• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिका चीनसँग युद्धका लागि तयार छैन

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७८, सोमबार १२:५५
  • २९६५

    वीरगन्ज । शीतयुद्धको अन्त्य यता अमेरिकाले आफ्नो सैन्यमा १९ खर्ब डलर खर्च गरेको छ । यो चीनको सैन्य खर्चभन्दा १६ खर्ब डलर बढी हो । यो सोही अवधिको बाँकी विश्वको सैन्य क्षेत्रको खर्च कुल खर्च बराबर हो ।धरैजसो सैन्य विश्लेषकहरुको विचारमा संयुक्त राज्य अमेरिकाले गर्न सक्ने विनाशकारी युद्धहरु छोडेको छ । गत मार्चमा अमेरिकी सेनाका इन्डो-प्यासिफिक क्षेत्रका कमाण्डर एडमिरल फिलिप डेबिटसनले आउँदो ६ वर्षभित्र चीनको सैन्य क्षमता अमेरिकाको भन्दा बढी हुने र यसले पूर्वी एशियाको स्थितिमा जबरजस्त परिवर्तन ल्याउन सक्ने चेतावनी दिएका थिए ।

    त्यसअघि नै एक पेन्टागन अधिकारी सन् २०१९ मा अमेरिकाले विस्तारै आफ्नो सैन्य प्रभुत्व चीनलाई सुम्पिन थालेको टिप्पणी गरेका थिए । जबकि धेरै अनुसन्धानकर्ता तथा विश्लेषकले यो निष्कर्ष निकालेका थिए कि यदि चीन ताइवानमाथि विजय हासिल गर्न चाहन्छ भने त्यसमा तगारो हाल्ने अमेरिकी सेनाको प्रयासलाई चिनियाँ जनमुक्ति सेनाले पंगु बनाइदिन सक्दछ ।

    परम्परागत बुझाई यही रहँदै आएको छ कि यो भयानक आँधी अमेरिकाको पतन र चीनको उदयको अपरिहार्य नतिजा हो । तथ्यमा हेर्दा, त्यस्तो केही भएको देखिन्न । अमेरिकासँग चीनको सैन्य विस्तारलाई प्रतिवाद गर्न अथाह स्रोत साधन र उचित रणनीति छ । अहिले अमेरिकी प्रतिरक्षा संस्थापनले त्यो रणनीति अवलम्बन गर्न सुस्तता अपनाइरहेको छ । त्यसको साटो स्रोतसाधनलाई कम महत्वपूर्ण मिसनहरुमा बर्बाद गरिरहेको छ ।

    वासिङ्टनको वर्तमान सैन्य ढंगले खासै अर्थ राख्दैन, तर राजनीतिक ढंग राख्दछ र यो राम्रो भइरहन सक्दछ । इतिहास हेर्ने हो भने, शत्रुहरुले युद्ध मैदानमा आफ्नो कमजोरी उदाङ्गो पारेपछि मात्र अमेरिकाले आफ्नो तरिका सुधार गर्ने गरेको छ । अमेरिका फेरि एकपटक ठीक त्यस्तै विपत्तिउन्मुख छ । यो कोर्स परिवर्तन गर्न बाइडेन प्रशासनले सेनालाई अन्य मिसन घटाउन र चीनलाई रोक्ने काममा केन्द्रित हुन आदेश दिनु पर्दछ ।

    त्यस्ता आदेशहरु प्रतिरक्षा बजेट तथा राष्ट्रिय प्रतिरक्षा नीतिमा अभिव्यक्त हुनु पर्दछ । यस बाहेक, बाइडेन प्रशासनले प्रशान्त क्षेत्र निवारण प्रयासलाई अझ धेरै सहयोग गर्नु पर्दछ । यो कार्यक्रमले एशिया क्षेत्रमा अमेरिकी प्रतिरक्षा परिधिलाई प्वाल पर्न दिने छैन । यदि अमेरिकाले चीनमाथि हावी हुने यो सैन्य अवसरलाई उपयोग गरेन भने फेरि अर्को मौका नपाउन पनि सक्दछ ।

    औसत मानिसको विश्वास विपरित अमेरिकासँग चिनियाँ नौसैनिक विस्तारको मापन गर्ने साधन छ । चीनको सैनिक खर्च दशकौंदेखि बढाइँदैछ । तर, जति नै बढाएको भए पनि अमेरिकाले आफ्नो आन्तरिक सुरक्षा खर्चलाई कटाएर नौसेना र तैराकीमा गरेको खर्च मात्र पनि चीनको कुल सैन्य खर्चभन्दा धेरै छ । अमेरिकी लडाकु एकाईले अमेरिका-चीन युद्धको भार बोक्न सक्दछन् तर चीनले पनि सक्दछ ।

    चीनको सिमाना जल र स्थलमार्गबाट १९ देशसँग जोडिन्छ । ती मध्ये १० वटासँग बेइजिङको भू-भाग सम्बन्धी विवाद छ । यी सीमा क्षेत्रमा गस्ती गर्न चीनलाई सयौं हज्जार टुकडी चाहिन्छ । चीनको कुल रक्षा बजेटको झण्डै एक तिहाई त यसै काममा खर्च हुन्छ । यद्यपि पूर्वी एशियामा युद्ध भएमा चीनले गृह मैदानको फाइदा पाउने छ । तर, उसका चुनौतिहरु त्यति कारणले मात्र कम हुने छैनन् । जस्तो कि ताइवानबारे सोचौं, त्यहाँ जित्न चीनले पुरै नियन्त्रणमा लिन सक्नु पर्दछ तर अमेरिकाले चीनलाई हावाकावा मात्र बनाए पुग्छ, जुन नियन्त्रण गर्नु भन्दा धेरै सजिलो काम हो ।

    यी उपलब्ध सुविधालाई उपयोग गर्दै चीनलाई कसरी रोक्ने भन्ने विषयमा विज्ञहरुबीच खासै मतभेद छैन । युद्धको समय पर्खिनु र त्यसपछि पूर्वी एशियामा विमान उडाउनु भन्दा अमेरिकाले चीनको तटवर्ती समुन्द्र र सहयोगी इलाका नजिकै क्षेप्रास्त्र प्रक्षेपण, सशस्त्र ड्रोन र उच्च प्रविधि स्थापना गर्न सक्थ्यो । यस्ता उत्परिर्वतन सञ्जालले चीनलाई या त सैन्य तटस्थीकरणतिर लाने थियो या त सम्भावित युद्ध समाना गर्न तयारी हुने थियो ।

    रक्षा विश्लेषकहरुले यस्तो दृष्टिकोण प्रस्तुत गर्न थालेको एक दशक बढी भइसक्यो । तर,अमेरिकाले अझै आधार क्षेत्रमा कमै युद्ध तयारी गरेको छ । अमेरिकी क्षमता ठूला युद्धपोत र छोटो दुरीका लडाकु विमानमा निर्भर गर्दछ जबकी चीन हवाई र क्षेप्रास्त्र आक्रमण ध्वंस्त पार्न सक्ने क्षमतामा निर्भर छ । अमेरिकाले अझै यो प्रणालीलाई सच्याएको हैन, बरु आफ्ना साझेदारहरुलाई निर्यात गरिरहेको छ । यस्ता समस्या माथिल्लो तहबाटै शुरुवात भएका छन् र तलतिर बगेका छन् । शीतयुद्धको अन्त्यसँगै अमेरिकी राष्ट्रपतिहरुले रक्षा विभागलाई सबै अधिकार दिँदै आए ।

    समस्या माथिबाट शुरुवात भएको हो भने समाधान पनि त्यहीबाट हुनुपर्दछ । राष्ट्रपति जो वाइडन र रक्षामन्त्री लियोड अस्टिनले पेन्टागनलाई चीन केन्द्रित उच्च–सघनता अपनाउन भन्नै पर्छ, विशेषतः ताइवानको सवालमा, जहाँ युद्धको सम्भावना धेरै छ, अन्यत्र हाम्रो मिसनलाई न्यूनीकरण गर्न वा निर्मूल गर्न पर्दछ । यी चिज वाइडेन प्रशासनको बजेट र राष्ट्रिय सुरक्षा नीतिको परिमार्जनबाट प्रस्तावित हुनु पर्दछ ।

    सन् २०१८ को राष्ट्रिय सुरक्षा नीतिले ठूलो शक्ति संघर्षलाई प्राथमिकीकरण गर्दछ तर अमेरिकाको एशिया मिसन संचरनालाई जीवन्त बनाउँदैन । बाइडेन प्रशासनको पहिलो आवश्यकता नै गैरमहत्वपूर्ण कार्यमा सैन्य स्रोत खर्चिने फोहोरी कामलाई चिन्नु र चीन केन्द्रित बनाउनु हो । यो कार्यको पहिलो चरण विश्वभरि उपस्थिति मिसनका लागि परिचालन गरिएका सैन्य टुकडीहरु निश्चित सैन्य उद्देश्यको लागि केन्द्रीकृत गर्नु हो । आश्वासनदायी सहयोग र झन्डा देखाउने उपस्थिति अर्थहीन हैनन्, तर यस्ता कामका लागि कुनै युद्ध समूह चाहिन्न, विभागले नै गर्न सकिन्छ ।

    दोस्रो– वाइडन समूहले एशियामा सकेसम्म धेरै वायु तथा नौसैनिक शक्ति पुनः तैनाथ गर्नु पर्दछ । अमेरिकाले एक दशक अघि नै त्यहाँ एक धुरी घोषणा गरेको थियो । तर, उसका ठूला साधन र संयन्त्र भने छरिएकै थिए । उदाहरणका लागि अमेरिकाले सामान्य हतियारधारी मध्यपूर्वका आतंककारीलाई अक्रमण गर्न नियमित उन्नत योद्धा प्रयोग गर्दछ । इरानमा विमानवाहक तथा बमबर्षक पठाउँछ । यस्तो स्थितिले सैन्य तत्परतालाई ढाकछोप गर्दछ र इन्डो–प्यासिफिक क्षेत्रमा कमाण्डलाई कमजोर बनाएको छ ।

    अन्तिम कुरा–बाइडेन प्रशासनले गैरसैनिक मिसनलाई निजामति प्रशासनलाई जिम्मा दिनु पर्दछ । जस्तो कि लागू औधष नियन्त्रण लागू औषध प्रशासन, सीमा नियन्त्रण सीमा प्रशासनलाई दिन सकिन्छ । यस्ता कार्यले अमेरिकी सेनाको क्षमतालाई अझ केन्द्रित र अभिवृद्धि गर्दछ ।देशको यति ठूलो कर्मचारीतन्त्र सुधार गर्न सजिलो छैन, तर असम्भव पनि छैन । सेना भनेको प्रष्ट पदसोपानक्रम भएको औपचारिक प्राधिकार हो । बजेट र संगठन नियन्त्रणमार्फत् राष्ट्रपति र रक्षामन्त्रीले निर्देशन दिने हो भने लागू नहुने कुरा छैन । राष्ट्रपति र रक्षामन्त्रीले यस प्रक्रियामा पक्कै केही आन्तरिक धम्की सामना गर्नु पर्ला तर, अग्रपंक्तिका सुरक्षाकर्मीलाई राजनीतिक प्रोत्साहन गर्ने अवसर उनीहरुसँग छँदैछ । सिद्धान्ततः सम्भाव्य सुधारहरु व्यवहारमा प्राप्त गर्न उच्चस्तरको नेतृत्व चाहिन्छ ।

    फरेन अफेयर्सबाट संक्षेपीकरणसहितको भावानुवाद ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑