नेताहरुको दौडधूप कम भएको छैन।

    संसद विघटन हुनेबित्तिकै सुरु भएको विपक्षी गठबन्धनको दौडधूप कहिले बूढानीलकण्ठ, कहिले कोटेश्वर त कहिले खुमलटारमा जारी छ। बरु विपक्षीलाई संकटमा पार्दै सरकार जोगाउने र सत्ता बचाउने खेलमा अहिलेसम्म केपी शर्मा ओली नै बलियो देखिएका छन्।

    देउवाको कोटेश्वर यात्रा !

    केही अघि बहुमत हस्ताक्षर दाबीसहित सरकारको नेतृत्व गर्न खुट्टो उचालेका कांग्रेस सभापति शेरबहादुर देउवाकहाँ अरु नेता धाउँथे। एमालेमा असन्तुष्ट माधवकुमार नेपालदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि देउवा निवास पानी पँधेरो भएको थियो।

    एमालेमा देखिएको आन्तरिक विवादबीच विपक्षी गठबन्धनको खाका पनि बूढानीलकण्ठमै बनेको थियो। देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालले पनि सघाउने योजनाले देउवा निवासमै मूर्तरूप पायो।

    माओवादी, कांग्रेस र जसपाको उपेन्द्र यादवसहित एमालेमा असन्तुष्ट नेपाल–झलनाथ खनाल समूहले बूढानीलकण्ठबाटै ओलीविरोधी विपक्षी गठबन्धनमा होमिएको थियो।

    विपक्षी गठबन्धन जुरमुराउँदै गर्दा एमालेको बढ्दो विवादले प्रदेश सरकार पनि धर्मराउन थाले। एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार त विपक्षीले ढालेरै आफ्नो पोल्टामा पार्न सफल भए।

    विपक्षीलाई डर

    गण्डकी सरकार ढल्दै गर्दा देउवा-दाहाल उत्साहित थिए। तर प्रदेश १, बागमती र लुम्बिनीमा एमाले एकढिक्का हुँदा उनीहरुमा चस्का परेको छ।

    एमाले एक भएर आगामी वर्षको नीति तथा कार्यक्रम पास गरेपछि दुवै नेताले माधव नेपाललाई पनि साथ लिएर चुनावी गठबन्धन बनाउन चाहेको योजनामा पनि धक्का लाग्न सक्ने अवस्था आएको छ।

    यता काठमाडौंमा दोस्रो तहका नेताहरुले पार्टीलाई मिल्ने दिशातिर लगेको संकेत नेपाल पक्षीय नेता योगेश भट्टराईले गरेका छन्। उनले एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा एमालेमा देखिएको विवाद एक सातामा सकारात्मक मोड लिएर अघि बढ्ने बताएका छन्।

    प्रदेशतिर मिलेर नीति तथा कार्यक्रम पारित हुँदै गर्दा त्यसको दबाब ओली-नेपाल दुवैतिर परेको छ। सर्वोच्च अदालतले कर्णालीका चार सांसदको पद फिर्ता गरिदिएपछि त्यहाँ पनि एमालेलाई एक ठाउँ ल्याउने कोसिस हुँदैछ। त्यही कोसिसबीच त्यहाँ माओवादी सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नै अड्किएको छ।

    प्रदेशदेखि काठमाडौंसम्म मिल्ने दबाब ओली-नेपालमा बढिरहेका बेला त्यसको झस्का विपक्षी गठबन्धनलाई परेको छ। एमाले मिल्ने संकेत बुझेपछि विपक्षी गठबन्धनका दुवै नेता देउवा र प्रचण्ड सोमबार आफैं नेपाल निवास कोटेश्वर पुगे। अन्य बेला देउवाले आफ्नो निवासलाई भेटघाटको केन्द्र बनाएका थिए। तर पहिलो पटक देउवा बूढानीलकण्ठबाट ओर्लिएर नेपाललाई फकाउन कोटेश्वर आइपुगे।

    एमाले मिल्न सक्ने झस्का पसेपछि कर्णालीको नीति तथा कार्यक्रम अड्किएकै दिन देउवा-दाहाल कोटेश्वर पुगेका हुन्। उनीहरुले ६ बुँदामा छलफल गरेको बताए पनि स्रोतका अनुसार देउवा-दाहालको मुख्य एजेन्डा कर्णाली र सुदूरपश्चिम थियो।

    कर्णालीमा माओवादीको नीति तथा कार्यक्रम अड्किँदा देउवा-दाहाल कोटेश्वरबाट फिरेपछि सुदूरपश्चिममा नेपालनिकट नेताहरुले ओलीनिकट सात सांसदलाई निलम्बन घोषणा गरेका छन्।

    एमाले मिल्ने झस्का पसेपछि सोमबार एकाएक विपक्षी गठबन्धन सक्रिय भयो। सोमबार दिउँसो ४ घण्टासम्म एमालेका नेताद्वय वामदेव गौतम र विष्णु पौडेलबीचको भेटले पनि त्यो शंकामा थप मलजल गरिदियो।

    त्यसपछि बूढानीलकण्ठबाट सोमबार साँझ हतार हतार देउवा कोटेश्वरतर्फ हानिए। कतिपयले यसलाई विपक्षी गठबन्धन कमजोर हुँदै गएपछि देखिएको ‘छटपटी’का रुपमा पनि टिप्पणी गरेका छन्। नेपाल निवासमा विपक्षी नेताहरुबीच भएको छलफलको तस्बिर बाहिरिएसँगै विभिन्न अड्कलबाजी सुरु भएका छन्।

    अविश्वासबाट सजग !

    आजको कोटेश्वर वार्तामा विभिन्न ६ बुँदामा छलफल भएको दाबी गरिएको छ। तर यथार्थमा कर्णाली र सुदूरपश्चिममै उनीहरु केन्द्रित थिए। आजको छलफलको तेस्रो बुँदामा भनिएको छ, ‘आपसी सम्बन्धबारे छलफल, एकआपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिवद्धता।’

    यसले एकआपसमा अविश्वास उत्पन्न हुने अवस्था पुगेको संकेत पनि गरेको छ। एमालेमा प्रदेशस्तरबाट मिल्न दबाब आउनु र ओलीले नेपालसहित अट्ने गरी स्थायी कमिटी बोलाउनुले विपक्षी गठबन्धन शंका हटाउन कोटेश्वर पुगेको स्रोत बताउँछ।

    उता, बागमती र प्रदेश १ मा एमालेको खनाल समूहले देखाएको अर्थपूर्ण सहभागिताले एमालेमा फेरि एकताको ढोका उघ्रिएको टिप्पणी सुरु हुन थालेका छन्। स्थायी कमिटीको बोलाएपछि जेठ २ को वरिपरि रहेर सहमति गर्न ओली ‘लचक’ भएको नेताहरुले बताउन थालेका छन्। त्यसो त नेपाल समूहले ओलीलाई साथ दिँदा आफूहरु समस्यामा पर्ने भएपछि कोटेश्वरस्थित नेपाल निवासमा यसबारे थप छलफल भएको हुनसक्छ।

    राजनीतिक अर्थ

    नेपालसहितको विपक्षी गठबन्धनले प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ। संवैधानिक इजलासमा उक्त रिटमाथि आगामी ९ असारबाट निरन्तर बहस हुँदैछ। अन्तरिम आदेश नआए पनि विपक्षीका नाममा सर्वोच्चले जवाफ मागिसकेको छ।

    यसबीचमा विपक्षी गठबन्धनका नेता निरन्तर भेटघाटमा जुटिरहेका छन्। यसअघि विपक्षीहरूको भेटघाट देउवा निवासमा भइरहँदा सोमबार एकाएक कोटेश्वरमा हुँदा धेरैको मनमा शंका उब्जाएको छ।

    विपक्षी गठबन्धन भत्काउन ओलीले अनेक प्रयासहरु नगरेका होइनन्। तर, उनीमाथि पार्टीमा देखिएको समस्याबीच प्रदेशदेखि तल्लो तहका नेताहरुले मिल्न दबाब दिइरहेका छन्।

    दबाब बढ्दै गएपछि एमाले मिलाउन ओली केही लचिलो बनेका हुन्। जेठ २ मा फर्किँदा पनि पार्टी संगठनमा आफैँ बलियो हुने निचोडसहित ओली यो निर्णयमा पुगेका बताइएको छ।

    गत बिहीबार मात्रै सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार सांसदमाथि एमालेको महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अस्वीकार गरेको थियो।

    त्यही निर्णयपछि नेता नेपालसहितलाई गरेको कारबाही पनि निष्क्रिय भएको छ। यो अवस्थामा नेपाल पनि ओलीतिरै जाने ‘भय’ भने प्रचण्ड-देउवामा देखिएको छ। त्यही कुरा आजको दौडधूपले प्रष्ट पारेको ओलीनिकट एकजना एमाले नेता बताउँछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑