वीरगंज ।कोरोनाको कारण हालसम्म यस प्रदेशमा ९ सय ५४ जनाको मृत्यु भएकोमा दोस्रो चरणमा मात्र ७ सय ४५ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाले बताए ।पहिलो चरणमा २ सय ९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। जसमा पर्सामा सबैभन्दा बढी ५१ जनाको मृत्यु भएको थियो भने एकजना भारतीय नागरिकको मृत्यु भएको थियो।
कोरोनाको दोस्रो लहरमा हालसम्म सबैभन्दा बढी बारामा १ सय ४१ जनाको मृत्यु भएको छ। त्यसपछि रौतहटमा १ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार सप्तरीमा ९९, धनुषामा ९९, सर्लाहीमा ७६, पर्सामा ७६, महोत्तरीमा ७३ र सिरहामा ६७ जनाको मृत्यु भएको छ।
कोरोनोको दुवै लहरमा गरी हालसम्म ९ सय ५४ जनाको मृत्यु भएको छ, जसमा सबैभन्दा बढी बारामा १ सय ६५ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयका निर्देशक झाले बताए। त्यस्तै सप्तरीमा १ सय ४०, पर्सामा १ सय २७, धनुषा १ सय २४, रौतहटमा १२४, सिरहामा ९२, महोत्तरीमा ९१ र सर्लाहीमा ९० जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
प्रदेश २ मा पछिल्लो केही दिनदेखि कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ भने हाल यस प्रदेशमा ८ हजार ५ सय ५० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्।