वीरगन्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ।