• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०७८, आईतवार २०:५३
  • २३३७

    वीरगन्ज । विज्ञान शिक्षक समाज नेपाल र यूनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहकार्यमा ‘विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१’ आयोजना हुने भएको छ ।यस प्रतिस्पर्धामा प्रत्येक विद्यार्थीले आफैंले निर्माण गरेको विज्ञान परियोजनाको विस्तृत जानकारी सहितको एउटा भिडियो बनाई तल दिइएको फर्म मार्फत अपलोड गर्नुपर्नेछ ।सहभागीले नेपाली परिवेश र विश्व परिवेशमा विकास भएका विज्ञान र प्रविधिका विविध क्षेत्रहरू र सिद्धान्तहरूलाई समेटेर विद्यालय स्तरीय पाठ्यक्रमसँग मेलखाने खालका वैज्ञानिक सिकाई सामग्री निर्माण गर्नु पर्नेछ ।

    प्रतियोगी परियोजना परिमार्जित स्वरूप वा नवप्रवर्तन वा विल्कुलै नयाँ आविष्कार हुनुपर्नेछ । भिडियो मोबाइल वा अन्य क्यामेराले खिच्न सकिनेछ । कुनै पनि माध्यमबाट खिचिएको भएपनि भिडियो नबिग्रिएको, नअड्किने, नहल्लिएको, सफा प्रष्ट बुझिने र परियोजना केन्द्रित भएको हुनुपर्ने आयोकजकले जनाएको छ ।यस कार्यक्रममा सहभागी हुन भिडियो सहितको फारम आगामी असार १० गते साँझ ५ बजेभित्र बुझाई सक्नुपर्ने आयोजक समितिले बताएका छ ।

    निर्धारित मिति भन्दा पछि आएका भिडियोहरू प्रतिस्पर्धामा समावेश हुन पाउने छैनन् । परियोजना निर्माण प्रक्रिया २ मिनेट, परियोजनाको विस्तृत विवरण २ मिनेट र अन्य उल्लेख गर्नै पर्ने कुरा र उपसंहार १ मिनेट गरी कुल भिडियोको लम्बाई बढीमा ५ मिनेटको हुनुपर्नेछ ।भिडियो नेपाली, अंग्रेजी वा दुवै भाषामा बनाउन सकिने छ । भिडियो बनाउँदा प्रतियोगी आफैले बोलेको प्रस्तुति हुनुपर्नेछ तर म्यूट भिडियो भएमा साङ्केतिक प्रष्टता हुनुपर्नेछ ।

    यस प्रतियोगितालाई दुई चरणमा सञ्चालन गरिने छ । यसमा प्रादेशिक छनौट र केन्द्रीय प्रतिस्पर्धा गरेर दुई चरणमा उत्कृष्ट प्रोजेक्टहरु छनौट गरिने भएको छ ।यस प्रतिस्पर्धामा आफ्नो प्रदेशमा रहेका जुनसुकै विद्यालयका कक्षा १० (हाल एसईई २०७७ मा सामेल भएका समेत) सम्मका जति विद्यार्थीहरु पनि समावेश हुन पाउनेछन् । तर प्रत्येक विद्यार्थीले भने छुट्टाछुट्टै फारम भर्नुपर्ने हुन्छ ।यो प्रतियोगितामा टिमसँग नभई एकल सहभागी हुनुपर्दछ । एक परियोजनाका लागि एक जना मात्र विद्यार्थी प्रतियोगी हुनुपर्ने र एक जनाको एउटा मात्र विज्ञान परियोजनाको भिडियो प्रतिस्पर्धामा सामेल हुनेछ ।

    यस कार्यक्रमका निम्ति प्रत्येक विद्यार्थीले आफैंले निर्माण गरेको विज्ञान परियोजनाको विस्तृत जानकारी सहितको एउटा भिडियो बनाई नियमानुसार तल दिइएको फर्म मार्फत अपलोड गर्नुपर्ने हुन्छ ।भिडियोको फाइल साइज करिब ३०० एमबीको हुनु पर्ने आयोजकले जनाएको छ । साथै भिडियोको फाइल फर्म्याट भने एमपी फोर फाइल वा अन्य भिडियो फर्म्याटको हुनुपर्छ । प्रत्येक प्रदेशको मूल्यांकन समितिले भिडियो पठाएका प्रतिस्पर्धीबाट दुईवटा परियोजना छनौट गरी केन्द्रीय प्रतिस्पर्धाका लागि सिफारिस गर्ने आयोजकले बताएको छ ।

    पहिलो चरणमा छनौट भई सिफारिश भएका प्रत्येक परियोजनाको एक प्रतियोगी विद्यार्थी र सम्बन्धित विद्यालयको एक जना विज्ञान शिक्षक समेत कोभिड परिस्थिति अनुकुल भएमा तोकिएको मितिमा काठमाडौं आउनुपर्ने वा नभएमा तोकिए बमोजिम प्रतियोगी सामग्री सहित स्वयं उपस्थित भई केन्द्रीय प्रतिस्पर्धामा सहभागी हुनुपर्नेछ ।प्रादेशिक रुपमा छनौट भई आएका सातै प्रदेशका १४ प्रतिस्पर्धी विद्यार्थी र निजका १४ विज्ञान शिक्षकलाई समेत काठमाडौं आउने,जाने, बस्ने र खानेको व्यवस्था आयोजकले मिलाउने छ ।

    केन्द्रीय प्रतिस्पर्धाको कार्यक्रम काठमाडौंमा आयोजना गरिनेछ वा समय सापेक्ष तय गरिए बमोजिम आयोजना हुनेछ । केन्द्रीय प्रतिस्पर्धामा प्रत्येक प्रदेशबाट छनौट भई सिफारिश भएका २ प्रतियोगी गरी सातै प्रदेशका जम्मा १४ परियोजनाबिच मात्र प्रतिस्पर्धा गराइने भइएको छ ।केन्द्रीय प्रतिस्पर्धाका लागि गठित मूल्याङ्कन समितिले तय गरिएका आधार बमोजिम मूल्याङ्कन गरी उत्कृष्ट चार प्रतिस्पर्धीलाई प्रथम, दोस्रो, तेस्रो र चौथो घोषणा गरिने छ ।कार्यक्रममा प्रमाण पत्र सहित प्रथम हुनेले १० हजार, दोस्रोले ८ हजार, तेस्रोले ६ हजार र  चौथाले  ४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसमा सहभागी हुन फारम भर्नलाई यहाँ क्लिक गर्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑