वीरगन्ज । दाँतले अनुहारको सौन्दर्यतालाई झल्काउछ । सौन्दर्यको लागि मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ । दाँतले चपाएरै खानेकुरा खाइन्छ । दाँत सफा, बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ । विहान उठ्ने बित्तिकै र राति सुत्नु अगाडी दाँत माझ्ने गर्नुपर्छ । दाँतलाई सधै सफा र स्वस्थ राख्नका लागि यसो गर्नुहोस् ।
-दुई बर्ष भन्दा कम उमेरको बच्चा छ भने पानीले कपास भिजाएर उसको गींजा नियमित सफा गरिदिनुपर्छ ।
-बच्चा २ बर्ष पुगे पछि चाहिँ नरम ब्रसको प्रयोग गरी दाँत माझ्न लगाउँनु पर्छ ।
-नियमित रुपमा दन्त चिकित्सक संग चेक जाँच गराईराख्नुपर्छ ।
-विस्कुट, चकलेट, टाँसिने खालका पदार्थले दाँतलाई असर गर्दछ । तेसैले यस्तो पदार्थ सेबन पछि तुरुन्त मुख कुल्ला गर्ने गर्नुपर्छ ।
-हरियो सागपात, रेसायुक्त खानेकुराले दाँत र हड्डीलाई बलियो राख्छ । सन्तुलित आहारमा हामीले प्रोटिन, मिनरल, भिटामीन आदिलाई विशेष जोड दिनुपर्छ ।
-दाँतलाई मजबुत र सेतो बनाउन कम्तीमा दिनको दुईपटक ब्रस गर्ने ।
-भिटामिन सी पाइने बस्तुले दाँत स्वस्थ्य राख्ने हुदाँ ती बस्तु खानु फाइदाजनक हुन्छ ।
-बढी गुलियो, ज्यादै तातो, चिसो र कडा बस्तु खानाले हाम्रो दाँतलाई नोक्सान गर्दछ ।तेसैले यस्तो कुरा खादा बिशेस ध्यान दिनुपर्छ ।
-टुथब्रसलाई नियमितरुपमा परिवर्तन गर्नुपर्छ । ३ महिनाको अन्तरालमा त्यसलाई परिवर्तन गर्न ठीक हुन्छ । यदी ब्रस बिग्रेको जस्तो लाग्यो भने बिचैमा परिवर्तन गर्नुपर्छ । सकेसम्म राम्रो गुणस्तरको ब्रस प्रयोग गर्नुपर्छ ।
-जिब्रोलाई सफा राख्ने गर्नुपर्छ । किनभने यसले तपाईंको सासलाई मात्र ताजा नराखेर, यसले दाँतलाई असर गर्ने ब्याक्टेरिया पैदा हुनबाट पनि रोक्छ ।