• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओलीकै गफ जस्तो बन्यो प्रधानमन्त्री रोजगार कार्यक्रम

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७८, सोमबार १०:३२
  • २३०५

    वीरगन्ज । रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर माथि उकास्ने मुख्य उद्देश्यका साथ सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । यस कार्यक्रमका लागि विनियोजित बजेट सही ठाउँमा उपयोग हुन नसक्दा यसको प्रभावकारिता न्यून देखिएको हो । यो कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सभाहरुमा दिने गरेका हास्यप्रधान गफ जस्तै भएको टिकाटिप्पणी हुने गरेको पाईन्छ ।

    सरकारले यसलाई ठूलो उपलब्धीको रुपमा लिए पनि आम जनता भने यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिएको छैन । प्रधानमन्त्री रोजगार  कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्नेलगायतका काममा खर्च भइरहेको छ । सो कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्षमा ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तीमध्ये १० अर्ब ३४ करोड रुपैयाँ ज्यालामा खर्च हुने लक्ष्य लिएको थियो ।

    सो कार्यक्रमको विनियोजित बजेटबाट सरकारले २ लाख बेरोजगार युवालाई १०० दिनको रोजगारी प्रदान गर्ने लक्ष्य लिएको थियो । तर, चालु आर्थिक वर्षमा २ लाख बेरोजगार युवालाई रोजगारी दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय असफल भएको छ । सरकारले बजेट विनियोजन गरेको करिब ११ महिना बित्नलाग्दा पनि हालसम्म ९२ हजार १०८ जनाले मात्रै औसत १५ दिनको रोजगारी पाएको मन्त्रालयको तथ्याँक छ । चालु आवमा मुलुकभर ७ लाख ५३ हजार २१६ बेरोजगार युवाले रोजगारीका लागि मन्त्रालयमा सूचिकृत गराएका थिए । तीमध्ये ४ लाख ३४ हजार १९४ पुरुष, ३ लाख १८ हजार २४५ महिला र १४१ अन्य रहेका छन् ।

    चालु आर्थिक वर्षमा ७ लाख बेरोजगार युवाले आवेदन दिएको भएपनि सरकारले २ लाखलाई मात्र रोजगार दिने लक्ष्य लिएको थियो । तर, उक्त लक्ष्य हासिल गर्न नससकिएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणका कारण प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रधानमन्त्री रोजगार कार्यक्रम पनि प्रभावकारी हुन सकेको छैन् । आर्थिक वर्ष पनि सकिनै लागेको तर कोरोनाको महामारी कहिलेसम्म रहन्छ भन्ने यकीन नहुँदा यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कतिले रोजगारी पाउँछन् भन्ने विषयमा अन्यौलता थपिएको मन्त्रालयको भनाइ छ । केही स्थानहरुमा भने कोरोना संक्रमणकाबीच पनि कामहरु भइरहेको मन्त्रालयले जनाएको छ ।

    सरकारले देशभरका ७ सय ५३ स्थानीय तहमा सो बजेट विनियोजन गरे पनि स्थानीय तहको खर्च भने निराशाजनक रहेको छ । देशभरका स्थानीय तहहरूबाट चालु आवमा ११ हजार १५७ वटा आयोजनाहरू प्रस्ताव गरेको थियो । सो आयोजनाका लागि ७ अर्ब ९९ करोड बजेट समावेश गरेको थियो । तर, हालसम्ममा कार्यक्रमतर्फको कुल बजेट ४० करोड ४२ लाख रुपैयाँ खर्च भएको छ भने ७८ करोड ८३ लाख रुपैयाँ रोजगारीमा खटिएका श्रमिकलाई ज्याला रकम वितरण गरेको छ । जुन विनियोजित बजेटको कार्यक्रम तर्फ ५ प्रतिशत र ज्याला तर्फ झन्डै १० मात्र खर्च भएको छ । यसले यस कार्यक्रमको प्रभावकारिता अत्यन्त न्यून रहेको पुष्टि भएको छ ।

    कुन–प्रदेशमा कति बजेट खर्च ?

    प्रदेश नं १ः चालु आर्थिक वर्षमा यो प्रदेशबाट रोजगारीका लागि सूचिकृत गराएका ९९ हजार ७६७ बेरोजगार युवामध्ये १७ हजार ३८० जनाले औसत २१ दिनको रोजगारी पाएका छन् । उनीहरुले कुल ३ लाख २० हजार दिन काम गरेका छन् । यसका लागि कार्यक्रमतर्फ कुल ३० करोड ३४ लाख र श्रमिकको ज्यालातर्फ  ९ करोड ९७ लाख रुपैयाँ खर्च भएको बताइएको छ । चालु आवमा सो प्रदेशबाट एक हजार ८२७ वटा आयोजनाका लागि कुल १ अर्ब ६३ करोड १८ लाख बजेट विनियोजन गरिएको थियो ।

    प्रदेश नं २ः यो कार्यक्रमका लागि यो प्रदेशबाट रोजगारीका लागि सूचिकृत भएका ८३ हजार ५८ बेरोजगार युवामध्ये ३ हजार १५४ जनाले औसत ६ दिनको मात्र रोजगारी पाएका छन् । उनीहरुले कुल १७ हजार ८ सय दिन काम गरेको तथ्याँक छ । यो प्रदेशबाट ८४५ आयोजनाका लागि ७८ करोड ५२ लाख रुपैयाँ बजेट समावेश भएको थियो । त्यसमध्ये कार्यक्रमतर्फ कुल २ करोड ७० लाख र श्रमिकको ज्यालातर्फ २३ लाख १३ हजार रुपैयाँ मात्र खर्च भएको मन्त्रालयले जनाएको छ ।

    वाग्मती प्रदेशः यो प्रदेशबाट रोजगारीका लागि सूचिकृत भएका ९८ हजार ७६७ बेरोजगार युवामध्ये १० हजार ६५३ जनाले औसत २१ दिनको रोजगारी पाएका छन् । उनीहरुले कुल २ लाख २६ हजार दिन काम गरेका छन् । यो प्रदेशमा एक हजार ७२७ वटा आयोजनाका लागि १ अर्ब २८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । तीमध्ये कार्यक्रमतर्फ ३३ करोड २२ लाख र श्रमिकको ज्यालातर्फ ७ करोड ३६ लाख रुपैयाँ खर्च भएका छन् ।

    लुम्बिनी प्रदेशः यो प्रदेशबाट रोजगारीका लागि सूचिकृत भएका १ लाख १४ हजार ५९७ बेरोजगार युवामध्ये हालसम्म १४ हजार २८६ जनाले औसत १४ दिनको रोजगारी पाएका छन् । उनीहरुले २ हजार २९ वटा आयोजनामा २ लाख १४ हजार दिन काम गरेका छन् । सो आयोजनाका लागि कुल १ अर्ब २२ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो । तीमध्ये कार्यक्रमतर्फ ७ करोड २१ लाख र खटिएका श्रमिकको ज्यालातर्फ ४५ करोड ४ लाख रुपैयाँ खर्च भएको मन्त्रालयको तथ्याँकमा उल्लेख छ ।

    गण्डकी प्रदेशः यो प्रदेशबाट रोजगारीका लागि सूचिकृत भएका ५९ हजार २४१ बेरोजगार यूवामध्ये ६ हजार २५३ जनाले औसत १८ दिनको रोजगारी पाएका छन् । उनीहरुले कुल १ लाख १५ हजार दिन काम गरेको तथ्याँक छ । चालु आवमा सो प्रदेशबाट १ हजार १२ आयोजनाका लागि कुल १ अर्ब  ७३ करोड ६८ लाख रुपैयाँ विनियोजन भएको थियो । तमिध्ये श्रमिकको ज्यालातर्र्फ  ३ करोड ९५ लाख रुपैयाँ वितरण गरेको छ ।

    सुदूरपश्चिम प्रदेशः यो प्रदेशबाट रोजगारीका लागि सूचिकृत भएका एक लाख ५५ हजार ६२ बेरोजगार यूवामध्ये हालसम्म २३ हजार ५२१ जनाले औसत १४ दिनको रोजगारी पाएका छन् । उनीहरुले ३ लाख ३३ हजार ५८४ दिन काम गरेबापत ६ करोड ७७ लाख रुपैयाँ ज्याला प्राप्त गरेका छन् । चालु आर्थिक वर्षमा यो प्रदेशबाट कुल २ हजार ५३ आयोजनाका लागि १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्ममा कुल खर्च ६ करोड रुपैयाँ मात्र भएको छ ।

    कर्णाली प्रदेशः यो प्रदेशबाट रोजगारीका लागि सूचिकृत भएका १ लाख ४३ हजार ३२ बेरोजगार युवामध्ये हालसम्म १६ हजार ८९७ जनाले औसत ९ दिनको रोजगारी पाएका छन् । सो श्रमिकका लागि ४ करोड ५९ लाख रुपैयाँ ज्याला रकम वितरण भएको छ । गरिसकेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशबाट कुल १ हजार ६२७ आयोजनाका लागि ९६ करोड ६८ लाख ७० हजार रुपैयाँ विनियोजन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑