• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जेठ २ तिर फर्कँदै ठिक : न मन्त्रीको भीड, न कोभिड !

  • वीरगंज संजाल
  • २९ जेष्ठ २०७८, शनिबार १२:३५
  • ४००९

    बीरगन्ज। आफू अगाडिको ऐनातिर मात्रै फर्कने केपी ओलीको मुन्टो कसोकसो यो पालि जेठ २ मा फर्कन्छु भनेर हल्लियो । अब मुन्टो हल्लाउने पालो थियो झलनाथ खनाल र माधवकुमार नेपालको । तर उनीहरुको सधैं हल्लिने मुन्टो बूढानीलकण्ठ र खुमलटारमा पुगेर सोझो भइसकेको थियो । त्यसैले, उनीहरुले बालुवाटारतिर आँखा फर्काएनन्, मुन्टो लर्काएनन्, बरु पिठ्यूँ फर्काइदिए । सधै बाँसको लौरो जस्तो सोझो ओलीको मुन्टो बल्लतल्ल फर्कन खोज्यो, तर सधैं हल्लिरहने नेपाल र खनालको मुन्टो चाहिँ उताको उतै भयो । यो देखेपछि जेठ २ मा फर्कन पाइएला भनेर आकासमा कावा खाइरहेको एमाले कार्यकर्ताको आश प्वाँख झरेको चीलझै फत्रक्क भुइँमा झर्यो र कक्रक्क परेर मर्यो।

    जेठ २ मा मात्रै फर्कन पाएको भए देशमा के मात्रै हुँदैन थियो ? एकपटक तपाईं आफूलाई जेठ २ मा फर्काएर हेर्नुस् त । २०७५ को जेठ २ अर्थात आजभन्दा ठ्याक्कै तीन वर्षअघिको समय र जिन्दगी । न कोरोनाको डर, न निराशाको घर । देशले काँचुली फेर्ला भन्ने रहर, आश्वासनको पोको बाँड्दै सिंहदरबार छिरेका ओलीको भर । न टिपनटापन पारेर थुपारिएका मन्त्रीको ताँती, न सरकारी टीभीमा रमिता भाँतीभाँती । ओलीले केही गर्लान् भन्ने आस, मनमा सुख र समृद्धिको बास ।

    तीन वर्षअघिको जेठ २ । भर्खरभर्खर बनेको ओली नेतृत्वको सरकार । सुखी नेपाली, समृद्ध नेपालको नारा लिएर एक हुन लागेका एमाले र माओवादी । मिलेर चुनाव लडेका उनीहरुका जुरुकजुरुक बनाउने भाषण र फुरुकफुरुक पार्ने घोषणापत्र । भारत र चीनबाट अहिले नै  रेल आउलाजस्तो । गण्डकी र कोशीबाट छिरेको पानीजहाज घर छेउकै खोलासम्म आउलाजस्तो । काम र दाम भएन भनेर झोक्राएर बस्नुपर्ने दिनको अन्त्य भइसकेको जस्तो ।  जता फर्क्याे, उतै सुख । जता हेर्यो उतै विकास । दुःखपीर, चिन्ता, बेथीति, भ्रष्टाचार, अनियमितता के हो भनेर इतिहासमा खोज्नुपर्ला जस्तो लाग्ने ती घमाइला दिन ।

    एक/दुई जना वरिष्ठ नेताका छोरी, ज्वाइँ, सालासालीसम्म प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य भएको देख्नुबाहेक श्रीमान श्रीमती आलोपालो मन्त्री हुन्छन् भन्ने कल्पना समेत गर्न नपर्ने । दर्जनौँपटक मन्त्रिपरिषद् हेरफेर गरेर ओलीले आफ्नै अनुहार केरमेट गरेको देख्नै नपर्ने । ओली आएर पो के भयो र भनेर पछुतो मान्नुको सट्टा ओली आए अब केही हुन्छ भनेर सम्झँदै गदगद हुन पाइने ।

    तीन वर्ष अघिको ती दिन सम्झँदा त्यसैत्यसै उफ्रौँ उफ्रौँ लाग्ने । घरको छानामाथि चढेर उडौँउडौँ लाग्ने । हामीलाई मात्र हो र, प्रचण्ड, नेपाल र खनालका लागि पनि ती दिन कति सुनौला थिए । मिर्गौला नफेरेका बिरामी ओली । मिर्गौला फेरेर यस धरतीमा फिर्छन् भनेर कसरी कल्पना गर्ने ? जुँगा काला पार्लान् भन्ने, मिर्गौलासँगै बातैपिच्छे बोली पनि फेर्छन् भन्ने त दाहाल र नेपालले सपना पनि देखेका थिएनन् । एमाले र माओवादी मिलेर बनेको जम्बोजेट जत्रो पार्टीलाई कसले हल्लाउन सक्ने ? बिरामी ओलीलाई अहिले क्याप्टेनको सिटमा राख्न पाए अलि दिनपछि पालैपालो आफैँ त्यहाँ बस्न पाइने । ठूलो पार्टीको नेतृत्व गरेर हालीमुहाली गर्न पाइने । मिर्गौला नफेर्दासम्म ओली के हो के हो, त्यसपछि मै हो भनेर मुख मिठ्याएर बस्न पाइने ।  कम्ता रमाइला थिएनन् प्रचण्ड, नेपाल र खनालहरुका लागि ती दिन ।

    केन्द्रदेखि प्रदेशसम्म यस्तो गाईजात्रा हुन्छ भनेर त्योबेला कसले सोचेको थियो ? कांग्रेस अब सकियो भनेर भाषण गर्नेहरुले कांग्रेसकै मान्छेलाई प्रधानमन्त्रीको लागि बिन्ती गर्ने दिन आउँछ भन्ने कसलाई लागेको थियो ? बहुमत ल्याउन नसक्ने दल प्रतिपक्षको कुर्सी छोडेर बुरुक्क उफ्रँदै मन्त्रीको कुर्सीमा बस्न पुग्छ भन्ने कल्पना कसले गरेको थियो ? नेताहरुले संविधानका पाना र कानुनका कागजलाई मकैको खोस्टोजस्तो बनाउँछन् भन्ने कसले सोचेको थियो ? तीन वर्षअघिको जेठ २ मा यस्तो सोच्न पनि सकिँदैनथियो । ती दिनमा जता हेरे पनि सुध्रिएका नेता, स्थिर सरकार, सुशासन र विकास मात्र देखिन्थ्यो ।

    नेता र राजनीतिका के कुरा, कोरोनासमेत जन्मिएको थिएन उतिबेला । अहिलेजस्तो घरभित्र कोचिएर र निसासिएर बस्न पर्दैन थियो । ओलीले देश बिगारे, प्रचण्ड–नेपालहरुले भाउ खोजे, प्रदेश सरकार आफैँ मासिने बाटोमा गए भनेर पुर्पुरोमा हात लगाएर बस्नु पर्दैन थियो ।

    तीन वर्षअघि जन्मिएका बच्चालाई आमाको पेटभित्रै पठाउने कि उमेर घटाउने भन्ने एउटा र तीन वर्षदेखि वृद्धभत्ता पाइरहेकाको भत्ता के गर्ने भन्ने अर्को बाहेक जेठ २ मा फर्कँदा अरु घाटा छ त ? फाइदा नै फाइदा मात्र छ । लौन एकपटक सबै मिलेर जेठ २ मा फर्कने बल गरौँ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑